विभिन्न निर्णय गर्दै प्रेस चौतारी नेपाल जिल्ला शाखा हुम्लाको पहिलो बैठक सम्पन्न भएको छ । मंगलबार प्रेस चौतारी नेपालको पाचौँ जिल्ला अधिवेशन सकिए लगतै बुधवार शाखाको पहिलो बैठक सम्पन्न भएको हो ।
बुधवार प्रेस चौतारी हुम्ला शाखाका अध्यक्ष नन्द सिंहको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गर्दै सम्पन्न भएको प्रेस चौतारी जिल्ला शाखा हुम्लाका सचिव दाने बोहराले जानकारी दिए ।
सचिव बोहराका अनुसार बैठकले प्रेस चौतारीको राष्ट्रिय बाणिज्य बैँकमा त्रिपछिय खाता सन्चालन गर्ने, प्रेस चौतारीका नव निरविरोध निर्वाचित पदाधिकारीहरुलाई परिचयपत्र वितराण्का लागि जिल्ला शाखा हुम्लाका अध्यक्ष नन्द सिंहलाई जिम्मा दिने, उक्त संगठनको महिनाको १५ गते बैठक राख्ने, प्रेस चौतारी जिल्ला कमिटिका भाइटल पोष्टका पदाधिकारीहरुलाई मासिक १ सय र सो कमिटिका सदस्यहरुलाई ५० रुपैयाँ लेवि उठाउनका लागि चौतारीका सचिव दाने बोहरालाई जिम्मा दिएको छ ।
त्यस्तै बैठकले प्रेस चौतारी नेपाल हुम्लाको संगठन विस्तार अभियानलाई प्रभावकारी रुपमा अगाडी बढाउने र संगठन विस्तारका लागि गाउँपालिकावाइज पदाधिकारीलाई विभिाजन गरिएको छ । जस्मा नाम्खामा मिग्युर लामा, सिमकोमा सर्मिला सिंह, खार्पुनाथमा मानबहादुर परियार, सर्केगाडमा बेलुमाया महतारा, चंखेलीमा नन्द सिंह, अदानचुलीमा मोतिलाल महतारा र ताँजाकोट गाउँपालिकामा दाने बोहरालाई संगटन विस्तारको जिम्मा दिएको छ ।
त्यस्तै प्रदेश प्रतिनिधिका लागि असोक भण्डारी, दाने बोहरा, मन्दिर सिंह, जयराज सन्ज्याल रहेका छन भने केन्द्रिय प्रतिनिधिका लागि कालि बहादुर थापा छनौट भएका छन् । बैठक दिउसो १२ वजे मानसरोबर होटेलमा सञ्चालन थियो ।