काठमाडौँ : बाल सचेतना केन्द्र नेपालको एघारौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। उक्त कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारिको प्रमुख आतिथ्यमा भएको साधारणसभामा उप प्रमुख अनिता लामा बुढानिलकण्ठ नगरपालिका १२ का वडा अध्यक्ष सम्भु प्रसाद भट्टराई, अन्य वडा सदस्यहरु, विभिन्न संघका प्रतिनिधिहरु, पत्रकार, समाजसेवी,बुद्धिजीवी, संस्थाका आजिवन सदस्य, साधारण सदस्य लगायत विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो।
उक्त साधारणसभाबाट ९ जना सदस्यको नयाँ कार्यसमिति निर्वाचित हुनुभएको छ । जसमा अध्यक्षमा बाबुराम फुयाल, उपाध्यक्षमा नारायण प्रसाद अधिकारी, महासचिवमा बुद्धिमान लिम्बू, कोषाध्यक्षमा शर्मिला उप्रेती, सदस्यहरु अभिलेख राज उप्रेती, प्रतिमा राई, उर्मिला श्रेष्ठ, फुलमाया लामा र सरिता श्रेष्ठ रहनु भएको छ। सरसर्ति हेर्दा पुरानै कार्यसमिति दोहोरिएको छ ।
उक्त कार्यक्रममा वरिस्ठ समाज सेवि तथा सल्लाहकार राजु कार्किले खाजाको व्यवस्था मिलाइ सहयोग गर्नु भयको थियो र अर्का वरिस्ठ समाज सेवि तथा सल्लाहकार सदस्य शंकर श्रेष्ठले चिया पानीको लागि आर्थिक सहयोग गर्नु भयको थियो । कार्यक्रम भव्य र सभ्य पमा सम्पन्न भइको थियो ।