सिमकोट । सोलार व्याट्रीको तार सट भएर शुरु भएको आगलागीमा परी जिल्लाको चंखेली गाउँपालिका वडा नम्बर ४ पिप्लाङका तीन घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् । आगलागीमा परेर गाउँका अन्य तीन घरमा सामान्य क्षती भएको छ ।
आज राती २ बजे कर्णबहादुर शाही को घरमा भएको सोलारको व्याट्रीको तार सट भएर शुरु भएको आगालागीमा परेर चंखेली गाउँपालिका ४ को पिप्लाङका कर्णबहादुर शाहीका २ घर, जयबहादुर शाहीको एक घर जलेर खरानी भएको पिप्लाङबाट स्थानीय धिर शाहीले जानकारी दिए ।
‘अगालागीले ३ घर खरानी भएका छन्, शाहीले नेपालवोटसँग भने’, ‘सँगै जोडिएका सेरबहादुर पाल, नर पाल र पदम सिंहको घरमा आगलागीले सामान्य क्षती भएको छ ।’
व्याट्रीको तार सट भएर शुरु भएको आगोले घर जलेपछि मात्रै गाउँले अरुलाई जानकारी भएको बताएका प्रत्यक्षदर्शी शाहीका अनुसार नियन्त्रण गर्न मुस्कील भएको थियो । आगलागीले तीन घर भित्र रहेका अन्नपात, लत्ताकपडा लगायतका कुनै पनि सामान बाँकी नरहेको बताइएको छ । आगो शुरु भएदेखि नैं पिप्लाङ गाउँका स्थानीयले अनेकन प्रयास गर्दापनि आगो नियन्त्रण गर्न नसकिएको बताएका शाहीले बिहान तीन घर जलेर खरानी भएपछि आगो नियन्त्रणमा आएको बताए । जलेका घरको नजिकै भएका तीन घरका छर सामान्य जलेको भएपनि अन्य क्षती भएको छैन् ।
राहत सामाग्रीका लागि मुख्यमन्त्री कार्यालयमा तयारी शुँदै
हुम्लाको चंखेलीमा भएको आगलागी पिडितका लागि कर्णाली प्रदेश सरकारले राहत सामाग्री पठाउन पहल थालेको बताइएको छ ।
आगालगाीबाट मानविय क्षती नभएपछि अग्नी पिडितका लागि आवश्यक खाद्यन्न सशिहतको राहत सामाग्री पठाउने सल्लाह भैरहेको कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको निजि सचिवालय स्रोतले जनाएको छ ।
मानविय उद्धार गर्नु पर्ने अवस्था भएको भए हेलिकोप्टर पठाउनु पर्ने हुनसक्थ्यो सौभाग्य नैं भन्नुपर्छ कुनै मानवीय क्षती भएन घरको क्षतीबाट गाँस वास विहिन भएका अग्नी पिडितका लागि राहत सामाग्री मुख्यमन्त्री ज्यूको निर्देशनमा आजै पठाउने काम हुने मुख्यमन्त्री स्रोतले जनाएको छ ।