सिमकोट । खार्पुनाथ गाउँपालिका जिल्लाकै पहिलो शाक्षर गाउँपालिकाका रुपमा घोषित भएको छ ।
गाउँपालिकाका ५ वटै वडाका वस्तीहरुमा शाक्षरताको दर ९५ दशमलव भन्दा काथि भएपछि पालिकाले शुक्रबार औपचारिक कार्यक्रमको आयोजना गरेर पालिकालाई शाक्षर पालिका घोषणा गरेको हो । खार्पुनाथ गाउँपालिका र शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको संयुक्त रुपमा शाक्षरता कक्षा सञ्चालन भएपछि पालिकालाई शाक्षर घोषणा गरिएको गाउँपालिका अध्यक्ष कर्ण रावलले जानकारी दिए ।
२०७८ साल पुष महिना सामुदायिक सिकाई केन्द्रमार्फत घरधुरी सर्भेक्षण गरेको तत्थ्यांकका आधारमा शुरु गरिएको शाक्षरता कक्षाले पालिकामा रहेका ७ हजार २०१ जनसंख्यामध्ये १५ देखि ६० वर्ष उमेर समुहका ४१५६ मध्ये ३९६९ जना अर्थात ९५ दशमल ५ प्रतिशत शाक्षर भएपछि गाउँपालिकाले औपचारिक कार्यक्रमको आयोजना गरेर जिल्लाकै पहिलो शाक्षर पालिकालाई शुक्रबार औपचारिक कार्यक्रमका बीच शाक्षर गाउँपालिबका घोषणा गरिएको हो ।
“खार्पूनाथ गाउँ कार्यपालिकाको असार १६ गतेको निर्णय अनुसार हामीले खार्पुनाथलाई शाक्षर पालिकाका रुपमा घोषणा गरेका हौं”, पालिका अध्यक्ष रावलले नेपालवोटसँग भने, “शाक्षरता घोषण गर्ने सबै सूचक पुरा भएकाले हामीले शिक्षा विकास तथा समन्वय इकाई हुम्लासँगको समन्वयमा औपारिचक हिसाबले जिल्लाकै पहिलो शाक्षर पालिकाका रुपमा घोषणा गरेका हौं ।”
पालिकाका सबै वडाको प्रतिनिधित्व हुने गरी सांस्कृतीक झाँकी र विद्यालयका सांस्कृतीक कार्यक्रमको प्रस्तुती सहित घोषणा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले पालिकार्लाइ शाक्षर घोषणा गर्ने आधारहरुका बारे प्रष्ट पारे ।
प्रतिवद्धता पत्र पढेर शाक्षर पालिका घोषणा
जिल्लाकै पहिलो गाउँपालिकाका रुपमा शाक्षर पालिका घोषणा भएको खार्पुनाथ गाउँपालिकाले घोषणा पत्र बाचन गरेर शाक्षर पालिका घोषणा गरेको हो । शाक्षर पालिका घोषणा कार्यक्रमका विषेश अतिथिका रुपमा आमन्त्रण गरिएका शिक्षा विकास तथा समन्वय इकाई हुम्लाका प्रमुख तिलक भट्टराईले गाउँपालिकाले तयार पारेको घोषणा पत्र बाचन वगरेर खार्पुनाथलाई शाक्षर पालिका घोषणा गरेका हुन् । जुन घोषणा पत्र यस्तो छ,
यस खार्पुनाथ गाउँपालिकाको १५ देखि ६० वर्ष उमेर समुहको जम्मा जनसंख्या ४१५६ मध्ये ३९६९ जनसंख्या ९५.५ प्रतिशत शाक्षर भएकोले शाक्षर नेपाल अवधारणा पत्र २०७६ बमोजिम राष्ट्रिय मापदण्ड अनुसार १५ देखि ६० वर्ष उमेर समुहको ९५ प्रतिशत भन्दा बढि शाक्षर भएमा शाक्षर गाउँपालिका घोषणा गर्न मिल्ने भए बमोजिम यस गाउँपालिकाको ९५.५ प्रतिशत जनसंख्या शाक्षर भएको हुँदा यस खार्पुनाथ गाउँपालिकालाई शाक्षर गाउँपालिका भएको घोषणा गरिन्छ ।
घोषणा पत्रमा पालिकाका अध्यक्ष कर्ण रावल प्रमुख अतिथि जिल्ला समन्वय समिति हुम्लाका उपप्रमुख दल फडेरा र शिक्षा विकास तथा समन्वय इकाई प्रमूख भट्टराईले हस्थताक्षर गरेका छन् ।
प्रमुख अतिथि र अध्यक्ष बीच देउडामै प्रश्नोत्तर
खार्पुनाथ गाउँपालिकाको शाक्षर पालिका घोषणा कार्यक्रममा कार्यक्रमका अध्यक्ष र प्रमुख अतिथिबीच देउडा गितले रोच प्रश्नोत्तर भएको छ । कार्यक्रमको दोस्रा अन्तिम वक्ताका रुपमा शुभकामना मन्तव्य राखे । मन्तव्यकै शुरुमा शाक्षर घोषणाको स्थायीत्व प्रति संका गरेका उपप्रमुख फडेराले देउडामा भने,
“स्कुल नाई गोरुपाठा गैरा गाउँकी लछी
खार्पुनाथको नाकजाला हैं, ल्याप्च्या लाया पछि”
देउडामार्फत उपप्रमुख फडेरोले गरेको शंकालाई कार्यक्रमको अध्यक्षता गरेका पालिका अध्यक्ष रावलले पनि देउडामै फर्काए ।
कार्यक्रमको समापन र धन्यवाद दिनेक्रममा उठेका अध्यक्ष रावलपनि के कम आप्mनो मन्तव्यको शुरुमै उपप्रमुखको सवालको जवाफ फर्काउदै भने,
“कैकन औके माल कैकन चाहिन्या नाई
खार्पुनाथ त सहि गरिल्छ, ल्याप्च्या त लाइन्यानाई ”
कार्यक्रमका अध्यक्ष र प्रमुख अतिथिको देउडा सवाल जवाफले कार्यक्रम निकै रोचक बन्यो ।
शुरुमा देउडाबाट आप्mना भावना राखेका उपप्रमुख फडेराले शाक्षरता घोषणालाई कायम राख्ने पहिलो योगदान खार्पुनाथ गाउँपालिकाका पाँचवटै वडाका नागरिकको भएको प्रतिक्रिया दिए । खनर्पुनाथलाई जिल्लाकै पहिलो शाक्षर गाउँपालिका घोषणा भएकोमा धन्यवाद दिएका फडेराले त्यसका लागि जिल्ला समन्वय समितिकातर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।