सिमकोट । अदानचुली गाउँपालिकामा संझौता भएको आयोजनाहरुको भुक्तानी रोकिएपछि काम सम्पन्न गरेका उपभोक्ता समितिहरु मर्कामा परेको बताएका छन् । अघिल्लो सरकारले बिनियोजन गरेका योजनाहरुको काम सम्पन्न भएपनि वैशाख ३० गते निर्वाचित नयाँ जनप्रतिनिधिको टोलीले काम सम्पन्न गरेका डेढ दर्जन बढि योजनाहरुको रकम भुक्तानी नगरेपछि उपभोक्त समितिहरु मर्कामा परेको अदानचुली वडा नम्बर १ को आरुखोल्या मन्दिर निर्माण समितिका अध्यक्ष काल्या महताराले जानकारी दिए ।
यस अघिको नेकपा एमाले नेतृत्वको सरकारले संझौता गरेर काम सम्पन्न भएका आयोजनाहरुको रकम अभाव भन्दै गाउँपालिकाले भुक्तानी नदिएपछि आयोजनामा काम गराएका कामदारलाई कसरी ज्याला दिने भन्ने बारेमा आफूहरुलाई निकै ठूलो समस्या परेको दुखेसो पोखेका छन् ।
गाउँपालिकासँग ५ लाखको काँडखेत खानोपनी आयोजनको संझौता गरेर बाजुराको धुलाचौरबाट उदारो निर्माण सामाग्री ल्याएर काम सम्पन्न गरेका छक्क महताराले हरेक लिदन भुक्तानीका लागि गाउँपालिकाको कार्यालय धाउदापनि भुक्तानी नपाएपछि उदारो ल्याएको निर्माण सामाग्रीको रकम कसरी तिर्ने हो भन्ने समस्यामा परेको बताए ।
गाउँपालिकाको वडा नम्बर १ मा मात्रै तीन वटा आयोजनाका उपभोक्ताहरुले काम गरेर पनि भुक्तानी पाएका छैनन् । यसैगरी ६ वटै वडामा गरेर डेढ दर्जन भन्दा बढि आयोजनाका उपभोक्ताले काम सम्पन्न गरेर पनि रकम नपाएका हुन् । उपभोक्ताले काम सकेको आयोजनाको रकम नपाएको विषयलाई गाउँपालिकाले भने रकम अपुग भएको प्रतिक्रिया दिएको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टक्कदत्त प्याँकुरेलले रकम अपुग भएका कारण भुक्तानी नभएका आयोजनाहरुमा आप्mनो कुनै दोष नरहेको प्रष्टीकरण दिनुभएको छ । गाउँपालिकाको प्राविधिक शाखाबाट काम सम्पन्न भएको एमवी समेत उठेका डेढ दर्जन आयावजनाहरुले यसरी काम सकेर पनि रकम नपाएको बताएका छन् ।
काम गरेको रकम नपाएपछि वडा नम्बर ६ का गोरखाली पुनेराको २ लाख २२ हजार ७६ र महाँदेब मन्दीर योजनाको २ लाख ६७ हजार ३ सय २० रुपैया योजनाको रकम पनि खातामा नजाँदा हरेक दिन गाउँपालिकालाई रकमको ब्यबस्था गरी दिन आग्रह गरिरहेका छन् ।
पालिकाले भन्छः ‘योजनाको भुक्तानी भएको देखिन्छ ’
गाउँपालिकाको काम सकेर रकम भुक्तानी नपाएका भनिएका योजनाहरुको भुक्तानी भैसकेको जनाएको छ । गाउँपालिकाको खातामा हेर्दा रकम भुक्तानी नभएका भनिएको सूचिमा रहेका पाँच योजनाहरुको रकम यसअघि नैं भुक्तानी भएको गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाले जानकारी दिए । “बाहिर उपभोक्तले रकम नपाएको भनिएको योजनाको भुक्तानी यसअघि नैं भैसकेको देखिन्छ”, रोकायाले भने, ‘कसको खातामा गएको छ भन्ने तत्थ्यपनि हामीले सार्वजनिक गरिसकेका छौं ।”
