सर्केगाड । गाउँपालिकाका करार कर्मचारीको संझौता नविकरण नगरेको हुम्लाको सर्केगाड गाउँपालिकाले नयाँ भर्नाका लागि लिखित परिक्षा स१चालन गरेको छ ।
पलिकाको अघिल्लो सरकारले भर्ना गरेका करारका कर्मचारीलाई गएको साउन २ गतेदेखि नैं करार अवधि थप नगरेको गाउँपालिकाले आवश्यक कर्मचारी भर्नाका लागि लिखित परिक्षा सञ्चालन गरेको हो ।
प्ुरानो करार संझौता नविकरण नगरेको सर्केगाडले साउन २२ गते करारका कर्माचारीको नयाँ भर्नाका लागि सार्वजनिक सूचना प्रकाशित गरेको थियो ।
गाउँपालिकाकाका लागि आवश्यक प्रशासन सहायक, अनमि, अहेब, बैद्य, रोजगार सहायक, इन्जीनीनियर, पशु प्राविधिक, कृषि प्राविधिक, शिक्षक, कम्प्युटर अप्रेटरलगायतका ५३ वटा पदमा खुला विज्ञापन अनुसार लिखित परिक्षा सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाले जानकारी दिए ।
‘करारका कर्मचारी छनोटको पहिलो चरण आजदेखि लिखित परिक्षाबाट शुरु भएको छ’, अध्यक्ष रोकायाले नेपालवोटसँग भने, ‘लिखितमा नाम निकालेका उम्मेरदवारहरुका लागि मौखिक र आवश्यक परे प्रयोगात्मक परिक्षा समेत लगिने छ ।’
कर्मचारी छनोटक खुला र निष्पक्ष रुपमा गर्न लागेको दावी गरेको अध्यक्ष रोकायाका अनुसार दशैं अघि नैं आवश्यक कर्मचारीको करार संझौताका सबै काम पुरा गरिने छ ।
गाउँपालिकाले आव्हान गरेको खुला विज्ञापन अनुसार ५३ सिटकालागि ३ सय ७६ जनाले दरखास्त दिएका छन् । विज्ञापन अनुसार प्रशासन सहायक पदका लागि आज (भाद्र १० गते) बिहान ८ बजे गाउँपालिकाको केन्द्र हिमज्योति उच्च माध्यामिक विद्यालयमा लिखित परिक्षा सञ्चालन भएको गाउँपालिकाले जनाएको छ ।