भदौ २५, सिमकोट । जिल्ला प्रहरी कार्यालय हुम्लाले चिनबाट अवैध रुपमा नेपा ल्याइएको १ करोड ६९ लाख बराबरको चिनिया मदिर (रक्सी)बरामत पश्चात नष्ट गरेको छ ।
गएको भदौ १० गते चंखेल्नी गाउँपालिकाको पिप्लाङ्ग प्रहरी चौकी, सर्केगाढ प्रहरी चौकी र मेल्छामा प्रहरी चौकीबाट संयूक्त रुपमा खटिएको प्रहरी टोलीले बरामत गरेको उक्त चिनिया मदिरा नष्ट गरेको हो ।
गाउँमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा चंखेली गाउँपालिकाको नेप्का गाउँको टाँके नाकामा ल्याउदै गरेको ३३ हजार ९ सय ३६ बोत्तल चिनियाँ मदिरा (रक्सि) बरामद गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका निमित्त प्रहरी प्रमूख गहेन्द्र विष्टले बताए ।
अबैध रुपमा आयात हुने चिनिया मदिरा नियन्त्रणमा कडा शैली अपनाएको जिल्ला प्रहरी कार्यालय हुम्लाले विभिन्न समयमा बरामद गरेको २ हजार ८ सय २८ कार्टुन चिनिया मदिरा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।
एउटा कार्टुनमा १२ बोतल हुने उक्त कार्टुनको चिनिया मदिराको प्रतिबोतल पाँच सयका दरले गाउँमा विक्रि हुने मुल्यले १ करोढ ६९ लाखा ६८ हजार बराबरको उक्त मदिरा नष्ट गरेको पिप्लाङ्ग प्रहरी चौकीबाट मदिार नियन्त्रणमा खटिएका प्रहरी सायक निरिक्षक धनबहादर धामीले टेलिफोन मार्फत जानकारी गराउनु भयो । तिनै वटा प्रहरी चौकी, चंखेली गाउँपालिका अध्यक्ष नेपालबोर्डलाई जानकारी दिए ।
सम्बन्धित वडा प्रतिनिधी, स्थानिय भद्र भलाद्धमीको रोहबरमा नष्ट गरिएको बताएका प्रहरी सायक निरिक्षेक धामीका अनुशार नेपाल चिनको टाँके नाकाबाट भित्रिन नदिने अभियान अन्तरगत हुम्ला प्रहरीले यो सफलता हात पारेको हो ।
चंखेली गाँपालिका उपाध्यक्ष बिमला कुमारी शाही सहित ६ जना टोली र पिप्लाङ्ग प्रहरी चौकीबाट प्रहरी सायक निरिक्षक धनविर धामीको कमाण्डमा १२ जना प्रहरी टोली उक्त नाकामा गएर नेपाली सिमानामा लुकाएर राखेको अवस्थामा राखिएके ठुलो परिमाणको चिनिया मदिरा फेला पारी बरामद गरिएको हो ।