सिमकोट । चर्चित धर्मगुरु जगदीश वासुदेव (सदगुरु)ले नेपाल धार्मिक र पर्यटकीय हिासबले विश्वकै दोस्रो बाली भएको बताएका छन् ।
कौलास मानसरोवरको दूरदर्शनका लागि दोस्रो पटक हुम्ला सदरमुकाम सिमकोट पुग्नु भएका सद्गुरुले यस्तो बताएका हुन् ।
पर्यटकीय नगरी कास्कीको पोखारबाट हेलिकोप्टर चार्टरमा सिमकोट पुगेका उनले सिमकोट विमानस्थलमा सञ्चारकर्मी सँग भने, ‘नेपाल विश्वको दोस्रो बाली जस्तो मात्रै छैन् यसियाको सुजरल्याण्डजस्तो छ । तपाईसँग थुप्रै संभावनाका क्षेत्र छन् । यि क्षेत्रहरुलाई सुधार गर्नुपर्ने छ । यहाँका नागरिकले अहिलेकै जस्तो वास्तविकता र हिमालयन जीवनलाई कायम गर्न सक्छन् । जसले विश्वमा नेपालको मौलिक पहिचान बनाउने छ ।’
भारतीसहित विभिन्न १८ वटा देशका एक हजार २७ धार्मिक पर्यटक लिएर हुम्ला पुगेका सद्गुरुले हुम्लाको विद्यमान अवस्था बचाइराख्न जोड दिए । अध्यात्मीक यात्राको माध्यमबाट संशारभर माटो बचाउ अभियान सञ्चालन गरिरहेका उनले भने, ‘यस (नेपाल)लाई अहिलेकै सौन्दर्यतामा कायम राख्नु महत्वपूर्ण पक्ष हो । हामी विकासका नाममा औधोगिकरणमा गयौ भने नेपालको वर्तमान सौन्दर्यतालाई भारत लगायतका देशले झै बचाई राख्न सक्दैन । मैले भारत लगायतका थुप्रै देशहरुमा निकै सुन्दर प्रकृती भएका स्थानहरु देखेको छु तर त्यहाँ निर्माण गरिएका ठूला–ठूला पूर्वाधारका कारण अहिले ति स्थानहरुमा जनसंख्यासँगै भवनको संख्यामा त वृद्धि भएको छ तर पहिलो सौन्दर्यता विलय छ ।’
विश्वमा थुप्रै पर्यटकीय र धार्मिक क्षेत्र भएपनि कैलास मानसरोवरसँग कसैको तुलना हुन नसक्ने दावी गरेको उनले कैलास मानसरोवरको दशर्न गर्न आउँदा बेग्लै आनन्दानुभूति हुने बताए । ‘यहाँ (कैलास मानसरोवर)को भ्रमण मेरालागि निकै अविष्मरणीय अनुभव छ । फलस्वरुप यहाँ भ्रमण गने आउनेको संख्या पनि हरेक वर्ष बढ्दै गएको छ ।’ उनले थपे, ‘अहिलेमात्रै १३ सयको संख्यामा हामी आएका छौं । जुन संख्या अन्य समुह भन्दा ठूलो हो । हामीले कोरोना महामारीको समयमा पनि लिमि उपत्यका बाट ४० किलो मिटरको दुरीमा पर्ने कैलास र ८ किलोमटिरको दूरीमा पर्ने मानसारेवरको को दर्शन ग¥यौं ।’
विश्वले स्वास्थ्य क्षेत्रमा गरेको प्रगतीका कारण अर्को वर्ष अर्थात सन २०२३ मा भौतिक रुपमै कैलास मानसरोवरको दर्शन गर्न सकिने आशा सद्गुरुले व्यक्त गरे ।
भदौं सुक्लपक्ष पूर्णीमाको अवसरमा हुम्लाको लाप्चा भञ्ज्याङबाट मानसरोवरको दर्शन गर्न उनि सुक्रबार हुम्ला आएका हुन् । हुम्ला पुगेर आफूसँगै आएका भत्तजनलाई संक्षिप्त प्रवचन दिएर उनि हेलिकोप्टरबाटै नाम्खा गाउँपालिकाको धाक्चीतर्फ गएको हुम्लाका प्रमुख जिल्ला अधिकारी सिता परियारले बताइन् । शनिबार बिहानै धाक्चीबाट गाडीमा लाप्चा भञ्ज्याङबाट कैलास मानसरोवरको दूर दर्शन गर्ने कार्यक्रम रहेको छ ।