काठमाडौं । राजनीतिक जीवनमा धेरै पटक छक्याएका माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा हुम्लाका निवर्तमान प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामाको समाचारले सोमबारमा नेपाली सञ्चार माध्यममा निकै स्थान पायो ।
२०७४ साल मंसिर १० गते सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन एमाले–माओवादी केन्द्रका आधिकारिक उम्मेरदवार छिमिदोर्जी लामालाई पराजित गर्दै स्वतन्त्रबाट निर्वाचन जितेका छक्कबहादुर कसरी देशका प्रमुख नेताहरुलाई छक्याउन माहिर देखिए भन्ने धेरैको जिज्ञासाको विषय बन्यो ।
सार्वजनिक रुपमा आफू र अवसर बीच धेरै दूरी बढाउन नचाहने स्वभाव भएको स्विकार गरेका छक्कबहादुर लामा माओवादीको केन्द्रीय सदस्य पद छोडेर निर्वाचनको सम्मुखमा राजनीतिका चतुर खेलाडी प्रचण्डलाई कसरी छक्याउन बाध्य भए भन्ने विषय पनि उनकै पद र प्रतिष्ठासँगै जोडिएको छ ।
हुम्ला जिल्लाका मतदाता र हुम्लामा रहेका कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तालाई आफूमैत्री निर्णय गराउन माहिर खेलाडी कहलिएका छक्कबहादुरले कम्युनिस्ट पार्टीका चतुर खेलाडी ओली र प्रचण्डलाई छक्याउन शुरु गरेको साढे दुई वर्षपनि पुगेको छैन् । स्वतन्त्र निर्वाचित सांसद भएका कारण प्रतिनिधि सभामा दलीय ह्विप बाहिर रहेका लामालाई केन्द्रीय नेतृत्व छक्याउने निकै अवसर मिल्यो । जसमा नेकपा भित्रको किचलो उनका लागि थप सहयोगि वातावरण तयार पार्ने अस्त्र बनिदियो ।
२०७७ साल पुष ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको घटनापछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक किचलोले प्रतिनिधिसभाका सांसदहरु कित्ताकाटको अवस्थामा पुगे ।
पार्टीका दुई अध्यक्षमध्ये बरियतामा पहिलो अध्यक्ष तथा प्रधानमन्त्रीको निर्णयप्रति असन्तुष्ट अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनालले आप्mनै सरकारको निर्णय नमान्ने अवस्था आएपछि सांसदहरुले आत्म केन्द्रीत स्वार्थको पर्खाइमा पार्टी भित्र दोहोरा नाम पनि लेखाए । जसमध्ये छक्क लामापनि थिए । २०७७ पुष ६ गते आफूलाई समर्थन गर्ने सांसदहरुको नाम र हस्ताक्षर संकलन गरेका छक्कबहादुर नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीको पक्षमा रहेको सूचना दिन आफूले २०६४ सालदेखि समर्थन गरेको नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई छक्क पार्दै ओलीको कित्तामा उभिए । पार्टी भित्रको विवादले चरम रुप लिएपछि २०७७ पुष ५ गते आइतबार आप्mनै पार्टीबाट संसद सचिवालयमा दर्ता भएको प्रधानमन्त्री ओलीविरुद्धको अविश्वासको प्रस्तावको ४३ नम्बरमा हस्ताक्षर गरेका उनै छक्कबहादुरले हस्ताक्षरको मसी सुक्न नपाउँदै आफ्नो निर्णय फेरे । नेकपाका कार्यकारी अध्यक्ष दाहालको आग्रहमा अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेपनि आप्mनो मन्त्रीको मनोकाक्षा छिकैं पुरा नहुने देखेका उनले पुष ४ गते शनिबार बेलुकी कर्णाली करिडोरको बाटोबारे कुरा गर्ने बहाना बनाएर नेकपा कर्णाली प्रदेश