सिमकोट । निर्वाचन लक्षित देश दौडाहामा निस्कीएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णालीका तीन जिल्लामा पाँच जनालाई क्यावीनेट मन्त्री बनाउने आश्वाशन दिएका छन् ।
सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा र प्रदेश सभामा टिकट वितरणको विषयलाई लिएर आन्तरिक विवादकै कारण बागी उम्मेरदवार भएका कर्णाली प्रदेशका जुम्ला, हुम्ला र कालीकोट पुगेका प्रचण्डले यस्तो आश्वाशन दिएका हुन् ।
आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा जिल्लाका मतदातालाई आकर्षित गर्न जिल्ला दौडाहको क्रममा कर्णालीका हिमाली जिल्ला पुगेका प्रचण्डले सत्ता गठबन्धनका तर्फबाट जुम्लाका प्रतिनिधिसभा सदस्यका उम्मेदार जुम्लाका गोमा कुँवर, हम्लाका छिरिङ दम्डोल लामा (कार्चेन)लाई बीजयी बनाए संघीय सरकारको क्याविनेट मन्त्री बनाउने सार्वजनिक प्रतिवद्धता जनाएका छन् । यसैगरी कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई कर्णाली प्रदेशको भावि मुख्यमन्त्री र कालीकोटका हिक्मतबहादुर बिष्टलाई कर्णाली प्रदेशको क्याविनेट मन्त्री बनाउने आश्वाशन दिएका छन् ।
प्रदेश सदरमुकाम सुर्खेतबाट मंगलबार (आज) बिहान पौने ११ बजे एयर डाइनेष्टी हेलिकोप्टरबाट खलंगा विमानस्थलमा ओर्लेका पुर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सत्ता गठबन्धनले चन्दननाथ नगरपालिका–५ सेराज्यूलोमा आयोजित चुनावी सभालाई संवोधन गर्दै जुम्लाबाट प्रतिनिधिसभामा गठबन्धनका साझा उम्मेरदवार गोमा कुँवरलाई अब बन्ने सरकारमा क्याविनेट मन्त्री बताए ।
‘जुम्लाको चीरपरिचित नेतृको नाम गोमा कुँवर हो’ उनले थपे ‘यस अघि मेरै नेतृत्वको सरकारमा राज्इ मन्त्रीको सफल जिम्मेवारी निर्वाह गरेकी नेतृ गोमालाई तपाई (जुम्लाका मतदाता)ले बीजयी गराएर पठाउनुहोस् म मन्त्री बनाएर पठाउँछु ।’ गठबन्धनको तर्फबाट जुम्लाको प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका गोमा गौतम कुँवर, प्रदेस सभा निर्वाचन क्षेत्र १ मा नेपाली काँग्रेसका ललितजंग शाही र प्रदेश सभा निर्वाचन क्षेत्र २ मा एकिकृत समाजवादी पदम रोकाया चुनावी मैदानमा हुनुहुन्छ ।
जुम्लाबाट एक घण्टा पछि हुम्लाको सर्केगाडमा आयोजित चुनावी सभालाई संवोधन गरेका गठबन्धनका शिर्ष नेता समेत रहेका प्रचण्डले गैरसांसद रहेका प्रतिनिध सभा सदस्यका उम्मेरदवार छिरिङ दम्डोल लामा (कार्चेन)लाई कर्णाली प्रदेशकै मन्त्री बनाएर आफूले हुम्लालाई प्राथमिकता दिएको उल्लेख गर्दै मंसिर ४ गतेको निर्वाचनमा जिताएर पठाए नेपाल सरकारको क्याविनेट मन्त्री पक्का बनाउने प्रतिवद्धता व्यक्त गरे । आफू नेतृत्वको सरकारमा क्याविनेट मन्त्री भएका कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई आप्mनो संवोधनकै क्रममा प्रशंसा गरेका उनले चुनाव पछि गठन हुने कर्णाली प्रदेशमा गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनाउने बताए ।
