सिमकोट गाउँपालिका–७ स्थित डाँडाफया स्वास्थ्यचौकीमा तीनिदन बन्द हुँदा विरामीले शास्ती खेप्नुका साथै विभिन्र घटना घटेका थिए। चैत ५ गतेदेखि ८ गतेसम्मकाे अवधिमा विभिन्न रोगका उपचारका लागि गए पनि स्वास्थ्यचौकीमा ताला लगाएर बन्द हुने गरेको भेटिदा सो ठाउँका सेवाग्राही उपचारबाट बञ्चित हुनु परेको स्थानीय टेकराज शाहीले गुनासो गरेका थए ।
शाहीका अनुसार आफ्नी पत्नी चैत ५ गतेदेखि प्रसुति व्यथाले थलापरेपछि आफुले चैत ६ गते डाँडाफयामा रहेको स्वास्थ्यचौकीको बर्थिङ सेन्टरमा पुगाउँदा स्वास्थ्यचौकीमा अनमी र कुनै पनि स्वाथ्यकर्मी नभेटिदा प्रसुति व्यथाले थला परेकी पत्नीलाई चैत ७ गते सदरमुकाम सिमकोटको जिल्ला अस्पतालमा पुराएकाे जानकारी दिए ।
उनले भने पत्नीलाई जिल्ला अस्पतालसम्म पुगाउँदा ढिलाई भैसकेको थियो तर पनि जिल्ला अस्पतालका स्वास्थ्यकर्मीहरुको निकै प्रयासमा आफ्नी १९ वर्षिया पत्नी रमना शाहीलाई बचाउन सफल भए पनि शिशुलाई भने बचाउन नसक्नु डाँडाफयाका स्वास्थयकर्मी संस्थामा नभेटिनु मुख्य कारण हो ।
यदि डाँडाफयाको स्वास्थ्यचौकीको बर्थिङ सेन्टरमा अनमी र अन्य कुनै पनि स्वास्थ्यकर्मी भएको भए आफ्नो बच्चाको मृत्यु हुने थिएन । तर स्वास्थ्यकर्मी अभावकै कारण सदरमुकाम सिमकोटमा धाउनु पर्ने बाध्यताले यस्तो समस्या आएको हो उहाँको भनाई छ ।
तीनदिनदेखि प्रसुति व्यथाले थला परेकी शाहीलाई सदरमुकाम सिमकोटको जिल्ला अस्पतालमा पुगाउन ढिलाई गरेका कारण बच्चाको मृत्यु भएको जिल्ला अस्पतालकी सिनियर अनमी सरिता बोहराले बताइन् । उनका अनुसार व्यथाले छोएको २४ घण्टामा बर्थिङ सेन्टरमा पुगाई सक्नु पर्छ अनिमात्रै सुत्केरी गराउन सजिलो र सहज हुने गर्दछ ।
तर डाँडाफयाको बर्थिङ सेन्टरमा २४ घण्टा भित्रै पुगाएका थियौँ त्याहाँ स्वास्थ्यकर्मीनै थिएनन् अनि के गर्ने ? पीडितले गुनासो गरेका थिए । हाल दुई जना अनमी, दुई जना अयव, एक जना एचए र एक जना कार्यालय सहयोगिको दरबन्दी रहेको सो स्वास्थ्य संस्थामा पाँच जना कार्यरत रहदै आएका छन् । तर ती सवै स्वास्थ्यकर्मी स्वास्थ्य संस्था विहिन रहेको स्थानीयले बताएका छन् ।
त्यस्तै सिमकोट गाउँपालिका स्वास्थ्य संयोजक नर भण्डारीसंग बुझ्दा डाँडाफयाको स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नभएको स्वीकार गरेका छन् । सो संस्थामा कार्यरत द्धय अनमी मध्ये रमिता रोकाया बोहरा एक महिनादेखि आफ्नो उपचारमा र सम्झना रोकाया डेढ हप्तादेखि आयोगको परिक्षा तयारीका लागि जिल्ला बाहिर रहेका छन् ।
त्यस्तै इन्चार्ज सन्तोष बोहरा चैत ११ गते मात्रै जिल्ला फर्केको र निमित्त इन्चार्ज रोसन सिंह पनि जिल्ला अस्पतालको आयोजनामा आधारभूत स्वास्थ्य आर्पुती व्यवस्थापन सम्वन्धि तालिममा हुँदा केही दिन समस्या भएको स्वास्थ्य संयोजक भण्डारीको भनाई छ ।
त्यस यता निमित्त इन्र्चाज सिंह स्वास्थ्य संस्थामा खटाएको भनियता पनि सवै सेवा उपलव्ध भए नभएको विषयमा सिमकोट गाउँपालिका स्वास्थ्य शाखा व्यखवर छ । स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नै नभएपछि दैनिक दिन उपचारका लागि आउने विरामीहरु रित्तो हातमा घर फर्कनु परेको स्थानीयले गुनासो गरेका छन् ।