सिमकोट । गएको वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा हिमाली जिल्लामा पाँच दलिय सत्ता गठबन्धनले आप्mनो र्वचश्व कायम गरेको छ ।
बुधबार (आज) बिहान सम्पन्न जिल्लाका छ वटा स्थानीय तहको निर्वाचन परिणाम अनुसार तिनवटा गाउँपालिकामा माओवादी केन्द्रले नेतृत्व हात पारेको छ भने तिन वटा गाउँपालिकामा नेपाली कांग्रेसले नेतृत्व हात पारेको छ ।
जिल्लाको नाम्खा, सिमकोट र ताँजकोट गाउँपालिकामा माओवादी केन्द्रले परिणाम हात पारेको छ भने खार्पुनाथ, सर्केघाड र अदानचुलीमा नेपाली कांग्रेसले परिणाम हात पारेको छ ।
माओवादीको तर्फबाट नाम्खामा पे्रम लामा, सिमकोटमा बीजय भण्डारी (प्रतिरोध) र ताँजकोटमा लालकेश जैशीले गाउँपालिका अध्यक्ष जितेका छन् भने कांग्रेसको तर्फबाट खार्पुनाथमा कर्ण रावल, सर्केघाडमा ठानबहादुर रोकाया र अदानचुलीमा मोहनविक्रम सिंहले गाउँपालिकाको नेतृत्व हात पारेका छन् ।
नाम्खा अध्यक्षमा माओवादीका प्रेम लामा निर्वाचित
जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका प्रेम लामा विजयी भएका छन । उनले १ हजार ४ सय ६६ मत ल्याएका छन भने उनका निकटतम् प्रतिद्धन्दी स्वतन्त्र उम्मेदवार सूर्य लामाले ६ सय ६२ मत प्राप्त गरे ।
त्यसैगरी उपाध्यक्ष तग्दीर लामाले १ हजार ९४ मत प्राप्त गरेर बीजय भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसबाट स्वतन्त्र उम्मेरदवार बनेका लाक्पानुर्बु लामाले ५सय ६५ मत प्राप्त गरे । नाम्खामा तीन हजार १ सय ८२ मत रहेकोमा २ हजार ३ सय ७१ मत खसेको थियो ।
भैगोलिक रुपमा सबैभन्दा ठूलो पालिकाका रुपमा रहेको नाम्खाको वडा नम्बर १ मा गठबन्धनलाई हराउँदै नेकपा एमालेका सुनाम लामा विजयी भएका छन् । वडाध्यक्षमा निर्वाचीत लामाले ३१२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्धन्दी प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रका दावा लामाले ३०१ मत प्राप्त गरे । वडा नम्बर २ मा नेपाली कांग्रेसका सुनाम क्याप लामा वडा अध्यक्षमा निर्वाचित भए । उनले ३ सय १८ मत प्राप्त गरे । नाम्खाको वडा नम्बर ३ को वडाध्यक्षमा माओवादी केन्द्रका छिरिङ ग्याम्जो लामा निर्वाचित भएका छन् । उनले १ सय ५६ मत प्राप्त गरे । यसैगरी वडा नम्बर ४ को वडा अध्यक्षमा एमालेका लातार लामा विजयी भए । उनले १२९ मत प्राप्त गरे । वडा नम्बर ५ कांग्रेस पाल्जोर लामाले १६६ मत प्राप्त गरी विजयी भएका छन । वडा नम्बर ६ लिमीमा नेपाली स्वतन्त्रका पाल्जोर तामाङ यस अघि नैं निर्विरोध निर्वाचित भैसकेका थिए ।
सिमकोटमा अध्यक्षमा भण्डारी र उपाध्यक्षमा रोकाया विजयी
