सिमकोट । जिल्लाको सलिसल्ला बजारका अधिकांश पसल रहोटेल दर्ता बिनै सञ्चालन भैरहेको पाइएको छ ।
मुगु जिल्लाको सदरमुकाम गमगढीबाट आएको कर्णाली राजमार्ग र बाजुरा जिल्लाबाट ल्याएको कर्णाली कोरिडोरको संगम स्थलका रुपमा रहेको सलिल्लाको बजारमा भएको एक सय ५० बढि होटेल पसलमध्ये अधिकांश कानून बमोजिम दर्ता नभएरै सञ्चालनमा रहेको पाइएको हो ।
चंखेली गाउँपालिकाले शुक्रबार र शनिबार उक्त बजारमा भएका होटेल पसलहरुको अनुगमनका क्रममा त्यस्तो भेटिएको हो । सलिसल्लामा हरेक दिन होटेल पसल र अन्य व्यवसायहरुको संख्य अनपेक्षित रुपमा बढ्दै गएपनि कानूनी दायरामा रहेको कुरा बाहिर आएपछि चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीको नेतृत्वमा भएको अनुगमनका क्रमा अधिकांश व्यवसायहरु दर्ता विनै चलिरहेको चंखेली गाउँपालिकाले जनाएको छ ।
‘सलिसल्लामा भएको बजारको हामीले गरेको अनुगमनका क्रममा झण्डै ८० प्रतिशत भन्दा बढि होटेल, पसल तथा अन्य व्यवसायहरु दर्ता विनै सञ्चालन भएको पाइयो,’ अध्यक्ष शाहीले नेपालवोटसँग भने, ‘स्थानीय बजारमा निकै गैरकानूनी काम पनि भैरहेको भेटियो ।’
मुगु जिल्लाको सदुरमुकाम गमगढीबाट सलिसल्ला हुँदै सिमकोट आउने सडक र बाजुरबाट जिल्लाको दक्षिण क्षेत्र हुँदै आएको कर्णाली कोरडिोरी सडक पुगेपछि जिल्लाको मध्ये र माथिल्लो क्षेत्रको ठूलो बजार शुरु भएको छ । सर्केगाढ गाउँपालिका र चंखेली गाउँपालिकाको सिमाक्षेत्रमा रहेको सलिसल्लाका बजारमा दर्ता नभएरै विभिन्न व्यवसाय शुरु भएको खबर आएपछि आफूले अनुगमन शुरु गरेको अध्यक्ष शाहीले बताए ।
म्याद नाघेका सामान बेचिदैं
गैर कानूनी रुपमा सञ्चालनमा रहेका सलिसल्लाका पसल र होटेलहरुमा म्याद नाघेका सामाग्री विक्रि वितरण हुँदै गरेका छन् ।
स्थल मार्गबाटमा जोडिएको सबैभन्दा ठूलो बजारका रुपमा रहेको सलिसल्लाका अधिकांश होटेल र पसलहरुमा लामो समय म्याद नाघेका दैनिक उपभोग्य सामाग्रीहरु ख्ुलेआम विक्रिवितरण भैरहेको पाइएको छ । जिल्ला सदरमुकाम सिमकोटबाट टाढा रहेको उक्त क्षेत्रमा प्रहरी प्रशासन भएपनि अनुगमन नभएका कारण खुलेआम म्याद नाघेका उपभोग्य वस्तुहरु विक्रि वितरण भैरहेको चंखेली गाउँपालिकाका अध्यक्ष प्यारिलाल शाहीले जानकारी दिए ।
‘लामो समय म्याद नाघेका विस्कुट, फ्रुटी, चक्लेट, स्प्राइट लगायतका पेय पर्दाथहरु म्याद नघेकै विक्रि वितरण भैरहेका छन्’ अध्यक्ष शाहीले थपे, ‘सलिसल्ला बजार सर्केगाढ गाउँपालिकाको क्षेत्रमा पर्ने भएपनि त्यहाँ (सर्केगाढ) बाट अनुमगन र नियमन नभएपछि मैले अनुगमन शुरु गरेको हुँ ।’
‘जिल्लाको एक मात्र इलाका प्रशासन कार्यालयका रुपमा सर्केगाढ इलाका प्रशासन कार्यालयमा नियमित कर्मचारी नबस्ने र बसेपनि स्थानीय बजारको अनुगमन गभएका कारकण व्यवपारीको मनपरी गर्ने काम भैरहेको खुलासा शाहीले गरे । बजारमा केहि संख्यामा प्रहरी भएपनि बजारको अनुगमन गर्ने र कानूनी व्यवस्था भन्दा बाहिरका व्यवसायलाई कानूनी दायरामा ल्याउन कुनै पहल नभएपछि व्यापारीको मनपरी बढ्दै गएको छ,’शाहीले थपे ।
बजारको अनुगमनबाट व्यवासायीले गरेको व्यथितीका बारेमा आफूलाई राम्रो जानकारी पाएको बताएका अध्यक्ष शाहीले तत्कालै कानून बनाएर सलिसल्लाका सबै पसल, होटेल र अन्य व्यवसायलाई दर्ता गराएर कानूनी दायतरामा ल्याई कर तिर्न बाध्य पार्ने दावी गरे ।
विगतको सरकारले नियुक्त गरेका करारका कर्मचारीको करार संझौता नविकरण नगरेर नयाँ भर्नाको प्रक्रिया शुरु गरेपछि कर्मचारीको कमी भएको बताएका शाहीले नयाँ करारका कर्मचारी नियुक्त हुने बित्तिकै कानूनी दायरा बाहिरका व्यवासायीलाई प्रक्रियामा ल्याउने प्रतिवद्धता व्यक्त गरे ।