फागुन २६, काठमाडौं । संघियता र स्थानीय निकायहरुले गरेका कामहरुको अबलोकन गर्न गाउँपालिका महासंघ नेपालका केन्द्रिय अध्यक्ष सहितको टोली आज युरोप प्रस्थान गरेको छ ।
संघियता र स्थानीय निकायहरुले गरेका कामहरुको अबलोकन गर्न गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ, महासंघ केन्द्रिय सदस्य तथा अदानचुली गाउँपालिका हुम्लाका अध्यक्ष दल फडेरा, चंखेली गाउँपालिकाका अध्यक्ष धनलाल चौलागाई, संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव सहितको ११ सदस्यीय टोली आज युरोप गएको हो ।
देश संघिय संरचनामा गएको वेला स्थानीय स्तरको शासन सञ्चालनमा सहजिकरण गर्दे आएको वेलायती सहयोग नियोग (डिएफआइडी) को पहलमा उक्त टोली युरोपको सफल अध्यासको अवलोकन गर्न गएको भ्रमण दलमा सहभागि अदानचुली गाउँपालिका हुम्लाका अध्यक्ष दल फडेराले बताए ।
‘टोलीले संघियतामा युरोपका सफल प्रयासहरु के रहेछन् भन्ने बारेमा अवलोकन केन्द्रित हुने छ ।’ अध्यक्ष फडेराले नेपालबोटसँग भने, “हाम्रो कार्यकालमा स्थानीय तहमा कसरी नयाँ काम गर्न र त्यसलाई नमुना बनाउन सकिदो रहेछ भनेर युरोपका तनिवटा देशरुमा अवलोकन भ्रमण गर्ने छौं ।
तिन सातको भ्रमणमा नेदरल्याण्ड, डेनमार्क र स्विडेनमा भैरहेको शासन सञ्चालन,संघियता र संघियता कार्यान्वयनको अबस्थाका साथै स्थानीय निकायले कसरी काम सञ्चालन गरी रहेको छन् सोको बारेमा जानकारी लिई सोही अनुसार आ आफ्नो गाउँपालीकामा कार्यान्वयन गर्नु मुख्य उद्देश्य रहेको मन्त्रालयले जानकारी दिएको छ ।
भ्रमण टोलीमा महासंक अध्यक्ष श्रेष्ठ, केन्द्रिय सदस्य फडेरा चंखली गाउँपालिका अध्यक्ष चौलागाई, सामान्य प्रशासन मनत्रालयका उपसचिव, संघिय मामिल तथा स्थानीय विकास मन्त्रालयका सहसचिव र अन्य विभिन्न स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष सहित १३ जना सहभागि छन् ।