मुगु । मुगुका चार वटा स्थानीय तहमा नेकपा एमाले वडामै सिमित देखिएको छ । यहाँका चार वटा स्थानीय तहमा एमालेले कुनै पनि प्रमुख र उपप्रमुख पद जित्न सकेन ।
छायाँनाथ रारा नगरपालिकाको प्रमुखमा कांग्रेसका बिष्णु कुमार भाम तथा उपप्रमुखमा ऐश्वर्य मल्ल विजयी भएका छन् । मुगुम कार्मँरोङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसकै छिरिङ क्यप्ने लामाले जितेका छन् ।
यस्तै सोरु गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसका केशरजङ शाही र खत्याड गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकी सरिता रोकाया विजयी भएकी छन् ।
खत्याड गाउँपालिकामा नेकपा माओवादी केन्द्रका अजबहादुर शाहीले अध्यक्ष पद जितेका छन् भने सोरु गाउँपालिकाको अध्यक्षमा एकीकृत समाजवादीका धर्मबहादुर शाही निर्वाचित भएका छन् ।
नेकपा एमाले भने वडामै सिमित देखिएको छ । चार वटा स्थानीय तहका ४५ वटा वडामध्ये एमालेले १६ वडाध्यक्षसहित सदस्य जितेको छ ।
एकीकृत समाजवादीले एउटा वडा र एक पालिकामै सिमित रहेको छ । माआवादीले एक पालिका अध्यक्षसहित ७ वटा वडाध्यक्ष जितेको छ । जिल्लाभर १८ वटा वडाध्यक्षसहित तीन उपप्रमुख र दुई पालिका प्रमुख पद जितेर कांग्रेस पहिलो स्थानमा देखिएको छ ।
एमाले सचिवद्धारा राजीनामा
पार्टीले स्थानीय तह निर्वाचन २०७९ मा पराजय भोगेपछि नेकपा एमाले मुगुका सचिव तथा निर्वाचन परिचालन समितिका संयोजक डबल रोकयाले आप्mनो पदबाट राजीनामा दिएका छन् ।
पार्टीलाई बीजयी गराउन जिल्ला स्तरको निर्वाचन परिचालन कमिटिको जिम्मेवारी लिएको भएपनि सत्ता गठबन्धनका कारण पार्टीलाई कुनै पनि स्थानीय तहमा बीजयी गराउन नसकेका कारण नैतिकताका आधारमा आफूले पार्टीको जिल्ला सचिव पदबाट राजनीनामा दिएको बताएका छन् ।
सचिवबाट राजनीति दिएको पत्र सामाजिक सञ्जालमा सार्वजनिक गर्दै रोकायाले पार्टी भित्रको आन्तरिक र बाह्य कारणले निर्वाचनमा पराजय भोग्नु परेको बताए ।