सिमकोट । हुम्ला सदरमुकाम सिमकोटको सडक पिच गरिने भएकमो छ । शहरी विकास कार्यालय जुम्लाले बिनियोजन गरेको बजेटले जिल्ल सदरमुकाम सिमकोटको लामा सांस्कृती मञ्चदेखि तल्लो बजारसम्मको सडक कालोपत्रे गर्न शुरु गरिएको हो ।
सडकको कालो पत्रेको काम शुरु भएपछि सडक आसपासका विद्युतका पोल र टेलिफोनका पोल तत्काल सार्ने सरोकारवाला बीच निर्णय भएको छ । सिमकोट गाउँपालिकाका अध्यक्ष बीजय भण्डारीको पहलमा जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षिय बैठकले यस्तो निर्णय गरेको हो । सडक कालोपत्रे गर्ने जिम्मा पाएको बानिया निर्माण सेवाका प्रतिनिधि पालु रावतले सडकको कालोपत्रे गर्न समस्या हुने भएपछि सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो ।
लामो छलफल पश्चात बैठकले बाटोमा पर्ने विद्युतका पोल र टेलिफोनका पोलहरुको स्थान सार्न विभिागिय तहल थाल्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी अनुपम पौडेलले जानकारी दिए । सहायक प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार सिमकोट बजार क्षेत्रको ढललाई व्यवस्थित गर्न माथिल्लो बजारको सिमकोट विमानस्थल, शिक्षा विकास तथा समन्वय इकाई, जिल्ला समन्वय समितिको क्वाटर रहेको प्राविधिक कार्यालय अघि र बालमन्दीर माध्यमिक विद्यालयको अघि बाट निकास गर्ने र त्यसको लागि सिमकोट गाउँपालिकालाई थप अध्ययन र बजेटको व्यवस्थापन गर्न आग्रह गर्ने निर्णय गरिएको छ ।
ढल निकासको राम्रो व्यवस्थापन नभएकै कारण सिमकोटको सडक भन्दा तलका घरभित्र पानी जाने भएका कारण ढलको व्यवस्थापन गर्न यस्तो निर्णय गरिएको सिमकोट गाउँपालिकाका अध्यक्ष बीजय भण्डारीले जानकारी दिए । “सिमकोट बजार क्षेत्रलाई थप व्यवस्थित बनाउन सबै सरोकारवाला निकायले आ–आप्mनो क्षेत्रको विकासलाई एक अर्काबीच समन्वय नगर्दा अव्यवस्थित जस्तो देखिएको छ”, बैठकमा भण्डारीले भने, “त्यसलाई एकिकृत व्यवस्थापनको नीति अनुरुप विद्युत, टेलिफोन, खानेपानी, ढल निकासको काम एक पटक आपसी समन्वयका आधारमा गर्ने हो भने बजार क्षेत्र कम खर्चमा व्यवस्थित देखिन्छ ।”
बैठकमा सिमकोट गाउँपालिकाका अध्यक्ष बीजय भण्डारी, उपाध्यक्ष शुसिला रोकाया, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावल, नाम्खा गाउँपालिकाका अध्यक्ष प्रमबहादुर लामा जिल्ला समन्वय समितिका उपप्रमख दलु फडेरा, हुम्ला उद्योग बाणीज्य संघका अध्यक्ष नाम्ग्याल तामाङ्ग, निर्माण व्यवसायी संघका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।