सिमकोट । आज (बुधबार) बिहानदेखि परेको भारी हिमपातले हिमाली जिल्ला हुम्लाको एकमात्र यातायातको माध्यम हवाई सेवा अवरुद्ध भएको छ ।
जिल्लाभर परेको भारी हिमपातले अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा अवरुद्ध भएको छ । नेपालगञ्ज, सुर्खेतबाट उडान भर्दै आएका तारा, सिता, समिटए एयरको उडान प्रभावित भएको हो । हवाई उडान नहुँदा दैनिक उपभोग्य वस्तु, खाद्यान्न, तरकारी, बजार व्यवसायीहरुको सामाग्री ढुवानी नसकेको हो ।
भारी हिमपातले जिल्ला सदरमुकाम सिमकोट सहित जिल्लाभरको जनजीवन प्रभावित भएको छ ।
उत्तरी जनजीवन प्रभावित
लगातारको भारी हिमपातले सदरमुकाम सिमकोटदेखि उत्तरका वासिन्दालाई घरबाट बाहिर निस्कनै समस्या भएको छ । सिमकोटमा बिहानै देखि परेको हिउँ २ फिट जमेको छ । सिमकोटको तापक्रम माइनस १२ भन्दा तल झरेपछि जाडो अत्याधिक बढेको छ ।
हिमपातले नाम्खा गाउँपालिकाको लिमि, मुचु, लगायतका क्षेत्रमा ४ फिट हिउँ जमेको तुमकोटका स्थानीय छपाल लामाले बताए ।
यो वर्षकै ठूलो हिमपात भएको बताउनुभएका लामाका, अनुशार हिमपातले मुचुका खोलामा पानी जमेर बहाब कम भएको छ । सबैतिरको पानी समेत जमेर पुरै ठोस भएकोछ । जाडेले घरभन्दा बाहिर निस्कन सकिएको छैन् । चिसोले खानेपानीका धारा जमेका छन् । मुचुको तापक्रम माइनस २० मा पुगेपछि सबै खेलानालाको पानी समेत ठोस बनेका हुन् ।
सिमकोटमा २ फिट हिउँ
आज बिहान देखि निरन्तर रुपमा परेको हिमपातले हुम्ला सदरमुककाम सिमकोटमा झण्डै दुई फिट हिउँ जमेको छ ।
हिमपातले सिमकोटको तापक्रम माइनस १२ डिग्री भन्दा तल झरेको छ । अत्याधिक चिसो र हिमपात भैरहेका कारण बिहानै देखि चहलपहल हुने गाउँहरु समेत सुनसान जस्तै देखिएका छन् ।
निरन्तर रुपमा हिउँसँगैको अत्याधिक जाडोले सिमकोट आसपासको जनजीवन निकै प्रभावित बनाएको हुम्लाका सहायक प्रमख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिनुभयो । हिमपातले अहिलेसम्म कुनै अप्रीय घटना नघटेको र जाडोबाट बच्न जिल्लाका सबैलाई आग्रह गरेका छन् ।
चिसोले कार्यालयमा काम गर्न समस्या
सदरमुकाम सिमकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी बुधबार दिनभर काम गर्न थप समस्या बनाएको छ । विहानै देखि जिल्लामा निरन्तर हिमपात भईरहेकाले घाम नलाग्दा हिडरको सहायतामा सेवाग्राही नआएपनि कार्यालयमा बस्नु परेको छ । जिल्लामा रहेका सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राही भिड आज नभए पनि हिमपातको चिसोले कर्मचारी काम गर्न थप समस्या बनाएको छ ।
आगो बालेर व्यवसया सञ्चालन
सिमकोटमा रहेका पलस व्यवसायीहरुले आफ्नो घरको आगनमा आगो बालेर पसल व्यवसाय गरीरहेका छन् । सिमकोटमा चिसो अत्याधिक बढेको छ । पसलहरुमा ग्राहकहरु क्मै उपस्थित भएपनि शरिरलाई न्यानो बनाई राख्नका लागि आगोको सहायताले दिन कटाएका छन् ।
विद्यालय बन्द
मङ्लबार राती दश बजेबाट जिल्लामा नियमीत हुँदा सिमकोटमा रहेका सामुदायिक तथा निजी विद्यालय बुधबार दिन बन्द गर्नु परेको छ । गएराती देखि परेको हिमपातले स साना बालबालिका विद्यालय जान नसक्नुका साथै ठुला बालबालिका विद्यालय पुग्न सकेपनि चिसोले समस्या बनाएपछि विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको हो । सिमकोटमा रहेका सामुदायिक विद्यालयहरुमा यतिबेला अर्धवार्षिक परीक्षा सञ्चालन भई रहेको छ ।