सिमकोट । एकसातादेखि निरन्तर परेको वर्षासँगैको बाढी पहिरोको कारण कर्णाली प्रदेशमा मृत्यु हुनेको संख्या ३३ पुगेको छ । बाढि पहिरोमा २० जना हराइरहेका छन् ।
प्रदेशका सुर्खेत र रुकुमपश्चिम बाहेकका आठवटा जिल्लामा घटेका बाढि पहिरोसँग सम्बन्धित घटनामा परेर ३५ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।
‘सबै भन्दा बढी जुम्ला जिल्लामा १० जनाको मृत्यु भएको छ’, प्रदेश प्रहरी कार्यालयका प्रवक्ता श्रेष्ठले भने, ‘जिल्लाका विभिन्न स्थानमा गएको बाढि पहिरोमा परेर मुगुमा ८, कालिकोटमा ५, हुम्लामा ४, जाजरकोटमा ३, डोल्पामा २, सल्यानमा २ र दैलेखमा १ गरी प्रदेशभर ३५ जनाको दुःखत मृत्यु भएको छ ।’जनाको को मृत्यु भएको छ ।
मंगलबार साँझसम्मको विवरण अनुसार कर्णालीका दशवटै जिल्लामा गरेर २० जना वेपत्ता भएका छन् । दशवटै जिल्ला प्रहरी कार्याले पठाएको रेकर्ड अनुसा लगायतारको वर्षाका कारण कतै पहिरो जाने त कतै घरहरु भत्किएका कारण वेपत्ता हुनेको संख्या २० पुगेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । वेपत्ता हुनेमा सबै भन्दा बढि कालीकोटमा एक जना प्रहरी जवानसहित १८, जुुम्ला र मुगुमा १/१ जना रहेका छन् ।
वेपत्ताको खोजि कार्य तिब्ररुपमा बढेको भएपनि निरन्तर वर्षा भैरहेका कारण केहि समस्या आएको प्रहरी प्रवत्ता श्रेष्ठले जानकारी दिए । हामीले मातहतका प्रहरी कार्यालय÷चौकीलाई स्थलगत रुपमा परिचालन गरेका छौं भने सुर्खेतबाट हवाई उद्धारका लागि हेलिकोप्टरको समेत परिचालन गरेको छौं । तर दुर्भाग्य मौशममा परिवर्तन नआएका कारण सोचे अनुरुप प्रगती हुन सकिरहेको छैन् । प्रवक्ता श्रेष्ठले थपे ।
वर्षा हुने र कर्णालीका अधिकांश जिल्लाहरु सञ्चारबाट समेत विच्छेद हुने एकै वेला परेकाले बाढी पहिरोका घटनामा वृद्धी हुन सक्ने बताएका श्रेष्ठका अनुसार पहिरोमा परेर २१ जना घाइते भएका छन् । काममा गएका वेला सुख्ख खोलामा बाढि आउने, घर भत्किने जस्ता घटनामा परेर कालिकोटमा ७, मुगु र हुम्लामा ५÷५, जुम्ला, जाजरकोट र रुकुम पश्चिममा १/१ जना घाइते भएका छन् ।
४८० घरमा क्षती २८८९ घरपरिवार बिस्थापित
एक सातासम्म परेको वर्षापछि आएको बाढि पहिरोमा परेर कर्णाली प्रदेशभर ४ सय ८० घरमा क्षती भएको छ भने २ हजार ८ सय ९ घर परिवार बिस्थापित भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार मुगुमा १ सय ७८, दैलेखमा १ सय ३, दैलेखमा ६, कालीकोटमा ४, हुम्लामा ४०, सुर्खेतमा ८, डोल्पामा ४, जाजरकोट र रुकुमपश्चिममा २÷२ वटा घरमा क्षती भएको छ ।
बढि पहिरोले घरमा क्षती भएपछि त्यहाँ बसेका जुम्लाका १ हजार १ सय १३,मुगुमा ७ सय, दैलेखमा ५ सय ११, कालीकोटमा ३ सय ४४, मुगुमा १ सय ७८, हुम्लामा १ सय ५५ घर परिवार विस्थापित भएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी वरिष्ठ प्रहरी उपरिक्षक श्रेष्ठले बताए । उनका अनुसार सुर्खेतमा ४५, रुकुम पश्चिममा ११ र जाजरकोटमा १० घर परिवार आफू बस्दै आएको वासस्थानबाट बिस्थापित भएका छन् ।
चांला हिमालमा फसेका पर्यटकको सकुसल उद्धार
वर्षासँगैको हिमापातले सिमकोट गाउँपालिका–१ स्थित चांला हिमालमा फसेका ७ जना पर्यटकहरुको सकुसल उद्धार भएको छ ।
हिमालको अवलोकनका लागि एकसाता अघि गएका ५ जना वेलयाती र २ जना नेपाली पर्यटकहरुको माउण्टेण्ट हेलिकोप्टरबाट आज (मंगलबार) सकुसल उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी सिता परियारले जानकारी दिइन् ।
‘खराब मौशमका कारण चाङला हिमालको बेस क्याम्पमा फसेका सातै जना पर्यटकहरुलाई केहि सुधार हुने वित्तिकै हामीले आज (मंगलबार) सकुसल उद्धार गरेका छौं’ अधिकारी परियारले थपिन् ।
सोमबार उद्धार गर्ने प्रयास भएपनि मौशममा सुधार नभएका कारण पटक–पटक उडान भर्ने प्रयास गरेपनि सफल नभएको माउण्टेन एयर हेलिकप्टरका फलाइट अफिसर आकृति प्रधानले जानकारी दिइन् ।
उनका अनुसार सोमबार गृहमन्त्रालयबाट परिपत्र आएपछि चाङला हिमालको बेस क्याम्पमा हिमपातले अलपत्र परेका पर्यटकहरूको उद्वार गर्न भनिएपनि मौसमले साथ नदिएपछि मंगलबार उद्वार गरिएको हो ।