सिमकोट । सिमकोटका लागि कर्णाली कोरिडोरको सलिसल्लाबाट खाद्यन्न ढुवानी गर्दै आएको नाइन एन एक केभी कलसाइनको सानो हेलिकोप्टरमा काम गर्ने तीन जना टेक्नीसियनमाथि स्थानीयले कुटपिट गरेका छन् ।
हेलिकोप्टरको नियमित काम सकेर वासस्थानतर्फ जाँदै गरेको बेला राती ९ बजेको समयमा सलिसल्लाको सडकमा स्थानीय यातायात समितिमा काम गर्ने चारजना स्थानीयले कुटपिट गरेको हेलिकोप्टरका टेक्नीसियन पुर्ण तामाङ्गले जानकारी दिए ।
“हामी काम सकेर १५ मिनेटको दूरीमा रहेको क्याम्पमा जाँदै थियौं”, तामाङ्गले नेपालवोटसँग भने, “बाटोमा हाम्रो अनुमतीमा किन बाइक चढेको भन्दै आक्रोसित भएर आएको स्थानीयको समुह हामीमाथि अचानक झम्टेर कुटपिटमै उत्रियो ।” स्थानीय समुहले आफूसहित हेलिकोप्टरमै कार्यरत हरि घर्ति र धनराज शाहीमाथि पनि कुटपिट भएको उनले बताए । रातीको समय भएकाले आफूले कुनै प्रतिक्रिया नजाएको उल्लेख गरेका तामाङ्गले कुटपिटबाट आफूहरुको बाहिरी घाउ नभएपनि भित्र चोट लागेको दावी गरे ।
कुटपिटमा संलग्न चारै जना प्रहरी नियन्त्रमा
प्रहरीले हेलिकोप्टरमा कार्यरत टेक्नीसियनलाई कुटपिट गर्ने सर्केगाडका तीजना र चंखेलीका एकजना गरेर चारैजनालाई नियन्त्रणमा लिलएको छ ।
सिमकोटको लागि चामल ढुवानी गर्दै आएको हेलिकोप्टरको ग्राण्डको काम गर्ने, प्mयूलिङ्गलगायतको काम गर्दै आएका कर्मचारीलाई मदिरा सेवन गरेर राती बाटोमा कुटपिट गर्ने चारजनालाई पिडितको जाहेरीका आधारमा आफूहरुले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायव उपरिक्षक कृष्णराज ओझाले जानकारी दिए ।
“चार जना फटाहाको समुह रहेछ उनिहरुलाई हामीले सिमकोटमा ल्याएका छौं” प्रहरी प्रमुख आmेझाले थपे, “उनिहरुलाई पिडितको जाहेरीका आधारमा आवश्यक कानूनी कारबाहीको प्रक्रिया अघि बढाइन्छ ।”
कुटपिट गरेको आरोपमा प्रहरीले स्थानीय यातायता समितिका सर्केगार्ड गाउँपालिका–५ गोठीका सोभन शाही, भरत मल्ल, दिर्घ सिंह र चंखेली गाउँपालिका ४ पिप्लाङ्गका गणेश शाहीलाई नियन्त्रणमा लिएको छ ।
अहिले उनिहरु चरै जनालाई जिल्ला प्रहरी कार्यालय भित्रको हिरासतमा राखिएको छ ।