काठमाडौँ । स्थानीय तहको मतपरिणाम आइसकेपछि जितेका उम्मेद्वार आआफ्नो एजेण्डा समयमा नै पूरा गर्ने र आफ्नो पालिकालाइ समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरिरहेका छन् ।
तर बाजुराको बडिमालिका नगरपालिकाका जनप्रतिनिधिले भने अब फेरि जनताको घरदैलो कार्यक्रम गर्ने र आवश्यकताका आधारमा एजेण्डा बनाउने बताएका छन् । नगरपालिकाका उपप्रमुख नन्दा थापाले भोट माग्नको लागि घरदैलोमा जाँदा नागरिकका आवश्यकता र प्राथमिकताहरू सङ्कलन नगरेको तर अब भने घरदैलो नै गरेर नागरिकका आवश्यकताहरू सङ्कलन गर्ने बताउनुभयो ।
चुनावअघिको समय थोरै भएकाले पनि सम्पूणर् नागरिकका भावना सुनेर उनीहरूका आवश्यकताहरू पहिचान गर्न सम्भव नभएकाले अब फेरि नागरिकलाई भेट्न घरदैलो कार्यक्रममा जाने तयारी भइरहेको उहाँले सुनाउनुभयो ।
नवनिर्वाचित उपमेयर थापाले आफ्नो पालिकाभित्र कायम रहेको बालविवाह, छाउपडी, महिला हिंसा जस्ता गलत परम्परागत अभ्यासहरू हटाउनको लागि काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
यस्ता गलत अभ्यासहरू पूणर् रूपमा हटाइ पालिकाभित्रको सेवासुविधा थप चुस्त बनाउनको लागि आफूले बजेटमा नै व्यवस्था गरेर अगाडि बढ्ने पनि उहाँले बताउनुभयो ।
‘मुख्यगरी बालविवाह, छाउपडी महिला हिंसा जस्ता विद्यमान समस्या हटाउनको लागि प्रतिबद्ध भएर लाग्ने छु ।’ उहाँले भन्नुभयो ।
थापा यस अगाडिढ सामुदायिक रेडियो बाजुरामा आबद्ध रहनुभएको थियो ।
लामो समयको पत्रकारिताको अनुभवलाई पनि आफूले आगामी दिनमा उपयोग गर्र्दै अगाडि बढ्ने उहाँको भनाइ रहेको छ ।
‘वर्षौैँसम्म बाजुराको गरिबी, अशिक्षा र महिला हिंसाको बारेमा रिर्पोटिङ गरेँ । अब भने आफैँ यस्ता समस्या हटाउने गरी काम गर्ने स्थानमा आइपुगेको छु । हरसम्भव राम्रो काम गर्ने कोसिस गर्नेछु ।’ थापाले थप्नुभयो ।
बडिमालिकामा प्रमुखमा अमर खड्का तथा उपप्रमुखमा थापा विजयी हुनुभएको हो । खड्कासँग काँग्रेसका उम्मेद्वार धनराज पण्डित र थापासँग राधिका कुमारी शाही पराजित हुनुभएको हो ।