जिल्लाको सदरमुकाम रहेको सिमकोट गाउँपालिकामा पाँचदलीय गठबन्धनकातर्फबाट नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बीजय भण्डारी प्रतिरोध निर्वाचित भएका छन् ।
दुई हजार आठ सय ८२ मत प्राप्त गर्दै एमालेका महेन्द्रबहादुर शाही (अविराम) लाई पराजित गरेर भण्डारी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शाहीले एक हजार नौ सय ६९ मत पाएका छन् । भण्डारी र शाही जनयुद्धका सहयात्रीसमेत हुन् । त्यस्तै, गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसकी सुशीला रोकायाले दुई सय चार सय ७४ मत ल्याएर निर्वाचित भइन् । उपाध्यक्षका निकटतम् प्रतिद्वन्द्वी एमालेकी प्रतिमा लामाले एक हजार चार सय ५७ मत प्राप्त गरिन् ।
आठ वडा भएको सिमकोट गाउँपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसका गोर्ख लामा निर्विरोध निर्वाचित भएका छन् । वडा नम्बर २ मा नेपाली कांग्रेसका देवजङ्ग बोहरा, ३ मा माओवादी केन्द्रका पामा लामा, ४ मा नेपाली कांग्रेसका प्रताव लामा, ५ मा नेकपा एमालेका चिन रावत निर्वाचित भएका छन् । यसैगरी वडा नम्बर ६ मा माओवादी केन्द्रका नन्द रावत, ७ मा नेपाली कांग्रेसका बलविर शाही र वडा नम्बर ८ मा माओवादी केन्द्रका कमल बुढा निर्वाचित भएका छन् ।
खार्पुनाथको रावल र सिंह निर्वाचित
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको गृह पालिका समेत रहेको खार्पुनाथ गाउँपालिकामा गठबन्धनकोतर्फबाट नेपाली कांग्रेसका कर्ण रावल निर्वाचित भएका छन् । उनले १ हजार ८ सय १० मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्धन्द्धी नेकपा एमालेका प्रकाशबहादुर शाहीले १ हजार १ सय ९५ मत प्राप्त गरे ।
उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका ज्ञानबहादुर सिंह शाही (भरत) बिजयी भएका छन् । उनले १ हजार ८ सय७२ मत प्राप्त गरे भने उनका निटकतम् प्रतिद्धन्द्धी एकिकृत समाजवादीका शक्तिसिहं ऐडी ८ सय ५० मत प्राप्त गरे । खार्पुनाथमा नेकपा एमाले र समाजवादी बीच चुनावी सहकार्य गरिएको थियो । ५ वडा भएको आर्पुनाथका सबै सबै वडामा समेत गठबन्धनले नै निर्वाचन हात पारेको छ । ०७४ को स्थानीय तहको निर्वाचनमा वडा नम्बर १ मा निर्वाचन जितेको एमालेले यस पटक कुनै ठाउँमा पनि निर्वाचन जित्न सकेन । खार्पुनाथ गाउँपालिकामा नेपाली कांग्रेसबाट वडा अध्यक्ष १ मा जयबहादुर शाही, वडा अध्यक्ष २ मा चन्द्र रावल, ४ मा रंगमती शाही, वडा अध्यक्ष ५ भरत जंग शाही निर्वाचित भएका छन् भने नेकपा माओवादी केन्द्रबाट वडा नं. ३ मा च्याँगा बोहरा बिजयी भएका छन् ।
सर्केगाडमा रोकाया र कार्की बिजयी
जिल्लाको मध्ये क्षेत्रको सर्केगाड गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका ठानबहादुर रोकाया बिजयी भएका छन् । गठबन्धनका साझा उम्मेरदवार रोकायाले ३ हजार ५४३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका ज्ञामी बुमीले ९९७ मत ल्याएका छन् ।