अध्यक्ष एवम् जिल्लावासी गोरखबहादुर बोगटीलगायतका नेताहरूसँगै प्रधानमन्त्री ओलीलाई भेटेपछि लगत्तै ओली कित्तामा युर्टन भए । तर उनको त्यो चतुर्याई दुई सातापनि टिकेन । पार्टी भित्रको आन्तरिक विवादलाई मन्त्री बन्ने अवसरका रुपमा उपयोग गर्ने धाउन्यमा लागेका छक्कबहादुरले अपेक्षा गरे अनुसारको पद (मन्त्री) नपाएपछि दुई सातामै प्रधानमन्त्री ओलीलाई छक्याएर फेरी प्रचण्ड कित्तामै फर्किए । वालुवाटारमा आफूले आश्वासन पाएको मन्त्री पद प्राप्त नभएपछि १३ दिन पश्चात अर्थात २०७७ पुष १९ गते विज्ञप्ती जारी गर्दै उनले आफू नेकपाको प्रचण्ड–माधव नेपाल समुहमै रहेको पुष्टि गरेर प्रधानमन्त्री ओलीलाई छक्याउन भ्याए ।
सर्वोच्च अदालतको आदेशबाट नेकपा एमाले र माओवादी केन्द्र पुर्ववत अवस्थामा फर्किएपछि जिल्लाका माओवादी नेताहरुसहित पुष्पकमल दाहाल (प्रचण्ड) निवास खुमलटार पुगेर पाँच दलीय गठबन्दनको सरकारमा मन्त्रीको पक्का गराएका उनै छक्कबहादुरले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचन आउन ४८ दिन मात्रै बाँकी रहेको वेला अर्थात २०७९ असोज १७ गते सोमबार दोस्रो पटक माओवादी अध्यक्ष प्रचण्डलाई छक्काए ।
पछिल्ला तीनवर्षको अवधीमा नेपाली राजनीतिका चतुर खेलाडी एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डलाई दुई पटक छक्काएका छक्कले चालेको पछिल्लो राजनीतिक कदम अन्तिम हो वा फेरी नयाँ निर्वाचनमा मन्त्री हत्याउने खेलको शुरुवाती हो भन्ने जिज्ञासाको उत्तर स्वयम् उनैसँग पनि छैन् ।
स्वतन्त्र रुपमा निर्वाचन जितेपनि पाँच वर्षको कार्यकालमा थोरै समयका लागि भएपनि मन्त्री बन्ने आप्mनो तिब्र इच्छा पुरा नभएपछि लामाले पछिल्लो राजनीतिक निर्णय लिएको उनि निकट स्रोत बताउँछ । ‘माओवादी अध्यक्ष प्रचण्डले देउवा नतेृत्वको सरकारमै क्याविनेट मन्त्री बनाउने बचनबाट हौसिएर माओवादी लागेका छक्कले निर्वाचन घोषणा हुञ्जेलसम्म पनि प्रचण्डबाट बचन पुरा नभएपछि अन्ततः निर्वाचनको मुखमै एमाले प्रवेश गर्नु परेको हो’ आप्mनो नाम उल्लेख गर्न नमानेको उनि निकट स्रोत भन्छ, ‘आसन्त निर्वाचनमा आफू अनुकूल निर्णय नहुने भएपछि अन्तिममा सुरक्षित अवतरणका लागि लामाले एमाले प्रवेशको बाटो तय गरेका हुन् ।’
यस्तो छ, लामाले एमाले प्रवेश गर्नुको कारण
२०७४ साल ठूलो कसरत र धनराशी खर्चिएर निर्वाचन परिणाम हात पारेका लामा गएको पुष दोस्रो साता सम्पन्न माओवादी केन्द्रको आठौ महाधिवेशनबाट केन्द्रीय सदस्य पद पाएसँगै पार्टीको सांगठनिक जीवनमा हावी भए । माओवादी हुम्लाको संगठन भित्र आप्mना कट्टर बिरोधी छिमिदोर्जी लामालाई उछिनेर केन्द्रीय सदस्य बनेपछि उनले माओवादीको निर्णाय आप्mनै हातमा राख्ने योजना बनाएका थिए । केन्द्रीय सदस्य नपाएपछि हुम्लाको माओवादी जनयुद्धका संस्थापक भनेर चिनिने छिमीदोर्जी लामाले एमाले प्रवेश गरेपछि उनको योजना कार्यान्वनका लागि थप सहज भएको आँकलन गरियो । तर माओवादीले जिल्ला इन्चार्जको जिम्मा उनिभन्दा उमेर र राजनीतिका हिसाबले कनिष्ठ बीजय भण्डारी (प्रतिरोध)लाई दिएपछि केहि चिढिएको उनका निकटस्थहरुको निचोड छ ।
