सिमकोट । स्थानीय तहको टिकट वितरणमा आफूलाई छुटाएको भन्दै आप्mनो कार्यकर्ताबाटै नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश कमिटि सहसचिव लालकेश जैशी कुटिएका छन् ।
शुक्रबार (आज) आन्तरिक सहमती नभएपछि जिल्लाको चंखेली गाउँपालिकाको अध्यक्षका लागि गोलाप्रथाबाट उम्मेदवार छनोटमा आफू नपरेको रिसमा माओवादी नेता जैसी कुटिएका हुन् ।
आठ जना आकांक्षी बीच सहमती नजुट्दा चंखेल्नीमा माओवादीले गरेबको गोलाप्रथाबाट गोविन्दबहादुर शाही (प्रज्वलन)लाई गाउँपालिका अध्यक्षको उम्मेदवारका रुपमा छनोट गरेको भन्दै चंखेली गाउँपालिका अध्यक्षका आकांक्षी रहेका ध्रुवबहादुर शाहीले हातपात गरेको माओवादी केन्द्र हुम्ला स्रोतले जनाएको छ । पालिका अध्यक्षको टुंगो लगाउन माओवादी केन्द्रका प्रदेश सहसचिव जैसीले गोला प्रथा गरी अध्यक्ष छनोट गरेको भन्दै उनिमाथी हातपात भएको हो ।
'गाउँपालिकामा आठजनाले अध्यक्षमा आकांक्षा हुँदा हुँदै मनपरी रूपले टिकट वितरण गरेपछि बाध्य भएर नेतृत्वको विरोध गर्नु परेको हो', शाहीले नेपालवोटसँग भने, 'नेतालाई गरेको विश्वाशमा घात गरेपछि आफूले सामान्य आक्रोस पोखेको हो ।'
माओवादी नेतामाथि आप्mनै पार्टीका कार्यकर्ताले हातपात गरेको विषयमा भने जिल्ला प्रहरी कार्यालय हुम्लाले अनविज्ञता प्रकट गरेको छ । ‘हामीलाई त्यसबारेमा कुनै जानकारी आएको छैन्' प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायव उपरिक्षक कृष्णराज ओझाले भने, ‘पार्टी भित्रको आन्तरिक कुरा भएकाले पनि हामीकहाँ जानकारी नआएको हुनसक्छ ।’
माओवादी भत्रि टिकटको विाषयलाई लिएर जिल्लाका अधिकांश वडा र पालिकामा निकै विवाद बढेको बताइएको छ ।
कांग्रेसमा पनि उस्तै
टिकट वितरणमा सहमती नभएपछि सिमकोट गाउँपालिका वडा नं. १ दोजामका नेपाली कांग्रेस कार्यकर्ता बीच पनि कुटाकुट भएको छ । वडा अध्यक्षको टिकटको विषयलाई लिएर वडा अध्यक्षका आकांक्षी हिमाल लामा र कुञ्छाङ लामा बीच सिमकोट कालिञ्चोकमा अपरान्ह ४ बजे आसपासमा हात हालाहाल भएको हो ।
पार्टीले स्थानीय कमिटिबाटै सहमती गरेर आउन निर्देशन दिए अनुसार एकले अर्कोलाई सहमती नगरेपछि उनिहरुबीच कुटाकुट भएको हो ।