सिमकोट । बुधबारदेखि परेको वर्षासँगैको हिमपताले हुम्लाको हिमालपारीको गाउँ लिमिमा लगाएको उवा (जौको प्रजाती) बालीनष्ट गरेको छ ।
वर्षको एक बाली मात्रै पाक्ने नाम्खा गाउँपालिका–६ लिमिका तिल जाङ र हल्जी गाउँका स्थानीयले करिब पाँच रोपनीमा लगाएको उवा बाली नष्ट गरेको छ ।
वर्षासँग परेको हिमपातले पाकेर भित्र्याउन लगोको उवा बगाएर नष्ट गरेको नाम्खा गाउँपालिका–६ का वडा अध्यक्ष पाल्जोर तामाङले जानकारी दिए ।
‘हाम्रो लिमिमा वर्षमा एक बाली (उवा) मात्रै फल्ने गर्छ त्यहि बालीपनि यो पटक बुधबारदेखि परेको वर्षासँगैको हिमपताले ढालेर सखाप पा¥यो’ वडा अध्यक्ष तामाङले भने, अब यो वर्षपनि लिमीवासीलाई के खाने भन्नेमा समस्या हुने पक्का भैसक्यो ।’
आफ्नो मात्रै बिस रोपनीमा लगाएको उवा बाली नष्ट भएको दुखेसो गरेको हल्सी गाउँका स्थानीय कञ्ज्योक तामाङका अनुसार करिब एक फिट हिउँ जमेपछि बारीमा लगाएको उवाका बुटा ढलेर सोत्तर भएका छन् । असोजको अन्तिममा टिप्ने बाली (उवा) हिउँले सोत्तर बनाएपछि यो वर्षपनि लिमीका तीनवटै गाउँका कृषकलाई कसरी परिवार पाल्ने भन्ने चिन्ताले पिरोल्न थालेको छ ।
‘तीनवटै गाउँमा हरेक वर्ष आधा भन्दा बढि जग्गामा उवा र आधा जग्गामा फापर, चिनो, केराउ लगायतको बालीलगाउने प्रचलन छ’ कञ्ज्योकले नेपालवोटसँग भने, ‘यो पटक सोच्दै नसोचेको समयमा परेको हिउँले त सबै बालीलाई बारीमै सखाप पा¥यो ।’
वडा अध्यक्ष तामाङका अनुसार भदौ महिनाको पहिलो सातादेखि राम्रोसँग वर्षा नभएका कारण यो महिना (असोज) को अन्तिममा सबै बाली टिप्ने सल्लाह गरेका लिमीवासलाई बुधबारदेखि परेको वर्षासँगैको हिमपताले निकै ठूलो क्षती गरेको हो ।
लिमीमा वर्षमा एक बाली मात्रै फल्ने गर्छ । हिउँदे बालीका रुपमा उवा र वर्षे बालीका रुपमा फापर, केराउ चिनो फल्ने लिमीमा कोरोना संक्रमणको डरले उत्तरी छिमेकी मुलुक चिनले अन्तरािष्ट्रय नाका पुर्णरुपमा बन्द गरेपछि दुई वर्षयता दैनिक उपभोग्य वस्तुहरु आयातमा समस्या हुदैं आएको छ । रोजगारको काम खोज्ने देखि खाद्यन्न, दैनिक उपभोग्य वस्तुमा चीनकै बजारमा निर्भर लिमीले गएको दुई वर्ष देखि खाद्यन्न र दैनिक उपभोग्य वस्तुहरुको समस्या झल्दै आएको वडा अध्यक्ष तामाङले बताए । गएको वर्ष चामलको समस्या भएपछि संघीय सरकारको ध्यानाकर्ष गराउन काठमाडौं पुगेका उनले हिमपताले बारीमा भएको सबै बाली नष्ट गरेपति यो वर्ष पनि कात्र्तिकदेखि नैं तीनवटै गाउँका नागरिकलाई चमल खाद्यन्न अभाव हुने संकेत गरे ।
अघिल्लो वर्ष हिमपताकै कारण उवा छर्न ढिलाइ भएको बताएका उनले नु भयो । लिमीका तिनवटै गाउँका किसानहरूले अन्नबाली नष्ट भएपछि क्षति ब्यहोर्नु परेको किसानहरूलाई राहत सहयोग उपलब्ध गराउनु पर्ने गाउँपालिका स्रोतले जनाएका छ ।
लिमीका तीनवटै गाउँ गरेर १ सय ४७ घरधुरीमा एक हजार भन्दा बढी जनसख्या रहेको छ । लिमी जाने नारा र न्यालु नाका हिमपातले बन्द भएकाले हिमपताले कति क्षती भयो भन्ने विवरण एकिन गर्न नसकिएको नाम्खा गाउँपालिकाका कृषि शाखा प्रमुख मनराज बुढाले जानकारी दिए ।