‘जिल्ला इन्चार्ज भएर माओवादी हुम्लाको सांगठनिक सुप्रीमो बन्ने योजनाका साथ केन्द्रीय सदस्यका लागि उहाँ (छक्क लामा) लाग्नु भएको थियो’, लामाको पारिवारिक स्रोत भन्छ, ‘पार्टी भित्रको संस्थापन पक्षले २०७७ पुष ६ गते उहाँले गरेको निर्णय (ओलीपक्षमा गरेको हस्ताक्षर)का आधारमा इन्चार्जको जिम्मेवारी नदिएपछि आफूलाई पेलेको महशुस गर्नु भयो ।’
त्यसयता निरन्तरका निर्णयले माओवादीबाट अपमानित भएको ठानेका लामा आप्mना साला छिरिङदम्डोल लामा (कार्चेन) भन्दा आफूलाई माओवादीले मन्त्री बनावस भन्ने चाहन्थे । आफूलाई मन्त्री बनाउने आश्वाशन प्रचण्डबाट समेत पाएका कारण पनि उनि पक्का मन्त्री भन्नेमा विश्वस्त देखिन्थे । तर माओवादीले उनिभन्दा अघि सांसद नभएका उनका साला छिरिङ दम्डोल लामा (कार्चेन)लाई २०७८ माघ २३ गते कर्णाली प्रदेशको मन्त्री नियुक्त गरेपछि उनको मन्त्री बन्ने सपना तत्कालका लागि टर्यो । यो सँगै उनले माओवादीसँगको सम्बन्ध भित्री मनदेखि टाढा बनाउने योजना सुस्त रुपमा शुरु गरेका थिए । आफू निकटस्थको दवावका कारण आसन्न निर्वाचनमा कर्णाली प्रदेश सभाको सदस्य जितेर पनि आकर्षक मन्त्री बन्ने योजनाप्रति लचक देखिएका लामा आगामी मंसिर ४ गतेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा हुम्लाको प्रदेश सभा –ख) को उम्मेरदवार बन्न चाहन्थे । वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्दनको तर्फबाट २०७४ मा माओवादीका प्रदेशसभा (ख) का उम्मेरदवार बनेका बीजय भण्डारी प्रतिरोध (जीवनबहादुर शाहीसँग पराजित)लाई सिमकोट गाउँपालिका अध्यक्षमा निर्वाचित गरेर व्यवस्थापन गरेपछि उनको मन्त्री बन्ने योजना थप बलियो भएको विष्लेषण लामाले निकटस्थबीच गरे ।
सत्ता गठबन्दनका तर्फबाट कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले पनि प्रदेशकै निर्वाचन लड्ने तयारी गरेको देखेपछि सत्ता गठबन्दनकोतर्फबाट कर्णाली प्रदेश सरकारको मन्त्री बन्ने मनोकांक्षामा केहि ठेस पुग्यो । लगत्तै टिकटको सिफारिस गर्न माओवादी जिल्ला समन्वय कमिटिले प्रतिनिधि सभा र प्रदेश सभा (ख) मा उनका साला पुर्वमन्त्री छिरिङ दम्डोल लामाको एकल सिफारिस र प्रदेश सभा (क) का लागि अन्य तीन जना (डा. दिपेन्द्र रोकाया, रणसिंह परियार र मानबहादुर थापा)को नाम सिफारिस गर्दा आप्mनो कतै नाम नपरेपछि थप चिढिए । संकटमा माओवादीलाई साथ दिएपनि अनेक पटक आप्mनो मन्त्री बन्ने योजनामा पार्टी नैं तगारो बनेपछि लामाले आप्mना भित्रि मान्छेसँग माओवादीमा रहन नसक्ने सुइको दिइसकेको थिए । तरपनि बाह्य रुपमा माओवादीमै रहेर अँझै विकल्पको खोजिबाट पछि हटेन्न । गठबन्दनले टिकटको भागबण्डा नटुंग्योउँदै जिल्लाको आन्तरिक सल्लाहमा समेत उनलाई बोलाउन कम गरेको सुइको पाउन थालेपछि उनले औपचारिक रुपमा एमाले प्रवेशका लागि कुरा चलाए । एमाले हुम्लाका संस्थापक मानिने स्थायी कमिटि सदस्य गोरख बोगटीको राजनीतिमा लोयल स्वभाव र आप्mनै राजनीतिक चेला समेत रहेका हुम्ला कञ्जरभेसन एण्ड डिभलपमेण्ट एशोसिएसन (एचसिडिए) नामक गैर सरकारी संस्थाका सहकर्मी दल रावल (लामाले स्थापना गरेकोे उक्त संस्थामा सुपरभाइजर हुँदै पछि बोर्डको सचिव तथा कार्यकारी निर्देशक भएका)लाई कावुमा राखेर निर्णय गराउन सक्ने आँकलनले पनि उनलाई एमाले प्रवेशका लागि छिटो निर्णय लिन सजिलो भएको विष्लेषणा माओवादी हुम्लाका नेताहरुको छ ।
