कालिकोट । नेकपा एमाले कालिकोटको अध्यक्षमा खाँडाचक्र नगरपालिकाका मेयर जसीप्रसाद पाण्डे विजयी भएका छन ।
उनका प्रतिदन्दि रमेश कुमार शाहीलाई भारी मतान्तरका बिच अध्यक्षमा पाण्डे निर्वाचित भएका हुन ।अध्यक्षमा पाण्डेले ४ सय ३३ र रमेश शाहिले २९७ मत ल्याएका छन ।
यस्तै संस्थापन समुहबाटै उपाध्यक्षमा युवा नेता दयाराम सिम्खाडा भारि मतले बिजयी भएका छन भने, उनका प्रतिदन्दि अलीबहादुर शाहीे पराजय भएका छन । सचिवमा टेकबहादुर बुढा उप सचिवमा व्यासी तिरुवा र मनराज शाही पुरै प्यानल नै विजयी भएका छन ।
नेकपा एमालेको ९ औँ जिल्ला अधिवेशनमा उपाध्यक्षमा निर्वाचित रमेश कुमार शाही नेकपा फुटिसकेपछी एमाले विरुद्धमा लागेका दश भाइ सुमहमा थिए ।
नेकपा बिचको किचलोलाई अदालतले पुरानै पार्टीमा फर्काइसकेपछी उपाध्यक्ष शाही नेकपा एमालेमै लागेका हुन । उनी संगै पुराना नेता भरतराज धिताल,एैनबहादुर शाही कमल कुमार शाही लगायतका नेताहरु एमालेमै लागेका थिए ।
एमाले छोडेर माधव नेपालको नेतृत्वमा बनेको एकिकृत समाजवादी पार्टी गठन भइसकेपछी केही मात्रामा कमजोर बनेको एमालेमा जिल्लाको नेतृत्व सर्वसहमतीमा छान्ने प्रयास भएपनी अन्तत सहमतीमा नेतृत्व आउन नसक्दा चुनावमा जान परेको थियो । अध्यक्ष पदमै ५ जनाको दावि रहेपछी अन्तत सहमतीमा दुई जना चुनावमै भिड्ने भएका थिए । अध्यक्षमा दयाराम सिम्खाडा, धिरबहादुर बम, तुलाराज मल्ल, जसीप्रसाद पाण्डे र रमेश कुमार शाही रहेका थिए ।
दयाराम सिम्खाडा उपाध्यक्षमा सहमत भएपनी तुलाराज मल्लले जसी प्रसाद पाण्डेलाई अध्यक्षमा समर्थन गरेर उम्मेदवारी निकालेका थिए भने, धिरबहादुर बमले रमेश शाहीलाई सहयोग गर्ने गरी उम्मेदवारी निकालेका थिए । रमेश शाही बाहेक अरु चारै जना संस्थापन पक्षका नै हुन । अन्तत धिरबहादुर बम र वकिल बमले संस्थापन समुहलाई सहयोग नगरेर रमेश शाहीलाई सहयोग गर्ने गरी पलाँताका केही मत रमेश शाहीलाई समर्थन गरेका थिए ।
चुनावी मैदानमा जानै पर्ने अवस्था आएपछी पार्टी इन्चार्जको समुहबाट अध्यक्षमा जसीप्रसाद पाण्डे, उपाध्यक्षमा दयाराम सिम्खाडा, सचिवमा टेकबहादुर बुढा,उप सचिवमा व्यासी तिरुवा र मनराज शाही रहेका थिए ।
अर्को रमेश शाहीको समुहबाट उपाध्यक्ष अलीबहादुर शाही, सचिव पार्वती सिंह, उप सचिवमा जनकहादुर शाही र पुर्णप्रसाद उपाध्याय चुनावी मैदानमा भिडेका थिए । खाँडाचक्र, पलाँता, र तिलागुफा नगरपालिका वाहेक अरु सवै पालिकामा भुगोल जिल्ला कमिटि सदस्य सर्वसहमती भइसकेको थियो ।
यस्तो छ मत परिणाम