सिमकोट । मौशममा कारण समयमा हवाई उद्धार हुन नसकेपछि सर्केगार्ड गाउँपालिका–७ रोडिकोटकी २४ वर्षिय पवित्रा छत्यालको उच्च रक्त श्रावका कारण मृत्यु भएको छ ।
गएको असोज १८ गतेदेखि गर्भवती अवस्थामा अत्याधिक रगत बग्ने अवस्था एण्टी पार्टम हेमरेज (एनटिए) मा रहेकी छत्यालको सोमबार बेलुका आप्mनै घरमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयकी वरिष्ट अनमी सरिता बोहराले जानकारी दिइन् ।
जिल्लामा खबर पुग्ने बित्तिकै आफूले हेलिकोप्टरबाट हवाई उद्धार गर्न आफू (जनस्वास्थ्य कार्यालय) ले जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार र राष्ट्रपति महिला उत्थान कार्यक्रममा समेत खबर गरेको बताएकी बोहराले सुर्खेतबाट उडेको नेपाली सेनाको हेलिकोप्टर कालीकोट बाट माथि आउन नसकेको कारण उनलाई बचाउन नसकिएको हो ।
‘उच्च रक्तश्राव भएको चार दिनपछि शनिबार मात्रै जिल्लामा हामीलाई खबर आएको थियो’, बोहराले भनिन् ‘खबर पुग्ने बित्तिकै हामीले सबैचितर खबर गरेर आइतबार नैं हवाई उद्धार गरेर सिमकोट वा प्रदेश अस्पताल सुर्खेत लिने योजना थियो बिडम्बना खराब मौशमका कारण पवितालाई उद्धार गरेर ल्याउन सकिएन, परिणाम घरमै उनको ज्यान गयो ।’
छत्यालको हवाई उद्धार गर्न सुर्खेतबाट उडेको हेलिकोप्टर कालीकोटमा आएर दुई घण्टा पर्खिदा समेत मौशमा सुधार नआएपछि प्रमुख जिल्ला अधिकारी सिता परियारसँगको सिमकोट मै भएको माउण्टेण्ट हेलिकोप्टरबाट उद्धार गर्ने निर्णइ हुँदापनि खराबम मौशमका कारण सिमकोटदेखि हेलिकोप्टरले उडान भर्न नसकेको जिल्ला जनस्वास्थ्य कार्यालय हुम्लाले जनाएको छ ।
कार्तिकको अन्तिम साथा सुत्केरी हुने समय भएकी छत्याललको बच्चाको टाउँको भन्दा अगाडी साल बसेका कारण अत्याधिक रत्तश्राव भएको रोडिकोट स्वास्थ्य चौकीले यस अघिनै बताएको स्वास्थ्य चौकीकी अनमी दुर्गा शाहीने जानकारी दिइन् ।
‘सुत्केरी हुने समय अघि नैं यसरी उच्च रक्तश्रवाक हुनु राम्रो संकृत होइन भने र मैले उनलाई एक महिना अघि नैं भनेकी थिएँ तर पनि घरमा श्रीमान नभएका कारण दशैं पछि सुर्खेत वा नेपालगञ्ज जाने तयारी गरेकी उनको अन्नत घरमै दुःख त निधन भयो’ अनमी शाहीले भनिन् ।
श्रीमान् नेपाली सेनामा कार्यरत भएकाले घरबाट हिड्न ढिलाई भएका भन्दै पवित्राले तिहारको अवसरमा तल झर्ने र त्यतै सुत्केरी योजना भएपनि चौथो पटक उच्च रत्तश्राव भएको बताएकी अनमी शाहीका अनुसार घरका अरु भाई टुट्टीएर बसेकाले एक छोरासँग एक्लै भएका कारण पनि उनको ज्यान गएको हो ।
राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लामा वर्षे उच्च रक्तश्राव र सुत्केरी व्यथाले च्यापेर दशर्ज बढि आमा र नवजात शिशुहरुको ज्यान जोखिममा हुने गरेको छ ।