सिमकोट । एमाले अध्यक्ष केपी शर्मा ओली जिल्लाका दुई स्थानमा हुने आमसभालाई संवोधन गर्न आइतबार हुम्ला आउनु हुने भएको छ ।
वैशाख ४ गते आइतबार पुर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष दलका नेता ओली हुुम्ला आउनु हुने भएको हो । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको प्रचार र पार्टीको जिल्लाको अवस्था बुभ्mनका लागि अध्यक्ष ओली हुम्ला आउन लागेको नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा हुम्ला इन्चार्ज गोरखबहादुर बोगटीले जानकारी दिए ।
'हाम्रो पार्टी नेकपा (एमाले)का सद्धय अध्यक्ष तथा पुर्व प्रधानमन्त्री भोली आइतबार हुम्ला आउँदै हुनुहुन्छ', एमाले हुम्ला इन्चार्ज बोगटीले भने, 'जिल्लाको तीन ठाउँमा उहाँले भ्रमण गर्ने भएपनि निर्वाचन केन्द्रीत दुई वटा वृहत आमसभालाई संवोधन गर्ने कार्यक्रम तय भएको छ ।'
बिहान हेलिकोप्टरबाट हुम्ला आउन लागेको एमाले अध्यक्ष ओली पहिले नाम्खा गाउँपालिकाको लिमि क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको एमाले हुम्लाका इन्चार्ज बोगटीले जानकारी दिए । लिमिका वासिन्दासँग भेटेर त्यसपछि नेपाल र चीनको सिमाना लोलुंजोगको हवाई अवलोकन गरेपछि अध्यक्ष ओलीले हुम्ला सदरमुकाम सिमकोटमा आयोजना हुने आमसभालाई संवोधन गर्ने कार्यक्रम छ ।
जिल्लाको माथिल्लो क्षेत्र नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका पार्टी नेता तथा कार्यक्रम र शुभेक्षुकहरुको सहभागितामा आयोजना हुने वृहत आमसभालाई संवोधन गरे पश्चात अध्यक्ष ओली दक्षिण क्षेत्रको अदानचुली गाउँपालिकाको श्रीनगर जाने कार्यक्रम छ ।
सर्केघार्ड, चंखेली, ताँजकोट र अदानचुलीका नेता, कार्यकर्ता र शुभेक्षुकहरुको उपस्थितीमा आयोजित वहृत आमसभालाई अध्यक्ष ओलीले श्रीनगरका अपरान्ह २ बजे संवोधन गर्ने कार्यक्रम तय भएको एमाले केन्द्रीय सदस्य तथा अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले जानकारी दिए ।
दुई आमसभाको तयारी अन्तिम चरणमा
पार्टीका केन्द्रयि अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संवोधन गर्ने दुवै कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको नेकपा एमाले हुम्लाले जनाएको छ । कार्यक्रमको मञ्च व्यवस्थापन, कार्यकर्तालाई आमन्तरण गर्ने देखि अन्य तयारी अन्तिम चरणमा पुगेको एमाले हुम्लाका अध्यक्ष कमबहादुर हमालले जानकारी दिए ।
'सिमकोटको आमसभाका लागि पार्टीका जिल्ला इन्चार्ज, सहइन्चार्ज र जिल्ला कमिटिको टोली खटिएको छ', अध्यक्ष हमालले भने, 'दक्षिणको अदानचुलीमा आयोजना हुने आमसभाका लागि पार्टीका केन्द्रीय सदस्य तथा सहइन्चार्ज दल फडेराको नेतृत्वमा प्रदेश कमिटि, जिल्ला कमिटि र गाउँकमिटिका पदाधिकारीहरु कमरेडहरुले तयारी गरिरहनु भएको छ ।'
दोस्रो पटक हुम्ला आउन लाग्नु भएका पार्टी अध्यक्ष ओलीको स्वागतका लागि स्वागतद्धार निर्माण, विभिन्न सांस्कृतीक कार्यक्रमको तयारी पनि अन्तिम चरणमा पुगेको एमाले हुम्लाले जनाएको छ ।