गाउँपालिकाको उपाध्यक्षमा पनि गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका चन्द्रसिंह कार्की तीन हजार दुई ८२ मत ल्याएर बिजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी एमालेकी जुनकौरा कार्कीले १ हजार ६५ मत प्राप्त गरेकी छन् ।
आठ वडा रहेको सर्केगाडको वडा नम्बर १ मा एमालेका बल कार्की, २ मा माओवादी केन्द्रका सिद्ध कार्की, वडा नं. ३ मा स्वतन्त्रबाट अकिल कार्की, वडा नं. ४ मा माओवादी केन्द्रका धनबहादुर छत्याल वडा अध्यक्ष वडा नं. ५ः दलबहादुर सिंह, वडा नं. ६ मा एमालेका पदमबहादुर शाही, वडा नं. ७ मा नेपालशी कांग्रेसका बलबहादुर खत्री, वडा नं. ८ मा माओवादी केन्द्रका रंगमल रोकाया निर्वाचित भए ।
अदानचुलीमा भत्कीयो एमालेको बिरासत
नेकपा एमालेको लालकील्लाका रुपमा चिनिने अदानचुली गाउँपालिकामा २०४८ साल पछि पहिलो पटक बिरासत भत्कीएको छ । बहुदल पश्चात निरन्तर आप्mनो बहुमत कायम गर्दै आएको नेकपा एमालेले पहिलो पटक स्थानीय तहको निर्वाचनमा पराजय भोग्नु परेको हो ।
गएको वैशाख ३० गते सम्पन्न स्थानीय हको निर्वाचन २०७९ को अन्तिम मत गणना अनुसार गठबन्धनकातर्फबाट अध्यक्षमा नेपाली कांग्रेसका मोहनविक्रम सिंह र उपाध्यक्ष माअोवादी केन्द्रका कर्ण रोकाया (सुधार) निर्वाचति भएका छन् ।
अहिले (बुधबार) बिहान सकिएको मत गणनामा नेकपा एमालेका केन्दी्रय सदस्य तथा निर्वतमान गाउँपालिका अध्यक्ष दल फडेरालाई पराजित गर्दै नेपाली कांग्रेसका जिल्ला सभापति सिंह बिजयी भएका हुन् । सिंहले १९६८ मत ल्याएर बीजयी भएका छन भने निर्वतमान अध्यक्ष फडेराले १३२९ मत ल्याएको मतदान अधिकृत यम प्रसाद बास्कोटाले जानकारी दिए । उनका अनुसार उपाध्यक्षमा माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटि सदस्य कर्ण रोकाया (सुधार)ले १९९६ मत ल्याएर बीजयी भएका छन् भने उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेस बिद्रोही उम्मेरदवार (स्वतन्त्र) लोकेन्द्र भण्डारीले १००६ मत प्राप्त गरेका छन् ।
नेकपा एमालेको गढ भनेर चिनिएको अदानचुलीमा पहिलो पटक एमाले पराजित भएको हो । जिल्लाकै निकै चासोका रुपमा हेरिएको अदानचुलीमा एमालेका केन्द्रीय सदस्य समेत रहेका निवर्तमान गाउँपालिका अध्यक्ष फडेराले ६३९ मतान्तरले गठबन्धनबाट पराजित भएका छन् ।
