हुम्ला । अदानचुली गाउँपालिकाका ९२ वर्षिय धर्मसिंह भण्डारीको निधन भएको छ ।
लामो समयदेखि अदानचुली २ स्थित आप्mनै घरमा बिरामीले थलिएका भण्डारीको बुधबार (आज) मध्यन्न १२ बजेर ११ मिनेटमा निधन भएको उनका छोरा टक्क भण्डारीले जानकारी दिए ।
अदानचुली गाउँपालिका मात्रै नभएर जिल्लाकै ज्येष्ठ नागरिकका रुपमा रहेका भण्डारी राणकालीन समयदेखि नैं पञ्चालयती व्यवस्था विरुद्ध लाग्नु भएको थियो । उनको निधनप्रति नेकपा (एमाले)का स्थायी कमिटि सदस्य तथा हुम्ला जिल्ला इन्चार्ज गोरखबहादुर बोगटीले श्रद्धान्जली व्यक्त गरेका छन् ।
भण्डारीको निधन लगत्तै शोक वक्तव्य जारी गर्दै स्थायी कमिटि सदस्य बोगटीले भण्डारीको निधनप्रति पार्टीलाई अपुरणीय क्षेती भएको बताएका छन् ।
“तत्कालीन श्रीनगर गाउँ पन्चायत हाल अदानचुली गापा वडानम्बर २ निवासी धर्मसिङ्ह भाण्डारीको २०७८ चैत्र १६ गतेका दिन असामयिक निधन भएको घटनाले निजका घरपरिवारलाई मात्र नभएर हुम्लाको सिङगो नेकपा एमालेको परिवारलाई अपुरणीय क्षेती पुग्न गएको छ ।” बोगटीद्धार जारी शोक वक्तव्यमा भनिएको छ, “भण्डारीको सनधनले नेकपा एमाले हुम्लाले एक कुशल अविभावक गुमाउन पुगेको छ । निजले सानै उमेरदेखी गाउँमा जनताको पक्षमा बोल्ने,गाउँको अन्याय अत्याचार बिरुद्ध आवाज उठाउने गर्नुभएको थियो । जहाँनिया राणाशासन कालमा वि. सं. १९९९ देखि २००७ सम्म राणाहरुको अन्याय अत्याचारका विरुद्ध आवाज उठाउने र जनताको पक्षमा बोल्ने काम गर्नुभएको थियो । बि।स।२०१७ देखि २०४६ सम्म निर्दलीय पञ्चायती व्यवस्थाका विरुद्धमा आवाज उठाउने,जनतामा चेतना जागृत गराउने काम गर्नुभयो । २०३७ सालको जनमत सङ्ग्रहमा बहुदलको पक्षमा प्रचार गर्नु भयो । २०४७ सालदेखि तत्कालीन नेकपा मालेमा संगठित हुनु भो,२०४८मा नेकपा एमालेको जनसंठन अखिल नेपाल किसान संगठनको जिल्ला कमिटी सदस्य, नेकपा एमाले जिल्ला सल्लाहकार कमिटी सदस्यहुँदै हाल नेकपा एमालेको ज्येष्ठ कम्युनिस्ट मञ्च सदस्य हुनुहुन्थ्यो ।”
यसैगरी नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले पनि भण्डारीको निधनमा दुःख व्यक्त गर्नु भएको छ । बुधबार एक शोक वक्तव्य जारी गर्दै अध्यक्ष फडेराले अदानचुलीको मात्रै नभएर सिंगो हुम्ला र कम्युनिस्ट आन्दालेनकै अविभावक गुमाउनु परेको प्रतिक्रिया दिएका छन् । लामो समयदेखि वाम आन्दोलनमा सक्रिय सामाजिक अभियान्ताका रुपमा रहनु भएका भण्डारीको निधनले गाउँपालिकाले एक कुशल अविभावक गुमाउनु परेको फडेराले उल्लेख गर्नु भएको छ ।
भण्डारीको निधन प्रति हुम्लाका राजनीतिक दलका नेता तथा कार्यकर्ताले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।