सुर्खेत । माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको सूचिमा नाम सिफारिस भएका सिमकोट गाउँपालिका ३ हुम्लामा छिरिङ दमदोल लामा ‘कार्चेन’ पछिल्लो केहि दिन नेपाली राजनीतिमा चर्चा र विवादित व्यक्तिका रुपमा चिनिए ।
गुम्बाको मूर्ति चोरेको अभियोगमा दोषी ठहर भई कैद तथा जरिवाना भुक्तान गरिसकेको समाचार सार्वजनिक भएपछि निकै चर्चा (सकरात्मक र नकरात्मक) मा आएका तिनै कार्चेन अन्नत पार्टी (माओवादी केन्द्र) को निर्णय अनुसार आज कर्णाली प्रदेशको मन्त्रीमा नियुक्त भई मन्त्रीको रुपमा पद तथा गोनियताको सपथ खाएर पदवहाली गरिसकेका छन् । तर उनका बारेमा विभिन्न ढंगले टिकाटिप्पणी हुन न राजनीतिक नेतृत्वमा कम भएको छ नत चिया चौतारोकै विषय बन्न कम भएको छ । झट्ट हेर्दा कुनै व्यापारिक पृष्ठभूमिकबाट मन्त्री बन्न आएको देखिएपनि खासमा कार्चेन को थिए ? र उनको पृष्ठभूमी कस्तो थियो भन्ने विषय अहिलेपनि अपेक्षित रुपमा बाहिर आउन सकेको छैन् ।
कर्णाली प्रदेशको सत्ता घटक माओवादी केन्द्रको सिफारिसमा मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्रीमा नियुक्त गरेको विषय कानून संवत हो वा होइन त्यो छुट्याउने विषय अदालतको हो । तर यति धेरै चर्चामा आएका उनै कार्चेनको पृष्ठभूमी र जीवनीलाई संक्षिप्त रुपमा यहाँ प्रस्तुत गरिएको छ ।
जेठो छोरा हुँदै वाल बग्री (गोठालो)
२०२४ भदौं ३ गते तत्कालीन बरगाउँ गाविस वडा नं ५ को तोर्पा गाउँमा वुवा टास्सी लामा र आमा छ्योटोल लामाको पहिलो छोराका रुपमा छिरिङ दमदोल लामा ‘कार्चेन’ को जन्म भयो । स्थानीय अवस्था अनुसार मध्यम वर्गिय परिवारमा जन्मेका कार्चेनलाई वाल्यकाल देखि नैं टाठो सन्तानका रुपमा उनका वुवा र आमाले लिएका थिए ।
देशमा पञ्चालय व्यवस्थाको जगजगी, गाउँमा हुनेखानेले सानै उमेरदेखि बौद्धमार्गी शिक्षा सिकाउने प्रचmन भएपनि उनि त्यसबाट उनि बञ्चित जस्तै हुनु पर्यो । वुवालाई घर परिवारको हातमुख एम पार्न अनेक काम गर्नु पर्ने आमालाई सन्तान हुर्काउनमै समय बित्ने भएपनि सानैदेखि अविभावकबाट पाउने स्याहार सुसार पनि कार्चेनले प्राप्त गर्न सकेनन् । दैवको लिला नैं भन्नु पर्छ उनले सातवर्षको वाल्यकालमै आप्mना वुवालाई सदाका लागि भौतिक शंशारबाट गुमाउनु पर्यो ।
वुवाको मृत्युपछि एकल आमा र साना दुई भाई दुई दिदिहरुको रेखदेखमै उनका दिनचर्या निकै कष्टकर बने । यो वेला उनले औपचारिक शिक्षा लिने त कुरै छोडौं बौद्ध गुरुहरुबाट लामाको ज्ञान गुनका कुरा सुन्ने र सिक्ने समय पाउनु पनि उनका लागि निकै मुस्कील भयो ।
आप्mनो गाउँमा वर्षको एक वाली पाक्ने त्यहि पनि उवा र जौ मात्रै भएपछि परिवार पाल्न भोट (ताक्लाकोट) र माल (अछाम) को भर पर्नु पर्ने सामुहिक बाध्यता थियो । फलस्वरुप उनि आठ वर्षको उमेर देखि नैं गाउँमा अन्य अविभावक मान्दै वाल बग्री बन्नु पर्यो । वस्तु विनिमयको रैथाने प्रचलन अनुसार उत्तरी क्षेत्र तिब्बतको ताक्लाकोटबाट आप्mना अविभावकसँग जाग्ना (भेडा र बाख्रा) मा नुन र उन हुम्लाको दक्षिण भेग, बाजुरा, मुगु, अछाममा लिने र त्यहाँबाट नुनसँग साँटेको चामल (रातो), दाल लिएर घर परिवारको छाक टार्ने काम वाल्यअवस्थाको कार्चेनका लागि नियती जस्तै बन्यो । त्यतिखेर पनि उनि सँधै आप्mनो जिम्मेवारी प्रति कटिबद्ध बालकका रुपमा चिनिन्थे ।
