सिमकोट । हुम्लामा एक सातामै हुम्लाका तीनजनाले आत्म हत्या गरेका छन् ।
गएको साउन १९ गतेयता जिल्लाको अदानचुली र ताँजकोट गाउँपालिकाका तीन जनाले आत्म हत्या गरेका हुने । आत्म हत्या गरेका तीन जनामध्ये दुई जना किशोारी छन् भने १ जना किशोर रहेका छन् । आत्म हत्या गर्ने दुई किशोरीको उमेर १९ वर्ष रहेको छ ।
आत्म हत्याको कारण अहिलेसम्म पत्ता लगाउन नसकिएपनि दुवै जनाले उमेर नपुगेर विवाह गरेका छन् । गएको साउन १९ गते कक्षा १० मा अध्ययनरत अदानचुली गाउँपालिका वडा नम्बर ३ की माया परियारले काठमाडौंको कोठामा आत्म हत्या गरेकी छन् ।
गाउँबाट घरपरिवारदेखि भागेर विवाह गरेपछि काठमाडौंमै श्रीमानसँग कोठामा बसेकी परियारले श्रीमान पढ्न कलेज गएको समयमा आत्म हत्या गरेकी हुन् । त्यसको एक दिन पछि अर्थात साउन २० गते अदानचुली गाउँपालिकाकैं वडा नम्बर २ का १९ वर्षिया सर्मिता बुढा (भण्डारी)ले आप्mनो श्रीनमान्को घरमा ‘नोवल’ नामक विष सेवन गरेर आत्म हत्या गरेकी छन् । घरमा श्रीमान् नभएको वेला उक्त विष सेवन गरेकी बुढालाई नजिकैकको श्रीनग रस्वास्थ्य चौकी पुर्याउने वित्तिकै ज्यान गएको श्रीनगर स्वास्थ्य चौकीले जानकारी दिएको छ ।
अदानचुलीकी सर्मिताको लाशको पोष्टमार्टम गर्न बाजुरा जिल्लाको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा लिए लगत्तै २० गते मैला स्वास्थ्य चौकीबट काम गरेर घरतर्फ लागेका ताँजको गाउँपालिका वडा नम्बर ४ का जीवन बोगटीले जंगलको रुखमा झुण्डीएर आत्म हत्या गरेको अवस्थामा २३ गते फेला परे ।
१९ गतेदेखि लगातार रुपमा घटेका यि आत्म हत्याका घटनाले पछिल्लो समय हुम्लाका किन यस्तो भैरहेको छ भन्ने बारेमा खास कारण अहिले पनि पत्ता लाग्न सकेको छैन् । जिल्ला सदरमुकाम सिमकोट देखि भौलिकि हिसाबले टाढाको दूरीमा रहेका अदानचुली र ताँजकोटमा यि घटना घटेका कारण पनि किन यस्तो घटना दोहोरिएका छन् ? भन्ने बारेमा जानकारी दिन नसिकिएको जिल्ला पहरी कार्यालय हुम्लाका प्रवक्ता दिपक मल्लले जानकारी दिए । उनका अनुसार घरमा सामान्य विवाद हुदैमा, मनमा असान्त हुदैमा आत्म हत्याकै बाटोा रोज्नु पनि अपराध हो ।
सानै उमेरमा वाल विवाह गरेका कारण पारिवारिक तानवले अदानचुली २ की बुढा र ३ कि परियारले आत्महत्याको बाटो रोज्नु परेका होला भन्ने अड्कलबाजी गर्न थालिएको छ यद्यपी त्यसलाई प्रमाणीत गर्ने आधार कसैसँग पनि छैन् । तर छोटो समयमा दिनहुँजसो रुपमा घटेका आत्महत्याका द्धटनाका बारेमा राज्यका जिम्मेवार निकायले भने केहि कदम नचाल्ने हो भने यसले अवस्था थप भयाबह नहोला भन्न सकिन्न ।
काँखेकी की बिजौराद्धारा मुसा मार खाएर आत्म हत्या प्रयास
जिल्लाको अदानचुली गाउँपालिका वडा नम्बर ५ की बिजौरा भियालले मुसा मार्ने औषधी सेवन गरेर आत्महत्याको प्रयास गरेकी छन् ।
बुधबार (आज) बिहान २ बजेको समयमा आफ्नै घरमा मुसालाई मार्न घरमा लगिएको मुसा मार औषधी सेवन गरेर उनले आत्माहत्याको प्रयास गरेको श्रीनगर प्रहरी चौकीका इन्चार्ज चक्रमबहादुर बुढाले जानकारी दिए ।
श्रीमान्सँगको विवादले रिसिएकी भियालले श्रीमान् सेतेको बेला बुधबार बिहान अञ्दाजी २ बजेको समयमा १ बट्टा मुसारमारको विष सेवन गरेर आत्म हत्यको प्रयास गरेको उनका परिावारलाई उदृत गर्दै श्रीनगर प्रहरी चौकीले जनाएको छ ।
एक बट्टा आएर बहोस अवस्थामा छटपटी गरिरहेकी भियालले अर्को बट्टा सेवन गर्न लागेको बेला उनका श्रीमानले खोसेर प्रहरीलाई खबर गरेपछि श्रीनगरबाट गएको प्रहरीको टोलीले भियाललाई उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ ।
बिहान २ बजे पछि बेहोस भएकी भियालको यो समाचार तयारपारुञ्जेलसम्म होस् नआएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्ता मल्ले जानकारी दिए ।