काठमाडौं । केही दिनयता कोरोना संक्रमण निरन्तर उकालो लागिरहेको छ । असार महिना लागेदेखि नै कोभिड संक्रमण दर (पोजिटिभिटी रेट) बढ्दै गएको हो । यो दर बिहीबार २ प्रतिशत नाघेको छ । बुधबार त ३.८२ प्रतिशत पुगेको थियो ।
जबकि १५ दिनअघि असार १ मा संक्रमण दर ०.६४ प्रतिशत मात्र थियो । संक्रमण दर बढेसँगै सक्रिय संक्रमितको संख्यामा पनि उल्लेख्य वृद्धि देखिएको छ । असार १ गते ९७ सक्रिय संक्रमित रहेकामा हाल यो संख्या झन्डै तीन गुणा बढेर २८० पुगेको छ ।
छिमेकी भारतमा पछिल्ला दिन संक्रमण सघन बढ्दाकै असर होरहोइन भन्ने निर्क्योल गर्न स्वास्थ्य मन्त्रालयले सूक्ष्म अध्ययन थालेको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्ला दिन पुष्टि भएका केसको जिन सिक्वेन्सिङ पनि सुरु गरिएको छ । त्यसको परिणाम आएपछि मात्र ओमिक्रोन भेरिएन्ट वा भारतमै देखिएको बढी संक्रामक ‘बीए।४’ र ‘बीए।५’ हो भन्ने यकिन हुने मन्त्रालयका एक अधिकारीले बताए । भारतीय स्थलनाका हुँदै आउने नेपाली कामदारमा संक्रमणको दर बढी देखिएकाले ‘बीए.४’ र ‘बीए.५’ भेरिएन्ट भित्रिसकेको उनले आशंका गरे ।
केही दिनयता नाकाहरूबाट आउनेमध्ये दैनिक सरदर ५–६ जनामा संक्रमण देखिएकामा बिहीबार एकै दिन १२ जनामा कोभिड पुष्टि भएको छ । नेपालमा हालसम्म ओमिक्रोनको ‘बीए।२’ भेरिएन्टका कारण संक्रमण फैलिएको पाइएको छ ।
‘पछिल्लो समय संक्रमणको दर निरन्तर बढ्दो छ,’ स्वास्थ्य सेवा विभाग, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी० का निर्देशक डा।चुमनलाल दासले कान्तिपुरसँग भने, ‘मुलुकमा ओमिक्रोनको ‘बीए।२’ भेरिएन्टले नै संक्रमण फैलाइरहेको थियो, पछिल्लो समय भारतमा देखिएको ‘बीए।४’ र ‘बीए।५’ भेरिएन्टसमेत भित्रिएको हो भन्ने आंशका बढेको छ ।’
संक्रमण बढ्दै गएपछि ओमिक्रोनबाहेकका भेरिएन्टको समेत परीक्षण थालिएको उनले बताए । मन्त्रालयका अनुसार हाल सुदूरपश्चिममा १ जना र वाग्मती प्रदेशमा २ जना गरी ३ जना कोभिडका बिरामीको सघन उपचार भइरहेको छ ।