घरको काम देखि गाउँको सामुहिक काममा सानै देखि दत्तचित्त भएर लाग्ने कार्चेन कलिलो उमेर देखि समाजमा भएका विकृत संस्कार र परम्पराप्रति बिद्रोह गर्नुपर्छ भन्ने सोच राख्थे । तकालिन पञ्चायती व्यवस्थाको समयमा पनि गाउँमा प्रगतीसिल काम गर्न तम्सीने कार्चेन युवाअवस्था देखिनैं राजनीतिमा निकै चासो राखेको उनलाई नजिकबाट चिनेका तोर्पा गाउँकै पामातुण्डुप लामा बताउँछन् ।
‘सानोमा हामी सँगै खेल्दा पनि छिरिङ दम्डोल (कार्चेन) घरबाट लिएको खानेकुरा आफू नखाएर पनि हामीकन दिदों छियो हो’ लामाले थपे ‘पछि युवा अवस्थामा पनि आफूले दुःखा पाएरपनि अरुको सेवा गर्नु पर्छ भन्ने भावनाले नैं उसलाई नेता बनाएको हो ।’
वुवा आमाको काखमा रमाएर बस्ने कलिलो उमेरमा जाग्ना (भेडा र बाख्रा) को पुच्छर समातेर नुनसँग चामल र दाल साँटेर परिवार पाल्ने काम गरेका कार्चेनको व्यत्तिगत संघर्षबाट माथि उठेर राजनीतिक यात्रामा आउनुलाई पामातुण्डुप ठूलै बिजय ठान्छन् । ‘मान्छे अहिले भएको मात्तै (मात्रै) देख्तो (देख्छ) छ’, उनले भने, ‘उसले कत्तो (कस्तो) दुःख गर्यो भन्ने गहिराईमा नपुगी कुरा काट्टो (काट्ने) छ । त्यसैले त मर्निबेला (मर्दाखेरी) मुख पोल्दो (दागबत्ति दिने) छ ।’
कार्चेनको राजनीतिक यात्रा
गैर सांसदका रुपमा कर्णाली प्रदेशको मन्त्री बन्ने चर्चासँगै निकै विवासदत बनाइएका कार्चेनको राजनीतिक यात्रा बाहिर सतहमा ल्याइए जसरी भर्खरको मात्रै होइन । लामा समुदायको परिवारमा जन्मेर पनि उनको कम्युनिस्ट राजनीतिमा निकै लामो संलग्तता र योगदान रहदैं आएको छ । उनलाई नजिकबाट चिन्ने प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामाका अनुसार कार्चेन पहिलेदेखि नैं वाम आन्दोलनमा सहभागि भएको एक योद्धा हो ।
युवा अवस्थामा विभिन्न प्रगतीसिल बिचारधारका अभियान र कार्यमा संलग्न भएका कार्चेन औपचारिक रुपमा २०४६ सालको राजनीतिक परिवर्तनसँगै तत्कालिन मोटो मसालको औपचारिक सदस्यता प्राप्त गरे । आप्mना भिनाजु नाता पर्ने छक्कबहादुर लामा काठमाडौंबाट अध्ययन गरेर राजनीतिमा सक्रिया भएसँगै औपचारिक पार्टीगत राजनीतिमा जोडिएका उनले पछि औपचारिक रुपमा संयुक्त जनमोर्चाको सुभेक्षुकका रुपमा काम गरे । झण्डै एकवर्ष साधारण कार्यकर्ताको रुपमा विभिन्न स्थानमा गएर काम गरेपछि २०४७ सालमा उनले संयुक्त जनमोर्चा (मसाल) को औपचारिक सदस्यता प्राप्त गरे । नेपालका कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसको संयुक्त पहलमा शुरु भएको जनआन्दोलनको सफलतासँगै लामो समयको एकतन्त्रीय शासन व्यवस्थाको अन्त्य गर्दै प्रारम्भ भएको बहुदलिय प्रतिष्प्रर्धामा आएको जनमोर्चाको कडा नियममा रहेर पार्टी सदस्य प्राप्त गरेको कार्चेन त्यसयता निरन्तर कम्युनिस्ट राजनीतिमै छन् ।
बहुदलीय व्यवस्था आएपछिको पहिलो आम निर्वाचन २०४८ मा जनमोर्चाको तर्फबाट उम्मेरदवार भएका छक्कबहादुर लामालाई बिजयी गराउन जिल्लाको विभिन्न क्षेत्रको मोर्चा सम्हालेका कार्चेन निर्वाचनमा सफल भएपछि निरन्तर रजानीतिलाई आप्mनो पूर्णकालिन कामका रुपमा अँगालेको बताउँछन् । ‘निर्वाचन अघि पञ्चालयतले निकै दुःख दिन्थ्यो’ उनले थपे, ‘लामो समयदेखि बाह्र थपाल्याका नाममा लामा समुदायमाथि ठकुरी र क्षेत्री जातीबाट हुने चर्को दमनबाट मुक्ती पाउन शुरु गरेको छोटै अवधीको औपचारिक राजनीतिले सफलता पाएपछि म राजनीतिबाटै केहि गर्न सकिन्छ भनेर पुरापुर लागेको हुँ ।’