उपाध्यक्ष रोकायाका अनुसार नपाउने आयोजनाहरुमा वडा नम्बर ६ का गोरखाली पुनेराको २ लाख २२ हजार ७६ र महाँदेब मन्दीर योजनाको २ लाख ६७ हजार ३ सय २० रुपैया योजना रहेका छन् । यसैगरी वडा नम्बर ४ मा १ लाख ७६ हजार ५ सय ८८ को कालसिल्ता मन्दीर र १ लाख ८० हजार ५ को पाँगरखोला धारानिमार्ण योजनाको रकभ भुक्तानी नभएको हो ।
वडा नम्बर ४ को कालसिल्ता मन्दीर योजना १ लाख ७६ हजार ५ सय ८८ र पाँगरखोला धारा निमार्ण योजना १ लाख ८० हजार ५ पनि काम सम्पन्न भई मुल्यांकन समेत भैसकेका योजनाको पनि भुक्तानी नभएको भन्दै उपभोक्ता समितिले भुःानीका लागि हारगुहार गरिरहेको छ । भुक्तानी नपाउनेमा वडा नम्बर १ को ३ लाख ५२ हजार ३ सय चौरानब्बेको खुदाई मन्दीर योजना र तलिखोलान करालाको पनि भुक्तानी भएको छैन् । तर उक्त पाँच वटै योजना बराबरको रकम गाउँपालिकाबाट भुक्तानी भैसकेको गाउँपालिकाको लेखा शाखाले जनाएको छ ।
गाउँपालिकासँग संझौता अनुसारको काम भएरपनि रकम भुक्तानी नहुने योजनामा वडा नम्बर १ मा ३ लाख ५२ हजार ३ सय चौरानब्बेको खुदाई मन्दीरलगायतका रहेका छन् । तर भुक्तानी नपाएका ५ वटा आयोजनाको रकम यसअघि नैं गाउँपालिकाबाट भुक्तानी भएको गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकाया सुधारले जानकारी दिनुभयो । उहाँका अनुसार पाँच वटै योजना बराबरको रकम मेलचौर सामुदायिक कृषि तथा पशुपालनर्फमा गएको देखीएको छ ।
गाउँपालिकाका लेखा अधिकृत दत्त रोकायाका अनुसार पाँच वटा योजनाको सबै रकम मेलचौर सामुदायिक कृषि तथा पशुपालनर्फमा गएको देखीएको छ । “रेकर्ड अनुसार मिति २०७९ साल बैशाख १९ गतेका दिन ति ५ वटा सहित ३४ वटा योजनाको जम्मा ९९ लाख २२ हजार ४ सय ५२ रुपैयाको चेक जारी गरीएको देखिन्छ” उपाध्यक्ष रोकायाले भने, “सोही दिन गाउँपालिकाले जारी गरेको पत्र अनुसार रकम नपाएको भनिएका ५ वटा योजना बाहेक मेलचौर सामुदायिक कृषि तथा पशुपालनर्फम सहित २९ वटा योजनाहरुमा उक्त रकम जम्मा गर्न दिएको देखिन्छ । २८ वटा योजनामा अघिल्लो पत्र अनुसार नै रकम जम्मा भएको र बाँकी ५ वटा योजना कटाएर सो बराबरको रकम ११ लाख ९८ हजार ३ सय ८३ रकम मेलचौर सामुदायिक कृषि तथा पशुपालनर्फममा जम्मा भएको पाइएको छ ।”
अन्य योजनाको एकमुष्ट ९९ सय लाखको चेक मिति २०७९ साल चैत्र १९ गते काटेर बैशाख १० गतेका दिन बैंकमा सटही भएको देखीएको बताएका उपाध्यक्ष रोकायाले मेलचौर सामुदायिक कृषि तथा पशुपालनर्फको रकम धनराज रोकायको नाममा ४ हजार ६ सय, नन्दबहादुर फडेराको नाममा ९ लाख र लक्ष्मी बुढाको नाममा ४ लाख ५० हजार रुपैया एकै दिन निकासा भएको छ । गाउँपालिकाले मिति २०७९ साल साउन ३ गतेको दिन उक्त पाँच वटै योजनाको खातामा तोकिएको रकम नगद जम्मा गरेको ग्लोबल बैंक अदानचुली शाँखाले जनाएको छ ।