२०७४ सालको निर्वाचनमा स्वतन्त्र उम्मेरदवार बनेर जितेका लामा र एमालेको तर्फबाट प्रदेश निर्वाचन क्षेत्र (क) बाट निर्वाचन जितेका दल रावलबीच मत साँटासाँट भएको थियो । यति मात्र नभएर लामाले नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमिका ५ सय मत कर्णाली प्रदेशका मुख्यमन्त्री समेत रहेका कांग्ैस केन्द्रीय सदस्य जीवनबहादुर शाहीसँग समेत मत साँटेको चर्चा चलेको थियो ।
वैशाख ३० मा सात वटा स्थानीय तह भएको हुम्लामा एक सिट पनि ल्याउन नसकेको एमालेका लागि मंसिर ४ को निर्वाचन कसरी फेस गर्ने होला भन्ने निकै ठूलो टाउको दुखाइको विषय बनेको थियो । गठबन्दनका अघि सके निर्वाचन परिणाम हात पार्ने नसके एक प्रतिनिधिसभा र दुई प्रदेश सभा निर्वाचन क्षेत्रमा गठबन्दनका उम्मेरदवारसँग प्रतिष्प्रर्धामा जाने विकल्पको खोजिमा रहेको एमाले हुम्लाका लागि लामो पार्टी प्रवेशको सन्देश ‘के खोज्छस् कानो आँखो ?’ भन्ने नेपाली उखान चरितार्थ भयो । नभन्दै एमाले हुम्लाका नेताहरुले पनि लामासँगै पार्टी प्रवेशका औपचारिक कुरा शुरु गरे । नभन्दै पार्टी अध्यक्ष ओली र अन्य शिर्षस्थ नेताहरुसँग पनि नजिकैको सम्बन्ध रहेका लामाले ओली निवाश बालकोट पुगेर एमाले पार्टी प्रवेश गरे ।
एमालेबाट के चाहन्छन् लामा ?
मन्त्री बन्ने धोको पुरा नभएपछि निर्वाचनको सम्मुखमा एमाले प्रवेश गरेका छक्क लामाले अहिले नैं आफूलाई के चाहिन्छ भनेर मुख नखोलेको एमाले केन्द्रीय सदस्य समेत रहेका जिल्ला सहइन्चार्ज दल फडेरा बताउछन् । यद्यपी कुनै मिनस नभएर उनि एमाले प्रवेश गरेको होला भन्ने विश्वाश त स्वयम एमालेका जिल्ला देखि केन्द्रका नेताहरुलाई पनि लागेको छैन् । पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष ओली र उपमहासचिव प्रदिप कुमार ज्ञावली समक्ष अव यहाँहरुले व्यवस्थापन गर्नु हुन्छ भनेर आएको हुँ भन्दै हात जोडेको देखेपछि एमाले हुम्लाका नेताहरुलाई समेत लामाको अपेक्षा ठूलै छ भन्ने बुझे । तर उनि के चाहन्छन् त ? भन्नेमा नेताहरु कसैलाई केही जानकारी नभएको बताउने गरेका छन् । यसबारेमा एमाले हुम्लाका नेताहअरु कसैले मुख खोल्न चाहेका छैनन् । लामा निकट स्रोतका अनुसार अहिले दुई वटा प्राथमिकताका साथ लामा एमाले प्रवेश गरेका छन् । माओवादीको केन्द्रीय सदस्य समेत रहेका लामा एमालेको स्वतः केन्द्रीय सदस्य हुने भएपछि उनको प्राथमिकतामा पार्टीको पद खासै छैन् । राजकीय पद मात्रै उनको पछिल्लो प्राथमिकताको विषय बन्दै गएको छ ।