गाविस उपाध्यक्षमा निर्विरोध
बहुदल घोषणा लगत्तै हुम्ला कम्युनिस्टको किल्ला बनेर प्रतिनिधिसभा निर्वाच जितेपछि उनको पार्टीको जिल्ला टिम (जनमोर्चा) जिल्लाभर संगठन बिस्तारको अभियानमा लाग्यो । बिडम्बना पाँच वर्ष नपुग्दै भएको ०५१ को मध्यावधी निर्वाचमा जिल्लाका कम्युनिस्टहरु बीच एकता नहुँदा झिनो मतले निर्वाचन हार्नु पर्यो ।
मध्यावधी निर्वाचनको हारले जिल्लाका विभिन्न वस्तीमा संगठन निर्माणमा खटिएका कार्चेनले पार्टीबाट पुरस्कार स्वरुप ०५४ सालमा उपाध्यक्षको टिकट पाए । तत्कालिन बरगाउँ गाविस उपाध्यक्षमा टिकट पाएपछि निर्विरोध निर्वाचत भएका उनको पहिलो राजकीय यात्रा शुरु भयो । जिल्लाका अधिकांश गाविसमा कम्युनिस्टहरुको बहुमत भएपनि तत्कालिन एमाले र जनमोर्चा बीच कुरा नमिल्दा स्थानीय निकायमा बहुमत कम्युनिस्ट ०५४ को जिल्ला विकास समितिको निर्वाचनमा भने पराजय भोग्नु परेपछि उनलाई संसदीय बाटोबाट पनि जनताले अपेक्षा गरेअनुसार परिवर्तन गर्न नसकिँदो रहेछ भन्ने लाग्यो । फलस्वरुप गाविस उपाध्यक्ष पद बहाल हुँदै कालीकोटको निर्वाचन बहिष्कार गर्न पुग्नु पर्यो ।
माओवादी राजनीतिमा संलग्न
गाविस, जिविस हुँदै केन्द्रीय तहमा पुग्दा समेत राज्यको संरचनाले जनअपेक्षित काम गर्न नसकिने निष्कर्ष निकालेका कार्चेन जनमोर्चा हुँदै २०५४ देखि भूमिगत माओवादीको राजनीतिमा संलग्न भएको दावी गर्छन । २०५२ सालमा फागुन १ गते शुरु भएको माओवादी जनयुद्धको भूमिगत राजनीतिको आंशिक कार्यकर्ता हुँदै उनले ०५५ मा हिमालि जनसाँस्कृतिक परिवार को अध्यक्षको जिम्मेवारी सम्हाल्नु पर्यो । जसकै कारण स्थानीय निकायको कार्यकाल पुरा नहुँदै २०५६ सालमा माओवादी जनयुद्धको पूर्णकालिन कार्यकर्ताको रुपमा जिल्लाबाटै प्रवेश गरे ।
हुम्लाको माओवादी राजनीतिमा बाहिरबाट गएका नेताहरुले नेतृत्व गरेकै बेला उनि २०५७ साल जिल्ला कमिटिको सदस्यमा पदोन्नती भए । ०५८ मा कर्णालि मुक्ति मोर्चाको सदस्य, ०५९ मा कर्णाली उपब्यूरो सदस्य, ०६९ देखि ०६० सम्म माओवादीले शुरु गरेको समानान्तर सरकार अन्तरगत हुम्ला जिल्ला जनसरकार प्रमुख तथा भेरि–कर्णाली स्वायत्त सरकारको सदस्य भएर जिम्मेवारी निर्वाह गरे ।
पश्चिम सैन्य डिभिजन ब्यूरोको सदस्य समेत रहेका कार्चेन ०५९ देखि ०६१ सम्म भेरी–कर्णाली क्षेत्रिय ब्यूरो सचिवालय सदस्य हुँदै ०६५ हिमाली भोटेलामा राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रिय अध्यक्षको जिम्मा लिएर माओवादी आन्दोलनलाई उचाइमा पुर्याउने काम गरे । पार्टीको सबैभन्दा तल्लो तहको जिम्मेवारीबाट भूमिका निर्वाह गरेका कार्चेनलाई त्यहि पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीमा पुग्न ०६९ कुर्नु पर्यो । त्यसपछि ०७१ सम्म केन्द्रीय सदस्य भएका कार्चेन ०७४ नेकपा माओवादीको पोलिटब्यूरो सदस्यको जिम्मेवारीमा पुगे ।
प्रकाशित मिति: आइतबार, माघ २३, २०७८ १९:३३