६ वटा वडा भएको गाउँपालिकामा ४ वडामा माओवादीका उम्मेरदवारले वडा अध्यक्ष बीजयी भएका छन् भने नेकपा एमाले र एकीककृत समाजवादीले एकएक वडामा उम्मेरदवार बीजयी भनेका छन् । माअोवदी केन्द्रको तर्फबाट वडा नम्बर १ मा अक महतारा, ३ मा डिलबहादुर फडेरा, ४ मा मनऋषी पाष्डे, ६ मा वृखबहादुर बुढाको प्यानल बीजयी भएको छ भने वडा नम्बर १ मा नेकपा एमालेका नन्द महताराको प्यानल बीजयी भएको छ । यसैगरी गठबन्धनमा संलग्न एकीकृत समाजवादीकातर्फबाट वडा नम्बर ५ मा कमल छत्यालको गठबन्धनको प्यानल बीजयी भएका छन् । यसैगरी वडा नम्बर ६ मा माओवादी केन्द्रबा वृखबहादुर बुढाको प्यानल बीजयी भएका छन् ।
ताँजकोटमा जैशी र थापा बिजयी
जिल्लाको ताँजकोट गाउँपालिकमा नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटी उपसचवि लालकेश जैशी निर्वाचित भएका छन् ।
गठबन्धनकातर्फबाट साझा उम्मेरदवार बनेका जैशीले १हजार हजार ८सय १० मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्धन्दी नेकपा एमालेका अजमल बुढाले ९ सय ९५मत पाप्त गरे ।
त्यसै गरि गठबन्धनकातर्फबाट नेपाली काँग्रेस तर्फबाट सुरेन्द्र थापाले एक हजार तिन सय ९१ मत प्राप्त गरी उपाध्यक्ष पदमा बिजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी एमालेका रुपचन्द्रा ऐडीले चार सय ९७ मत मत प्राप्त गरे । त्यसैगरी उपाध्यक्षमा स्वतन्त्रतर्फबा उम्मेरदवार तिलकबहादुर शाहीले चार सय २८ मत प्राप्त गरे भने एकीकृत समाजवादीका सम्पति शाहिले दुई सय ८९ मत प्राप्त गरेका छन् ।
५ वडा रहेको ताँजकोट गाउँपालिकाका ४ वडामा नेकपा माओवादी केन्द्र र एक वडामा नेकपा एकमालेका उम्मेरदवारले वडा अध्यक्षमा निर्वाचित भएका छन् ।
बीजय हुनेमा १ मा मोहनलाल रिठाल, २ मा अजविर खत्री, ३ मा अध्यक्ष बाहेक ४ वटै सदस्य माओवादीका विजयी छन भने वडा अध्यक्ष एमालेका राजेन्द्रबहादुर शाही, ४ मा माओवादीका राजबहादुर बोगटी र ५ मा मंगल नेपाली बीजयी भएका छन् ।
बिजयी वडा अध्यक्षमा ३ का शाही एमालेका उम्मेरदवार हुन् ।
जिल्लाको चंखेली गाउँपालिकाको वडा नम्बर २ को महादेव माध्यमिक विद्यालयको मतदान केन्द्रमा स्वतन्त्र उम्मेरदवार पक्षले एकलौटी गरेको भन्दै सत्ता गठबन्धनले उजुरी दिएपछि पुनः निर्वाचन हुने भएपछि मतगणना स्थगित भएको छ ।
यस्तो छ मत परिणाम
१. नाम्खा गाउँपालिका
अध्यक्षः प्रेम लामा (माओवादी केन्द्र) १४६६
उपाध्यक्षः तग्दीर लामा (नेपाली कांग्रेस) १०९४
वडा अध्यक्ष वडा नं. १ः सुनाम लामा (एमाले) ३१२
वडा अध्यक्ष वडा नं. २ः सुनाम क्याप लामा (नेपाली कांग्रेस) ३१८
वडा अध्यक्ष वडा नं. ३ः छिरिङ्ग ग्याम्जो लामा (माओवादी केन्द्र) १५६
वडा अध्यक्ष वडा नं. ४ः लातार लामा (एमाले) १२९
वडा अध्यक्ष वडा नं. ५ः पाल्जोर लामा (नेपाली कांग्रेस) १६६
वडा अध्यक्ष वडा नं. ६ः पाल्जोर तामाङ्ग
२. सिमकोट गाउँपालिका
अध्यक्षः बीजय भण्डारी प्रतिरोध (माओवादी केन्द्र) २८८२
उपाध्यक्षः सुशिला रोकाया (नेपाली कांग्रेस)२४७४