पहिलो उनको रोजाईमा मन्त्री पद नैं छ । भर्खरै अवधी सकिएको प्रतिनिधि सभा सदस्य रहेका लामा प्रदेश सरकारको भएपनि मन्त्री बन्ने योजनाका साथ एमालेमा प्रवेश गर्ने पहिलो प्राथमिकता छ । एमालेको जिल्ला, प्रदेश र केन्द्रसँग कुरा मिलेको खण्डमा उनि आफूलाई मुख्यमन्त्रीको दावेदार सहित अहिलेका कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग एमालेको तर्फबाट चुनाव लड्न चान्छन् । यदि मुख्यमन्त्रीको दावेदारी नभएपनि आकर्षक मन्त्रीको आश्वाशन पार्टी केन्द्रले दिए उनलाई चुनावी मैदान लड्न कुसैसँग सोधिरहनु पर्दैन् । चुनाव लड्न एमाले भित्र धेरैले आकांक्षा देखाएको खण्डमा उम्मेरदवार बन्न संभव नभए उनको दोस्रो रोजाई राजदुत हो ।
कानून, समाजसास्त्र र पर्यपर्यटन क्षेत्रमा दख्खल राख्ने लामा अन्तराष्ट्रिय स्तरका धेरै भाषाको ज्ञान भएका नेता हुन् । उनि मंसिर ४ पछि बन्ने सरकारमा एमालेको तर्फबाट राम्रो देशको राजदुत बन्न चाहन्छन् । ‘मन्त्री कुनै हालतमा पनि नबने भएपछि पार्टी (एमाले)ले राम्रै देशको राजदुत बनाएपछि होइजाला (हुन्छ) भन्ने कुरा उहाँ (लामा) को छ ।’ लामाकै घरका एक सदस्यले भने ।
लामाको माओवादी यात्रा
२०४८ सालमा जनमोर्चाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका लामा २०५२ सालमा तत्कालीन नेकपा माओवादीले शुरु गरेको सशस्त्र जनयुद्धलाई नैतिक समर्थन गरेका थिए । आप्mनो छोरी र अन्य नातेदार माओवादीमा भूीमगत भएपनि लामा भने खुला राजनीतिमै आवद्ध भए । यद्यपी उनलाई प्रहरी प्रसाशनले पटकपटक नजरबन्द मात्रै गरेन अनेक प्रताडना दिन पछि परेन् ।
२०५८ जेठ १९ को नारायणहिटी हत्याकाण्ड पपछि राजनीतिक दलहरुको हातबाट तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता हत्याउनु र माओवादी युद्धप्रति थप क्रुर हुनुले तत्कालिन सात राजनीतिक दल र माओवादीलाई नजिक ल्याउने काम गर्यो । त्यति नैं बेला अध्ययन अनुसन्धानको काममा लागेका छक्कबहादुर लामालाई नारायणहिटी दरबारबाट मन्त्रीको अफर आएपछि आयो । अवसरलाई सित्तिमित्त गुमाउन नचाहने लामाले सहजै दरबारले टिका लगाएर दिएको स्थानीय विकास राज्य मन्त्रीको पद २०६१ माघ १९ गते सहजै स्विकार गरे । शूरुमा स्थानीय विकास राज्य मन्त्रीमा नियुक्त भएका लामालाई पछि भौतिक पूर्वाधार राज्यमन्त्रीमा सारियो । यो सँगै २०५१ पछि सक्रिया राजनितिबाट टाढा रहेका लामा पुनः फर्किए ।
राजसंस्थाको पतन र गणतन्त्रको उदयसँगै अधिकांश आफन्त माओवादी हुम्लाको नेतृत्व तहमै गरेका लामालाई माओवादी राजनीतिमा जोडिन खासै गाह्रो भएन । नभन्दै २०६४ को पहिलो संविधानसभाको निर्वाचनताका नै उनि माओवादी पार्टीमा आवद्ध भए । २०७० सालको संविधान सभाको दोस्रो निर्वाचनमा माओवादीकातर्फबाट उनका साला छिरिङ दम्डोल लामाको नाममा टिकट आएपनि मुर्तिचोरीको मुद्धामा सदालतले फैसला गरेका कारण चुनाव नमिल्ने भन्ने भएपछि अन्तिममा लामा नैं माओवादीको उम्मेरदवार बनेका थिए । पार्टी भित्रकै नेता छिमी दोर्जी लामाको समुहले सहयोग नगरेका कारण निर्वाचन हारिएको बताएका लामा २०७४ मा पार्टीले उनै छिमी दोर्जी लामालाई टिकट दिएपछि पार्टी भित्र बिद्रोह गर्दै कलम चिन्ह लिएर स्वतन्त उम्मेरदवरा बनेर निर्वाचन जितेका थिए ।