सिमकोट । कार्यालयको कामलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय हुम्लाका प्रमुख जिल्ला अधिकारी सिता परियार र सहायक प्रमुख जिल्ला अधिकारी अनुपम पौडेल बीच वार्षिक कार्य सम्पादन संझौता भएको छ ।
जिल्ला प्रशासन कार्यालयमार्फत हुने प्रवाह हुने सेवा र सुविधालाई चालु आर्थिक वर्षमा थप प्रभावकारी बनाउने ध्येयले प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी बीच संझौता भएको बताइएको छ ।
गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रमुख जिल्ला अधिकारह? बीच गएको आर्थिक वर्ष २०७८।०७९ मा गरेको वार्षिक कार्यसम्पदान संझौतामा देशकै ५ पाँचौं उत्कृष्ठ जिल्लामा परेको हुम्लालाई चालु आर्थिक वर्षमा थप उत्कृष्ट बनाउन शmुत्रबार हिजो प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी बीच कार्य सम्पादन संझौता भएको हो ।
विगतका वर्षह?मा वार्षिक ?पमा भएको संझौतालाई यो वर्षदेखि हरेक त्रैमासिक ?पमा मूल्यांकन गर्ने गरी संझौता भएको सहायक प्रमुख जिल्ला अकिकारी अनुपम पौडेलले रेडियो कर्णाली आवाजलाई जानकारी दिए । संझौताले कार्यालयका अन्य शाखाको कामलाई समेत चुस्त र दु?स्त बनाउन प्रभावकारी संयन्त्रको विकास गर्दै हरेक तीन महिनामा त्यसको मुल्यांकन गर्ने गरी कार्यसम्पादन संझौता भएको जानकारी सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
अधिकांश समय जिल्लामा कार्यालय प्रमुख नबस्ने समस्या ब्याप्त हरेको हुम्लामा जिल्लकै तालुकदार कार्यालयका प्रमुख र सहायक प्रमुख बीच भएको वर्षिक कार्य सम्पदान संझौताले हुम्लाको हरेक काममा केहि प्रभावकारीता आउने आशा गर्न थालिएको छ ।
असारे विकासमा केन्द्रीत हुने जिल्लाका विकासे कार्यालय र अन्य सेवा प्रवाह गर्ने कार्यालका प्रमुख र अन्य कर्मचारी अधिकांश समय जिल्लामा नबस्ने समस्याले जिल्लाका हरेक गतिविधि असारमा मात्रै लोड बढिरेको बेला प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी बीच वार्षिक र त्रैमासिक ?पमा भएको कार्य सम्पदान संझौताले अन्य कार्यालयका लागि समेत कार्यान्वय गराउन सकेको खण्डमा जिल्लाके विकासे प्रवृतिमा केही प्रगती हुने आशा गर्न थालिएको हो ।
आर्थिक वर्ष २०७८।०७९ देखि प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी बीच वार्षिक कार्य सम्पादन सम्झौता गरेर कार्य योजनाका साथ कार्य गरेको हुम्ला जिल्ला प्रशासन कार्यालय गृह मन्त्रालयले गरेको मूल्यांकनमा हुम्ला देशका ७७ जिल्ला मध्ये पाँचौं स्थानमा रहेको छ । त्यसलाई थप प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय हुम्लाले प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीबीच कार्य सम्पदान सम्झौता गरेको छ ।