सिमकोट । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले आयोजना गरेकोसिमकोट गाउँपालिका स्तरिय माध्यमिक विद्यालयको वत्तित्वकला प्रतियोगितामा सिमकोटको वालमन्दिर माध्यमिक विद्यालय प्रथम भएको छ ।
अनेरास्ववियूले गुणस्तरिय शिक्षाका लागि सरोकारवाला निकायको भूमिका विषयक वक्तित्वकला प्रतियोगितामा ७७.८३ नम्बर प्राप्त गरेर वालमन्दिर माध्यमिक विद्यालयकी छात्रा लक्ष्मी शाही प्रथम भएकी छन् । प्रतियोगितामा ७० नम्बर ल्याएर मानसरोवर माध्यमिक विद्यालयकी छात्रा छोसाङ्गआंमु लामा दोस्रो, ५९.३३ नम्बर ल्याएर सैपाल माध्यमिक विद्यालय स्याँडाका छात्र पदम बुढा तेस्रो र ५५.३३ नम्बर ल्याएर रामदेव माध्यमिक विद्यालय ठेहेकी छात्रा सुशिला भण्डारी चौथो भएको अनेरास्ववियू हुम्लाका जिल्ला अध्यक्ष जयराज सञ्ज्यालले जानकारी दिए ।
अनेरास्ववियूका अध्यक्ष सञ्ज्यलाको अध्यक्षता र एमाले केन्द्रीय सदस्य दल फडेरोको अध्यक्षतामा हुम्ला सदरमुकाम सिमकोटको मानसरोवर माध्यमिक विद्यालयमा आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा सिमकोट स्थित कैलासबोधी बोडिङ्ग स्कुल पहिलो, मानसरोवर माध्यामिक विद्यालय दोस्रो र रलिङ्ग माध्यमिक विद्यालय तेस्रो भएको छ । ८४ प्रश्न सोधीएको प्रतियोगितामा संस्थागत विद्यालय कैलासका विद्यार्थी प्रथम भएका हुन् ।
प्रतियोगितामा सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकामा रहेका पाँच विद्यालयका विद्यार्थी सहभागिता जनाएका थिए । विहान ११ वजे मानसरोवर माध्यामिक विद्यालयमा संचालन भएको प्रतियोगितामा सिमकोट गाउँपालिकामा रहेका माध्यामिक विद्यालयहरु बालमन्दिर, मानसरोवर, सिदार्थ, रलिङ, सैपाल, रामदेव माध्यामिक विद्यालय र कैलास बोधी बोडिङ स्कुलका विद्यार्थीले भाग लिएका थिए ।
प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना स्थान हाँसिल गर्ने विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि तथा एमाले केन्द्रीय सदस्य दल फडेराले प्रमाणपत्र र शैक्षिक सामाग्री समावेश भएको पुरस्कार वितरण गरेका छन् । कार्यक्रमलार्य संवोधन गर्दै एमाले केन्द्रीय सदस्य फडेराले विद्यालयको गुणस्तरिय शिक्षामा सरोकारवालाको भूमिका विषयमा रचनात्मक कार्यक्रमको आयोजना गरेकोमा अनेरास्ववियू हुम्लाप्रति धन्यवाद ज्ञापन गरे ।
एमाले पार्टी र त्यसका सबै भातृसंगठन रचनात्मक र सृजनशिलता काममा लाग्ने भएकाले सिमकोट गाउँपालिका स्तरमा वक्तित्वकला प्रतियोगिता र हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरेको बताए । कार्यक्रममा मानसरोवर माध्यमिक विद्यालयका प्राचार्य, प्रेस चौतारी केन्द्रिय अनुशासन आयोगका अध्यक्ष नवराज महतारा, एमाले हुम्लाका उपसचिव चन्द्रप्रकाश ढकाल झलक लगायतको सहभागिता रहेको अनेरास्ववियू हुम्लाले जनाएको छ ।