सिमकोट । नोवेल कोरोना भाइरस विरुद्धको खोप १२ वर्ष माथिका नागरिकहरु सबैलाई लगाउने व्यवस्था गरिएपछि पछिल्लो समय नेपाल सरकारले ५ देखि ११ वर्ष उमेर समुहका वालवालिकाहरुका लागि समेत लगाउने तयारी गरेको छ । दुई चरणमा गरेर उक्त उमेर समुहका वालवालिकाहरुलाई लगाउन लागेको खोप फाइजर–वायोएनटेक खोप लागाउन अहिले देशैभरका जिल्लाहरुका स्वास्थ्य सेवा कार्यालयहरुलाई अन्तिम तयारीमा रहन निर्देशनसमेत गरेको छ ।
निकै संवेदनशिल मानिने यो उमेर समुहका वालवालिकाहरुलाई लगाइने कोभिड १९ विरुद्धको यो खोप विश्व मान्यता प्राप्त भएकोले नेपालको औषधी व्यवस्था विभागले समेत अनुमती दिएको छ । खोप लगाउने पुर्वतयारी स्वरुप स्वास्थ्य सेवा कार्यालय हुम्लाले सिमकोटमा आयोजना गरेको कार्यक्रममा प्रस्तुत गरिए अनुसार फाइजर वायोएनटेक खोप के हो ?
कोभिड–१९ रोग विरुद्धको यो खोप कोरोना भाइरस ‘SARS-CoV-2’ को अनुवाँशिक तत्व ‘RNA’ प्रयोग गरेर तयार गरिएको हुन्छ । यो खोप जर्मन बायोटेक्नोलोजी कम्पनी ‘BioNTech’ ले अमेरिकन कम्पनी ‘Pfizer’ को सहकार्यमा विकास गरिएको हो । यो खोप झोलको रुपमा भायलमा उपलब्ध हुन्छ । यो खोपको झोलको रङ्ग सामान्य अवस्थामा सेतो वा हल्का धमिलो सेतो हुन्छ । झोलको रुपमा उपलब्ध भएता पनि, यो खोप लगाउनु भन्दा पहिला घोल्नु पर्दछ । यो खोपको घोलक ०.९% सोडियम क्लोराइड हो र खोपसँगै घोलक उपलब्ध गराइएको हुन्छ । यो खोपको प्रभावकारिता ९१% सम्म रहेको अध्ययनले देखाएको छ । यो खोप विश्व स्वास्थ्य संगठनले आपतकालिन प्रयोगको लागि सूचीकृत गरेको छ । यो खोप नेपालमा प्रयोग गर्न औषधी व्यवस्था विभागले अनुमती प्रदान गरेको छ
यो खोप कस्तालाई दिन मिल्छ ?
फाइजर–बायोएनटेक खोप १२ वर्ष माथिका व्यक्तिहरूलाई दिन मिल्ने विश्वस्वास्थ्य संगठन लगायतका निकायले प्रमाणीत गरिसकेका छन् । ५ वर्ष देखि ११ वर्षका बालबालिकाहरूलाई मात्र यो खोप दिन मिल्ने बनाइएको छ । १२ वर्ष भन्दा माथिका व्यक्तिहरूलाई दिने यो खोप नेपालमा प्रयोग गरिँदै आएको छ । ५–११ वर्षका बालबालिकाहरूलाई दिने मिल्ने खोप अन्य उमेर समूहका व्यक्तिलाई दिन मिल्दैन
फाइजर–बायोएनटेक खोप लगाउन नहुने अवस्था
यो खा्प ५ वर्ष भन्दा कम र ११ वर्ष भन्दा बढी उमेरको व्यक्तिलाई लगाउन हुदैन् । पहिलो मात्रा लगाएपछि कुनै पनि गम्भिर प्रकारको एलर्जिक प्रतिक्रिया भएको व्यक्तिका लागि पनि यो खोप नलगाउन सिफारिस गरिएको छ । यो खोपमा भएको कुनै तत्वको कारणबाट गम्भिर प्रकारको एलर्जिक प्रतिक्रिया भएको व्यक्ति वा वालवालिकालाई पनि यो खोप दिन आवश्यक छैन् । Immunoglobulin/Monoclonal antibodies/Convalescent Plasma उपचारमा भएको व्यक्तिलाई यो खोप लगाउनु हुदैन, तर यस प्रकारको उपचार लिएको ९० दिनपछि यो खोप लगाउन हुन्छ । कोभिड–१९ संक्रमित भएको अवस्थामा यो खोप लगाउनु हुदैन तर निको भएको ३० दिनपछि यो खोप लगाउन हुने जिल्ला अूपताल हुम्लाका मेडिकल सुपरिटेण्डेन कैलास लामाले जानकारी दिए । कुनै पनि प्रकारको गम्भिर विरामी भएको वा उच्च ज्वरो आएको अवस्थामा यो खोप लगाउनु हुदैन, तर यस प्रकारको अवस्था ठीक भएपछि यो खोप लगाउन हुन्छ ।
यो खोपका बारेमा थप थाहा पाउन तलको भिडियो हेर्नुहोला