काठमाडौं । बाल सचेतना केन्द्र नेपालको एघारौं वार्षिक साधारणसभा आगामी शनिबार हुने भएको छ । सभा शनिबार विहान ११ बजे बौद्ध ६ महाकालस्थित जनकल्याण मा.वि.को सभा हलमा हुने जानकारी दिएको छ ।
बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीले उद्घाटन गर्ने तय भएको उक्त साधारण सभामा उप– प्रमुख अनिता लामा, वडा न. १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराई, १० न. वडाका अध्यक्ष नबराज भट्टराई, ११ न. वडाका अध्यक्ष राजु अधिकारी, बौद्ध ६ न.वडाका अध्यक्ष भुबन लामा, बौद्ध क्षेत्र विकास समितीका अध्यक्ष राज कुमार लामा, गोकर्णेश्वर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाका वडा प्रतिनिधीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधी, विभिन्न संगठनका प्रमुख तथा प्रतिनिधी लगायतको पनि सहभागिता रहने केन्द्रका महासचिव बुद्धिमान लिम्बूले जानकारी दिए ।
यसैगरी, उक्त साधारणसभा बाट नयाँ कार्यसमिति पनि चयन हुने जनाईएको छ । कार्यक्रममा समाजसेवी, बुद्धिजिबि विभिन्न संघ संस्थाका पदाधिकारी, संस्थाका आजिबन सदस्य, सलाहकार, पत्रकार लगायत सम्पूर्णमा उपस्थितिका अनुरोध गरिएको छ ।
विगत १० वर्षदेखि नै बाल सचेतना केन्द्र नेपालले महिलाहरुका लागि सिपमुलक तालिम, विपन्न नागरिकहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी स्वास्थ्य शिविर, बालबालिकाहरुका लागि वक्तृत्वकला प्रतियोगिता , विभिन्न रचनात्म कार्यक्रम र अप्ठ्यारोमा परेका विपन्न, गरिब, असहाय, अपाङ्ग, अनाथ बालबालिका तथा दयनीय अवस्था भएकाहरुलाई खाद्यान्न, लत्ताकपडा, औषधोपचार गर्दै आईरहेको छ ।