वडा अध्यक्ष वडा नं. १ः गोर्ख लामा (नेपाली कांग्रेस)
वडा अध्यक्ष वडा नं. २ः देवजङ्ग बोहरा (नेपाली कांग्रेस)३७०
वडा अध्यक्ष वडा नं. ३ः पामा लामा (माओवादी केन्द्र)
वडा अध्यक्ष वडा नं. ४ः प्रताव लामा (नेपाली कांग्रेस)
वडा अध्यक्ष वडा नं. ५ः चिन रावत (नेकपा एमाले)
वडा अध्यक्ष वडा नं. ६ः नन्द रावत (माओवादी केन्द्र)
वडा अध्यक्ष वडा नं. ७ः बलविर शाही (नेपाली कांग्रेस)
वडा अध्यक्ष वडा नं. ८ः कमल बुढा (माओवादी केन्द्र)
३. खार्पुनाथ गाउँपालिका
अध्यक्षः कर्ण रावल (नेपाली कांग्रेस)१८१०
उपाध्यक्षः ज्ञानबहादुर सिंह भरत (माओवादी)१८७२
वडा अध्यक्ष वडा नं. १ः जयबहादुर शाही (नेपाली कांग्रेस) ४६९
वडा अध्यक्ष वडा नं. २ः चन्द्र रावल (नेपाली कांग्रेस) २६०
वडा अध्यक्ष वडा नं. ३ः च्यांगा बोहरा (नेपाली कांग्रेस) २७१
वडा अध्यक्ष वडा नं. ४ः रङ्गमती शाही (नेपाली कांग्रेस) निर्विरोध
वडा अध्यक्ष वडा नं. ५ः भरतजंग शाही (नेपाली कांग्रेस) ४९२
४. सर्केघाड गाउँपालिका
अध्यक्षः ठानबहादुर रोकाया (नेपाली कांग्रेस)३५३४
उपाध्यक्षः चन्द्रसिंह कार्की (माओवादी केन्द्र)३२८२
वडा अध्यक्ष वडा नं. १ः बल कार्की (एमाले)
वडा अध्यक्ष वडा नं. २ः सिद्ध काकी (माओवादी केन्द्र)
वडा अध्यक्ष वडा नं. ३ः अकिल कार्की (स्वतन्त्र)
वडा अध्यक्ष वडा नं. ४ः धनबहादुर छत्याल (माओवादी केन्द्र)
वडा अध्यक्ष वडा नं. ५ः दलबहादुर सिंह (नेपाली कांग्रेस)
वडा अध्यक्ष वडा नं. ६ः पदमबहादुर शाही (नेकपा एमाले)
वडा अध्यक्ष वडा नं. ७ः बलबहादुर खत्री (नेपाली कांग्रेस)
वडा अध्यक्ष वडा नं. ८ः रंगमल रोकाया (माओवादी केन्द्र)
५. अदानचुली गाउँपालिका
अध्यक्षः मोहनबिक्रम सिंह (नेपाली कांग्रेस) १९६८
उपाध्यक्षः कर्ण रोकाया सुधार (माओवादी) १९९६
वडा अध्यक्ष वडा नं. १ः अक महतारा (माओवादी केन्द्र) ३२६
वडा अध्यक्ष वडा नं. २ः नन्द महतारा (एमाले) ४४७
वडा अध्यक्ष वडा नं. ३ः डिलबहादुर फडेरा (माओवादी केन्द्र) ३४५
वडा अध्यक्ष वडा नं. ४ः मनऋषी पाष्डे (माओवादी केन्द्र) २८२
वडा अध्यक्ष वडा नं. ५ः कमल छत्याल (एकिकृत समाजवादी) ४७४
वडा अध्यक्ष वडा नं. ६ः वृखबहादुर बुढा (माओवादी केन्द्र) २७८
६. ताँजकोट गाउँपालिका
अध्यक्षः लालकेश जैशी (माओवादी केन्द्र) १८१०
उपाध्यक्षः सुरेन्द्र थापा (नेपाली कांग्रेस) १३९१
वडा अध्यक्ष वडा नं. १ः मोहनलाल रिठाल (माओवादी केन्द्र) २२३
वडा अध्यक्ष वडा नं. २ः अवबिरे खटिक (माओवादी केन्द्र) २२८
वडा अध्यक्ष वडा नं. ३ः राजेन्द्रबहादुर शाही (एमाले) ४०८
वडा अध्यक्ष वडा नं. ४ः राजबहादुर बोगटी (माओवादी केन्द्र) ४०७
वडा अध्यक्ष वडा नं. ५ः मंगल नेपाली (माओवादी केन्द्र) ३०६