सिमकोट । जिल्लाको सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाका १५ प्रतिशत दलित वालवालिका अँझै विद्यालयको पहुँच बाहिर रहेको तत्थ्यांक सार्वजनिक भएको छ ।
गाउँपालिकाको सहयोगमा गरिव तथा उपेक्षित कल्याण कार्यक्रमले तयार पारेको दलित प्रोफाइल २०७८ ले यस्तो तत्थ्यांक सर्वाजनिक गरेको हो । सरकारले विद्यालय जाने उमेर समुहका सबै वालवालिकाहरुलाई अनिवार्य विद्यलाय पठाउन अनेक प्रकारका प्रोत्साहन दिने कार्यक्रम सार्वजनिक गरेको भएपनि जिल्लाको मुटु मानिने सिमकोटका जम्मा ६९२ वालवालिका मध्ये १५ प्रतिशत अर्थात १०६ जना विद्यालयको पहुँच बाहिर रहेको गरिव तथा उपेक्षित कल्याण कार्यक्रमका अध्यक्ष प्रर्वत सुनारले जानकारी दिए ।
सिमकोटमा आज आयोजना गरेको दलित प्रोफाइल सार्वजनिक कार्यक्रममा बोल्दै सुनारले आठ वटा वडा भएको सिमकोटमा सबै भन्दा बढि वडा नम्बर ६ मा २७ जना बालबालिका विद्यालयको पहुँच बाहिर रहेको बताए । तत्थ्यांक अनुसार वडा नं २ मा २६, ७ मा १७, ४ मा १२, ८ मा १०, ५ मा ८, ३ मा ६ जना बालबालिका विद्यालयको पहुँच बाहिर रहेका छन् । वडा नं. १ मा भने कुनैपनि दलित बालबालिका विद्यालयको पहुँच बाहिर नरहेको तत्थ्यांकले देखाएको छ ।
प्राफइलका अनुसार सिमकोट गाउँपालिका भर बालविकास केन्द्रमा १३६, प्राथमिक तहमा २४८, माध्यमिक तहमा १७२, प्राविधिक शिक्षामा ३० जना दलितको पहुँच छ ।
स्नातक गर्नेको संख्या सुन्य
सिमकोट गाउँपालिकाका आठ वटै वडामा स्नातक गर्ने दलितको संख्या सुन्य रहेको छ । १७७५ जनसंख्या भएका दलित समुदायबाट स्नातकोत्तर तहसम्मको अध्ययन गर्नेको संख्या सुन्य रहेको सिमकोट गाउँपालिकाको दलित प्रोफइलले सार्वजनिक गरेको छ । पारिवारिक कारण, कमजोर आर्थिक अवस्था लगायतका कारणले सदरमुकाम भएको गाउँपालिकाकै दलितको पहुँच स्नातकोत्तरसम्म नरहेको देखिन्छ ।
३५५ दलित घरधुरी रहेको गाउँपालिकामा स्नातक तहसम्मको अध्ययन गर्ने ३ जना मात्रै छन् । जसमा वडा नं. ५, ६ र ७ बाट १।१ जना गरेर ३ जनाले मात्रै स्नातकोत्तर तह उत्रिण गरेको तत्थ्यांक संकलन गरेको गरिव तथा उपेक्षित कल्याण कार्यक्रम हुम्लाले जनाएको छ ।
गाउँपालिकाका ८ वटै वडाबाट एसएलसी उत्रिर्ण गर्नेको संख्या ४९ र १२ उत्रिर्ण गर्नेको संख्या १२ जना मात्रै छ ।
नेपाल सरकार र विभिन्न दातृ निकायको सहयोगमा विद्यालय जाने उमेर समुहका वालवालिकाहरुलाई विद्यालयमा पुर्याउन विभिन्न कार्यक्रम शुरु गरिएको भएपनि हुम्लाको सदरमुकाम सिमकोटमै यत्रो संख्याका बालबालिका विदालयको पहुँच बाहिर हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
वालवालिकालाई विद्यालयमा आकर्षित गर्न दिवा खाजा, छात्रावृती लगायको व्यवस्था गरेको भएपनि अँझै दलित समुदायमा बिहान र बेलुकाको छाक टार्ने समस्याकै कारण यत्रो संख्यामा बालबालिका विद्यालय बाहिर हरेको दलित अगुवा पर्वत सुनारले बताए । “दलित समुदायलाई आर्थिक मन्दीले निकै सताएको छ, रकमको जोहो नगर्ने हो भने घरपरिवारको छाक टार्न मुश्किल पर्छ” उनले थपे “महिनामा चामल खरिद गर्न आर्थिक उपार्जनको जोहो गर्न घरका ठूला मान्छे लागेकै कारण साना वालवालिकाहरु विद्यालयको पहुँचभन्दा बाहिर रहेका हुन् ।”
“घरका अविभावक अन्य अर्थो उपार्जनमा लाग्ने भएपछि वालवालिका पशुवस्तु चराउन र घरका भाईबहिनीलाई हेरचाहमा जुट्नु पर्ने कारणले पनि सिमकोटमा दलित समुदायका वालवालिका विद्यालयको पहुँच बाहिर रहेको हुने तर्क सुनारको छ ।