सिमकोट । प्रदेशको शुसाशनको वकालत गर्ने कर्णाली प्रदेश शुसासन केन्द्रले नैं नीतिगत अनियमिता गरेको छ ।
हुम्लाको अदानचुली गाउँपालिकामा आयोजना गरेको तीन दिनको लैगिंक समनता तथा सामाजिक समाबेशिकरण मुल प्रबाहिकरण रणनिति योजना तर्जुमा कार्यशालालाई एक दिनमै सकेर शुशासन केन्द्रले नीतिगत अनियमिताा गरेको हो ।
असारको महिना आफूसँग समय नभएको भन्दै शुसाशन केन्द्रले तीन दिनको कार्याक्रम एक दिनमै सकेर नीतिगत अनियमितता गरेको बताइएको छ । अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनबिक्रम सिंहको अध्यक्षतामा शुक्रबार शुरु भएको उक्त कार्यशाला समय अभाव भन्दै एक दिनमै सम्पन्न गरिएको कर्णाली प्रदेश शुसासन केन्द्रद्धारा लैगिंक समनता तथा सामाजिक समावेशिकरणका परियोजना प्रमुख भिमबहादुर नेपालीले स्विकार गर्नुभयो ।
“प्रदेश शुशासन केन्द्रको सहयोगमा आयोजना गर्ने उक्त कार्यक्रम ३ दिनसम्म लैगिंक समानता तथा सामाजिक समाबेशिकरण मुल प्रबाहिकरण रणनिति योजना अन्तरगतको कार्यशाला एक दिनमै सम्पन्न भएको हो” नेपालीले भने, “सहभागि सबैले समय नभएको भन्दै एक दिनमै सकाउन भनेपछि हामीले शुरु भएकै दिनमा कार्यशला समापन गरेका हौं ।”
कार्यशाला शुरु भएको पहिलो दिन कार्यशाला गोष्ठी सञ्चालन गर्ने, दोस्रो दिन कार्यदल गठन गर्ने र तेस्रो दिन गाउँपालिका स्तरिय लैंगिक समानता तथा समावेशीकरण रणनिति योजना कार्यन्वयन तथा अनुगमन समिति चयन गर्ने भनिए पनि असारे चटारोको कारण चाडै सम्पन्न गर्नुपर्ने भएपछि शुक्रबार एक दिनमै उक्त कार्यशाला सम्पन्न भएको हो ।
एक दिनमै सकिएको तीन दिने कार्याशालाले गाउँपालिका प्रमुख प्रशासकिय अधिकृतको अध्यक्षतामा ११ सदस्यीय कार्यदल गठन गरिएको छ भने गाउँपालिकाका अध्यक्ष मोहनबिक्रम सिंहको अध्यक्षतामा १३ सदस्यीय गाउँपालिका स्तरिय लैंगिक शासन समावेशीकरण रणनिति योजना कार्यन्वयन तथा अनुगमन समिति गठन गरिएको खबर प्राप्त भएको छ ।