सिमकोट । विहिबार साँझदेखि परेको भारी हिमपातले हुम्लाको खोप अभियान प्रभावित पारेको छ ।
सुक्रबार दिनभरजसो परेको हिमपातले स्वास्थ्यकर्मी र अन्इ सर्वसाधारण एक स्थानबाट अर्को स्थानमा जान नसक्ने अवस्था भएपछि खोप प्रभावित बनेको हो । सदरमुकाम सिमकोटदेखि उत्तरुका वस्तीहरुमा साढे एक फिट भन्दा माथि हिउँ जमेपछि खोप पूर्व निर्धारित खोप कार्यक्रम प्रभावित बनेको जनस्वास्थ्य कार्यालय हुम्लाले जनाएको छ ।
हिमपातले जिल्ला भरि सञ्चालन भइरहेको कोरोना विरुद्धको खोप अभियान दुई दिनदेखि प्रभावित बनेको छ । लगातार हिमपात भएपछि खोप सञ्चालन हुने खोप केन्द्रमा सेवाग्राही पुग्न नसक्दा चिसोले खोप पनि लगाउन नसकिने भएपछि उक्त कार्य प्रभावित भएको हो ।
जिल्लामा दोस्रो मात्राको खोप लगाउने तयारी गरेका स्थानीय सेवाग्राही खोप केन्द्रसम्म चिसोले जान नसकेको बताउने गरेका छन् । चिसो अत्याधिक बढेको र बाटोमा चिप्लो हुने भएका कारण खोप लगाउन स्वास्थ्य सेवा कार्यालयमा जान नसकेको सिमकोट गाउँपालिका दुईका बदुम बोहराले जानकारी दिए ।
सिमकोट गाउँपालिका–१ को दोजाम आधारभुत स्वास्थ्य सेवा केन्द्रका स्वास्थ्यकर्मी रत्न बोहराले दुई दिनदेखि लगातार हिमपात भई रहेको कारण कोरोना बिरुद्धको खोप लगाउने कार्य बन्द भएको बताए ।
चिसोले गर्दा खोप केन्द्रमा स्वास्थ्यकर्मी उपस्थित भएको भएपनि सेवाग्राही कोही पनि नआएका कारण खोप लगाउने कार्य प्रभावित भएको उनको भनाइ छ । दैनिक १ सय ५० जना सेवाग्राही सो खोप केन्द्रमा खोप लगाउन आउने गर्थे गरेको भएपनि हिमपातले अहिले शून्य रहेको बताइको छ ।
हिमपातले गर्दा दुई दिन यता जिल्ला भरि कोरोना बिरुद्धको खोप लगाउने कार्य प्रभावित भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिए । उनका अनुसार जिल्ला अस्पतालमा समेत दुई दिनदेखि खोप लगाउन कुनै पनि सेवाग्राहीको उपस्थित हुन नसकिएको हो ।
जिल्लाका सात वटै गाउँपालिकाका ८१ वटा खोप केन्द्रमा खोप सहित स्वास्थ्यकर्मी पुगेर अभियानका रुपमा सञ्चालन गरेको भएपनि हिमपातले सो कार्य पुर्ण रुपमा बन्द भएको हो । यस कार्यमा दुई सय भन्दा बढी स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयम सेविका परिचालन गरिएको थियो ।
चिसोले तापक्रम माईनस पुगेको र लगातार हिमपात भई रहेको कारण खोप लगाउने कार्य प्रभावित भएको बताउनुभयो । यतिखेर जिल्लाभर बालबालिकाका लागि मोडर्ना खोपको दोस्रो मात्रा, बुस्टर खोप र अन्य पहिलो र दोस्रो मात्राको खोप लगाउने कार्य जारी रहेको जिल्ला अस्पाताल स्रोतले जनाएको छ ।
नाम्खामा चारफिट बढी हिउँ
हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा चार फिट भन्दा बढी हिमपात भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको नाम्खा गाउँपालिकाको लिमि, मुचु, चाला लगायतका क्षेत्रमा चार फिट बढी हिउँ जमेको हो । बिहिबार साँझदेखि लगातार परेको हिउँले त्यहाँको जनजीवन प्रभावित बनेको छ । भारी हिमपात हुँदा एक गाउँबाट अर्को गाउँसम्म पुग्नलाई समेत कठिनाई बनाएको छ । हिल्सा, न्यालु, यारी लगायतका क्षेत्रको आवतजावत बन्द भएको स्थानीय प्रहरी चौकीलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । पछिल्लो अपडेट अनुसार उत्तः क्षेत्रमा कुनै अप्रीय घटना नभएपनि यस वर्षकै ठूलो हिमपातले जनजीवन निकै प्रभावित बनाएको प्रहरी नायव उपरिक्षक हेरम्ब शर्माले जानकारी दिए ।
हिमपातले जिल्ला सदरमुकाम सिमकोट देखि उत्तरी क्षेत्रका सबै गाउँको तापक्रम माइनसमा पुग्नुको साथै आवतजावत समेत बन्द भएको छ । विहिबार निरन्तर परेको हिमपातले जिल्लाको उत्तरी क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोट लगायतका गाउँहरुमा आवतजावत गर्नमा बन्द भएको छ ।
हिमपातले उत्तरीे नाम्खा गाउँपालिकाको लिमी र मुचुका बासिन्दालाई घरबाट बाहिर निस्कन समेत समस्या परेको छ । मुचुमा अहिले सम्म झण्डै चार फिट जती हिउँ जमेकाले घरबाट बाहिर निस्कीन समेत समस्या भएको छ । हिमपात भए सँगै पशुवस्तुलाई समेत समस्या बनाएको छ ।
हवाई सेवा अवरुद्ध
दुई दिनदेखि लगतार परेको भारि हिमपातका कारण हुम्लाको अन्तर जिल्ला जा्ेड्ने एक मात्रै हवाई सेवा ठप्प भएको छ । विहिबार विहानैदेखि जिल्लाको सदरमुकाम सिमकोट लगायत जिल्लाका अन्य स्थानमा भारि हिमपात हुँदा दैनिक रुपमा उडान भर्दै आएको एक मात्र यातायातको साधन हवाई सेवा बन्द भएको हो ।
जिल्लामा दुई दिनदेखि हवाई सेवा उडान नभर्दा विभिन्न सामग्रिको अभाव हुने देखिएको छ । हवाई सेवा अवरुद्ध हुँदा जिल्ला बाहिर जाने यात्रुलाई समेत समस्या बनाएको छ । हिमपातले हवाई सञ्चालनमा अउन नसकेपछि बजार व्यवसायीको दैनिक उपभोग्य सामानको अभाव भएको छ । नेपालगञ्ज र सुर्खेतबाट दैनिक दिन भित्री आएको तरकारी, र मासु आयात हवाई सेवा अवरुद्ध हुँदा ठप्प भएको छ ।
हिमपातले जिल्लाको यातायातको एकमात्र विकल्पका रुपमा रहेको हवाई सेवा उडान नभर्दा नेपालगञ्ज र सुर्खेतबाट आवत जावत गर्ने यात्रुलाई समेत समस्या बनाएको छ । त्यस्तै सदरमुकाम सिमकोटदेखि करीव ११ किलोमिटर गाडि सञ्चालन हुने खार्पु सडक खण्ड समेत अवरुद्ध बनेको छ । बाक्लो हिउँ जम्दा छोटो दुरीका गाडी सञ्चालनमा आउन नसकेका हुन् ।
ट्यूशन लिन शिक्षक विद्यार्थीलाई सकश
हिमपात हुँदा एसइई तयारी गर्न टिउसन लिन शिक्षक र विद्यार्थीलाई सकस भएको छ । हिमपातले सिमकोटको तापक्रम माइनस १५ भन्दा तल झरेपछि माध्यमिक शिक्षा परिक्षद् (एसइइ) लगायतका ट्यूसन कक्ष प्रभावित बनेका हुन् ।
सदरमुकाम सिमकोटमा बाक्लो हिमपात भएपछि एक ठाउँबाट अर्को ठाउँसम्म जानलाई समस्या भएपछि ट्यूसन कक्षा अवरुद्ध बनेका हुन् । यो वर्षको सबै भन्दा बढि हिमपात यो पटक परेको हुँदा स्थानीय नागरिकहरुलाई केही असहज भएको राजबहादुर बोहराले बताए । यद्यपी आज (शनिबार) विहानबाट हुम्लामाको मौसममा क्रमिक सुधार आएको छ ।
प्रकाशित मिति: शनिबार, माघ २२, २०७८ १०:०९