सिमकोट । कर्णाली प्रदेश सरकारले सर्केगाड गाउँपालिका वाड न. २ र ३ को गुसाँ लेकमा सोलार वितरण गरेको छ ।
कर्णाली प्रदेश सरकारबाट प्राप्त २० लाख रकमबाट वैकल्पीक उर्जा प्रवद्धन केन्द्र काठमाडौंबाट ११० वटा सोलार वितरण गरिएको गरिएको हो ।
तत्कालीन माओवादीको दश वर्षे जनयुद्धमा जिल्लाकै हेडक्वाटर मानिने सर्केगाड गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने गुँसा, खाँडालेख र औलको उनपानी गरेर तिनवटा वस्तीमा वसोवास गर्दै आएका स्थानीय नागरिएकलाई सोलार वितरण गरिएको हो ।
उनापानी गाउँमा भएको साना लघु जलविद्युत आयोजनाले दुर्गमका वस्तीहरुमा पावरको भार नपुग्ने भएको लाइन बिस्तार नगरेका उक्त क्षेत्रमा सोलार वितरण गरिएको सर्केगाड गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अखिल कार्कीले जानकारी दिए । सर्किदेउ प्रहरी चौकी सर्केगाडको रोबहरमा वडा अध्यक्ष कार्कीले लेख गाउँमा १२, सैन गाउँमा ७, २० घर दलित समुदायलाई २० र औल गाउँका विभिन्न घरमा ७१ पिसगरेर ११० सोलार वितरण गरेका हुन् ।
सोलार वितरण गर्दै उनले भने आफ्नो सरकारले कसैलाई काखा र कसैलाई पाखा नगर्ने जिकिर गर्दै वडा अध्यक्ष कार्कीले गुसाँ लेखमा बस्ने सम्पुर्ण बासिन्दालाई दोस्रो लटमा सबै घरमा सोलार पुर्याउने प्रतिवद्धता व्यक्त गरे । सोलार कार्यक्रम तत्कालको लागि अल्पकालीन विकल्प मात्र हो, उनले थपे अन्धकारबाट मुक्त गर्न दीर्घकालीन बाटो खोजिदैंछ र हर प्रयासमा आफू लागिरहेको छु ।
विगतमा सल्लाको लोइठो (झरो) बालेर विद्यार्थीहरु पढ्ने गर्थे अब घर घरमा सोलार भयपछि विद्यार्थीहरुको पठन पाठनमा पनि निकै सहज हुने गुसामै स्थापना भएको देबकोटा आधारभुत विद्यालयका शिक्षक धर्मा फडेराको भनाई छ । सविकको गाबिस रकममा धुवाँ मुक्त गर्नेको लागि चुलो वितरण कार्यक्रम थियो उक्त समयमा चुलो नपाएका घरधुरीलाई अहिले पहिलो प्राथमिकता दिइएको हो । उक्त सोलार बितरण कार्यक्रममा उपभोक्त समितिका अध्यक्ष डिल बहादुर फडेरा, स्थानीय राजनीति दलका नेताहरु, प्रहरी चौकी सर्केगाड को समेत उपश्थिती रहेको छ ।
उचित मौसम अनुसार खेतीपाती गर्ने भएकाले त्यहाँका नागरीकहरु वर्षे समयमा उपत्यका जस्तो देखिने पालिकाकै अन्नभण्डारको रुपमा मानिदै आएको गुसँलेख दश बर्षे जनयुद्धको समयमा पनि निकै प्रख्यात थियो तर पछि आएर बिस्तारै नेतृत्वबर्गले आफु हुर्केको र बचेको ठाउँलाई बिर्सिदा चिन्तीत समेत भएको अबस्थामा कर्णाली प्रदेश सरकारले यस किसिमको सम्झना गरेकोमा निकै खुसी भएकोे बताए ।
समुद्ध्रि सतहबाट निकै अग्लो स्थानमा दश वर्षे युद्धकालमा तत्कालीन माओवादीको तालिम, गोष्ठी भेला हुँने गर्दथ्यो र एक हिसाबले आन्दोलन भए पनि भाग्ने लुक्ने प्रशस्त ठाउँ भएकाले कुनै पनि माओबादी त्यहाँ पुग्दा बित्तकै बाँचेको आभास गर्दथे । त्यतीबेला माओबादीले जिल्ला हेडक्वाटरको उपनाम दिएका थिए । तर पछि आएर देश विभिन्न कालखण्डमा जाँदैगर्दा साल फेरियो, राज्या सत्ता र सासना फेरियो तर गुसाँलेख कहिलै फेरिएन अन्धकारमय नै रह्यो तर अब केही राहत भएकोमा स्थानीय निकै खुसी देखीएका छन् ।
बासिनदालाई कर्णाली प्रदेश सरकारले राहत उपलब्ध गराउँदा त्यहाँका स्थानीय नागरीक खुसी भएका छन् ।
सोलार बितरण गर्ने क्रममा प्रहरी चौकी सर्केगाडले सुरक्षा दिदै।
सोलार लिन आएका गाउँलेहरु ३ नँ वाड अध्यक्षसङ भलाकुसाली गर्दै।
सर्केगाड झोलुङ्गे पुलमा टाउकोमा सोलार बोकेर हिँड्दै एक वृद्ध
सोलार पाएपछि मुस्कान सहित युवाहरू
सोलार उपभोक्त समितिहरु गोदाममा सामन मिलाउदैं
प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९ २१:३०