सिमकोट । हुम्ला जिल्लामा कानूनी राय, लिखित जवाफको प्रस्तुती र प्रतिरक्षा विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
उच्च सरकारी वकील कार्यालय जुम्ला र जिल्ला सरकारी वकील कार्यालयको संयुक्त आयोजनामा उत्त अन्तरक्रिया कार्यक्रम जिल्ला प्रशासन कार्यालयको सभाहल सम्पन्न भएको सहायक प्रमुख जिल्ला अधिकारी अनुपम पौड्याले जानकारी दिए ।
‘कार्यक्रममा कानूनी राय सम्बन्धी कानूनी व्यवस्था र अभ्यास सम्बन्धि’ कार्यपत्र जिल्ला सरकारी वकील कार्यालय हुम्लामा कार्यालय प्रमुख सहायक जिल्ला न्यायाधिवक्ता पूर्णबहादुर के.सी.ले प्रस्तुत गर्नुभयो अधिकारी पौड्यालले भने, कार्यक्रममा कानूनी राय भनेको के हो? कानूनी राय दिनु पर्ने निकाय, कानूनी राय माग गर्ने विधि, कानूनी राय दिने तरिका कानूनी रायको मान्यता कानूनी रायको भाषा शैली , कानूनी राय सम्बन्धि व्यवहारिक समस्या र निदानका उपायहरु सम्बन्धि विषयमा आफ्नो प्रस्तुतिकरण गरेका थिए ।
कर्यक्रममा उच्च सरकारी वकील कार्यालय जुम्लाका सहायक न्यायाधिवक्ता सिताराम राउतले रिट निवेदनको परिचय, आवश्यकता, औचित्यता रिटको प्रकार अन्तरिम आदेशको भ्याकेट को निवेदन सम्बन्धि लिखित जवाफमा समेट्नु पर्ने विषयहरु प्रतिरक्षाका साथै लिखित जवाफको ढाँचा समेतका विषयमा आप्mनो कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रस्तुत भएका दुबै कार्यपत्र माथी हुम्ला जिल्ला अदमलतका श्रेष्तेदार कमलकुमार आचार्यले आप्mाने प्रतिक्रिया दिदैं लिखित जवाफ, लिखित जवाफ लेख्ने जिल्ला स्थित बारका प्रतिनिधिहरुको पनि उपस्थित भएको भए अझ राम्रो हुने राय प्रस्तुत गरेको बताइएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सीता परियारले संवैधानीक एवम् कानूनी विषयमा कानूनी राय माग गर्ने तौर तरकारी र प्रतिरक्षा, लिखित जवाफ लेख्दा ध्यान दिनु पर्ने कुराहरुको वारेमा जानकारी हुने अवसर मिलेको बताइन् । लिखित रुपमा कानूनी राय माग गर्ने प्रचलन नरहेको, यस्ता खाले कार्यक्रम आगामी दिनहरुमा समेत निरन्तरता पाएमा जिल्ला स्थित कार्यालयका कार्यालयहरुले लिखित जवाफमा सुधार हुने कानूनी विषयहरुमा दुविधा भएमा कानूनी राय माग गर्ने विषयमा बडोत्तरी हुने गरि सम्पूर्ण कार्यालयका प्रमुखहरु समेतको तर्फबाट राय राख्दै अधिकारी परियारले कार्यक्रमले कानूनी रुपमा आफूलाई समेत राम्रो जानकारी लिने अवसर प्राप्त भएको प्रतिक्रिया दिइन् ।
उच्च सरकारी वकील कार्यलय जुम्लाका सहन्यायाधिवक्ता शम्भु गौतमको अध्यक्षतामा सम्पन्न भएको सहभागीहरुको जिज्ञासाको सम्बोधन कार्यक्रममा सहायक न्यायाधिवक्ता सीताराम रावत, सहायक जिल्ला न्यायाधिवक्ता पूर्णबहादुर केसीलगायतको सहभागिता रहेको बताइएको छ ।