सिमकोट । जिल्लाको हिमालपारीको गाउँका रुपमा चिनिने नाम्खा गाउँपालिका वडा नम्वर ६ लिमीको गेउ खोलामा गाडी तार्न काठे पुल निर्माण गरिएको छ ।
पर्यटकीय क्षेत्रका रुपमा रहेको लाप्चा क्षेत्र जाने गेउ खोलामा वर्षाको पानी बढेपछि काठको पुल लगाइएको नाम्खा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष पाल्जोर तामाङले जानकारी दिए । गाउँपालिकाको लागतमा निकर्माण भएको उक्त काठे पुलले अब गाडी आवतजावत गर्न सहज भएको छ ।
यसअघि सडक निर्माण भएपनि खोलामा पानीको बहाव बढेपछि यातायात आवत जावतमा समस्या भएपछि काठे पुल निर्माण गरिएको हो । गएको तीन वर्षयता कोरोना भाइरसको कारण देखाउँदै चीनले सिमा नाका बन्द गरेपछि वर्षे कैलास मानसरोवर दर्शन गर्ने हजारौ धार्मिक तथा अन्इ पर्यटकहरुले लिमिको लाप्चा क्षेत्रबाट दूर दर्शन गर्न थालेपछि त्यहाँ जाने पर्यटकको संख्या बढ्दै गएको छ ।
मानसरोवर कैलाशको दर्शन गर्ने स्थान लाप्चा क्षेत्र जाने गेउ खोलामा काठे पुल निर्माण भएपछि गाडि सन्चालन गर्न सहज भएको वडा अध्यक्ष तामाङले जानकारी दिए ।
“खोलामा पानी बढेका कारण गाडीलाई पनि आवत जावत गर्न निकै कठिनाई थियो”, वडा अध्यक्ष तामाङले नेपालवोटसँग भने, “पालिकाको आर्थिक सहयोगबाट काठे पुल लगाएपछि अहिले गाडी, पशुवस्तु र मानिसलार्य समेत आवात जावतमा सहज भएको छ ।”
यसअघि लिमिबाट विजल्ला सदरमुकाम सिमकोट र गाउँपालिका केन्द्र याल्वाङ आउने स्थानीय वासिन्दालाई ठूलो पानी भएको खोला तर्नु पर्ने बाध्यता रहेको उनको भनाई छ । पटक पटक स्थानीयले सरोकारवाला निकायलाई पक्कि पुलको अनुरोध गरे पनि यतिखेर खोलामा काठे पुल निर्माण भएको हो ।
काठे पुल निर्माण भएयता जिल्ला सदरमुकाम सिमकोटबाट टिप्पर र बलेरो जिपहरु सहज रुपमा सञ्चालन हुँदै आएका छन् । उता लिमि लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्नेका लागि पनि निक्कै सह जबनेको छ ।