काठमाडौं । नेता भीम रावललाई टिकटबाट बञ्चित गर्दै नेकपा एमालेले सुदुरपश्चिम प्रदेशबाट टिकट पाउनेको नामावली टुंग्याएको छ ।
१० औं महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्षमा भिडेका रावलले अछाम १ मा एमालेबाट प्रतिनिधिसभातर्फको टिकट नदिइएको हो ।
उनको ठाउँमा झपट बोहरा अब प्रतिनिधिसभाको चुनाव लड्ने भएका न् । एमालेका निर्णयअनुसार अछाम–१ मा प्रतिनिधिसभामा बोहोराले टिकट पाउँदा प्रदेश सभामा कृष्णप्रसाद जैशी र देवबहादुर कुँवरले टिकट पाएका छन् ।
यस्तै अछाम–२ प्रतिनिधि सभातर्फ यज्ञ बोगटी तथा प्रदेश सभा भिम विष्ट र शिव उपाध्यायले टिकट पाएका छन् ।
अछाम जिल्ला कमिटीले रावलको नाम सर्वसम्मत सिफारिस गरेपनि उनलाई पार्टीले टिकट दिएन । नेकपाको एकता बदर हुँदाताका माधव प्रचण्ड समूहमा रहेका रावल एमाले विभाजन भएपछि भने एमालेमै बसेका थिए ।
१० भाईले परिचित रावल लगायतका नेताहरु एमाले विभाजन भएर बनेको नेकपा एसमा गएका थिएनन् । एमालेमै फर्किएका १० मध्ये रावल, धनश्याम भुसाल र भीम आचार्यले १० औं महाधिवेशनमा अध्यक्ष ओलीको निर्णयविपरित उम्मेदवारी दिएका थिए ।
रावलसँगै १० बुँदे मार्फत एमालेमा रहेकामध्ये सुदूरपश्चिममा प्रतिनिधिसभाको टिकट कैलाली २ मा झपट रावलले नै पाएका छन् । त्यस्तै नेकपा एसबाट फर्किएका तारा लामा तामाङले कञ्चनपुर २ मा टिकट पाएका छन् ।
एमालेको तर्फबाट प्रतिनिधिसभा र प्रदेश सभामा टिकट पाएका उम्मेदवारको नामावली यस प्रकार छ
बाजुरा
प्रतिनिधिसभा
कर्णबहादुर थापा
प्रदेश सभा
लालबहादुर थापा
बलदेव रेग्मी
बझाङ
प्रतिनिधिसभा
ऐन महर
प्रदेशसभा
अफिलाल ओखेडा
एलबी रावल
दार्चुला
प्रतिनिधिसभा
गणेश ठगुन्ना
प्रदेशसभा
हर्देब जोशी
रामदत्त जोशी
बैतडी
प्रतिनिधिसभा
दामोदर भण्डारी
प्रदेशसभा
सुरेन्द्र पाल
लीलाधर भट्ट
डडेलधुरा
प्रतिनिधिसभा
कांग्रेस बीपी
प्रदेशसभा
पठानसिंह बोहोरा
गजेन्द्र शाही
डोटी
प्रतिनिधिसभा
गौरी ओली
प्रदेश सभा
चक्र मल्ल
टेकबहादुर बम
अछाम- १
प्रतिनिधिसभा
झपट बोहोरा
प्रदेशसभा
कृष्णप्रसाद जैशी
देवबहादुर कुँवर
अछाम-२
प्रतिनिधिसभा
यज्ञ बोगटी
प्रदेश सभा
भीम विष्ट
शिव उपाध्याय
कञ्चनपुर-१
प्रतिनिधिसभा
तारा लामा
प्रदेशसभा
पल्लबराज भट्ट
वीरबहादुर थापा
कञ्चनपुर-२
प्रतिनिधिसभा
नरबहादुर धामी
प्रदेशसभा
कृपाराम राना
बचन सिंह
कञ्चनपुर- ३
प्रतिनिधिसभा
नीरुदेवी पाल
प्रदेशसभा
सुरेन्द्र विष्ट
तालमेल गर्ने
कैलाली-१
प्रतिनिधिसभा
टपेन्द्र रावल
प्रदेशसभा
द्वारिका न्यौपाने
तालमेल गर्ने
कैलाली-२
प्रतिनिधिसभा
झपट रावल
प्रदेशसभा
कमला वली
डेजी पाण्डे
कैलाली-३
प्रतिनिधिसभा
गौरीशंकर चौधरी
प्रदेशसभा
जयनारायण जोशी
तालमेल गर्ने
कैलाली-४
प्रतिनिधिसभभा
लेखराज भट्ट
प्रदेशसभा
भीमबहादुर देउवा
हरिसिंह साउद
कैलाली-५
प्रतिनिधिसभा
नारदमुनि राना
प्रदेशसभा
यज्ञ बास्तोला
दुर्गा जोशी