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लसहित कर्णाली दौडाहमा निस्केका प्रचण्डको अन्तिम संवोधन कालीकोटको मान्म बजारमा आयोजित चुनावी सभा थियो । संक्षिप्त संवोधन गरेका उनले कालीकोटमा पनि दुई जनालाई मन्त्री बनाउने आश्वाशान बाँढे । ‘हाम्रा (सत्त गठबन्धन) साझा उम्मेरदार प्रतिनिधिसभामा महेन्द्रबहादुर शाही र प्रदेश सभामा हिक्मत विष्टलाई चुनाव जिताएर पठाए क्याविनेट मन्त्री बनाउने आश्वाशान दिए । महेन्द्र जि संघको क्याविनेट मन्त्री र प्रदेशको मुख्यमन्त्रीको सफल भूमिका निर्वाह गरिसक्नु भएको नेता हो । अब कालीकोटका मतदाताले जिताएर पठाए फेरी संघीय सरकारमा उचित भूमिका सहित क्याविनेटमा समावेश गर्ने जिम्मा हाम्रो भयो’ उनले भने ।
साझा उम्मेरदवारलाई इकमानदारिताका साथ बीजय गराउन सार्वजनिक अपिल गरेका प्रचण्डले प्रदेश निर्वाचन क्षेत्र २ का उम्मेरदवार हिक्मत विष्टलाई गठबन्धनले प्रदेश सरकारको मन्त्री बनाउने बचन दिए ।
अबको बजेटमा कर्णालीलाई प्राथमिकता
मंसिर ४ को निर्वाचन पछि बन्ने सरकारले निर्माण गर्ने बजेटमा कर्णालीले पहिलो प्राथमिकता पाउने प्रतिवद्धता मोआवादी केन्द्रका अध्यक्ष प्रचण्डले व्यक्त गरेका छन् । नेपालका ७७ वटा जिल्ला मध्ये राष्ट्रिय राजमार्गमा जोडिन हुम्ला सदरमुकाम सिमकोट मात्रै रहेको बताएका उनले अबको बजेटको प्राथमिकतामा कर्णाली रहने जिकिर गरे । हुम्ला, जुम्ला र कालीकोटमा आयोजित चुनावी सभालाई संवोधन गर्दै उनले अबको प्राथमिकता कर्णाली, सुदूरपश्चिमको सर्वपक्षिय विकास नैं रहेको उल्लेख गर्दै यातायातको पहुँच, स्वास्थ्य, शिक्षा, विद्युतीकरण जस्ता विषयलाई प्राथमिकता दिने आफू बाहेक अरु कोही नभएको दावी गरे ।
‘कर्णालीले देशको राजनीतिक परिवर्तन देखि सामाजिक सांस्कृतीक परिवर्तनमा बेग्लै पहिचान बनाएको छ’ प्रचण्डले थपे ‘यहाँका वर्त, जाती, लिंग र समुदायको हितका लागि अहिलेको गठबन्धन निकै संवेदनशिल छ । चुनावपछि बन्ने गठबन्धन सरकारले संबिधानको रक्षा, राजनीतिक स्थिरता र आर्थिक विकासलाई गति दिने दाबी उनले गरे । कर्णालीको विकास र समृद्धिकालागि कर्णाली करिडोर, फुकोट हाईड्रो लगायतका महत्वपुर्ण विकास आयोजनाहरुलाई अगाडी बढाउछौँ । कालिकोटले जनयुद्ध र नेपालमा व्यवस्था परिवर्तनका आन्दोलनहरुमा अग्रेणी भुमीका खेलेको बताउदै यसको उचित मुल्यांकन गरिने छ । उनले थपे, यो गठबन्धन १२ बुदे समजदारीकै निरन्तरता हो । बिस्तृत शान्ति सम्झौताकै निरन्तरता हो । यो गठबन्धन संबिधानको रक्षा, लोकतन्त्रको रक्षा गर्न बनेको हो । यसमा जनताले नै साथ दिएका छन् ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय उपसभापती एवं पुर्व गृहमन्त्री पुर्णबहादुर खड्काले केपीओलीको प्रतिगमन प्रास्त गर्ने कर्णाली प्रदेश भएकाले केन्द्रका नेताहरुले कर्णालीलाई बजेट, विकास र नेतृत्वमा मुख्य प्राथमिक्ता दिनुपर्ने बताए । उनले भने, कर्णालीले केपी ओलीको प्रतिगमन बिरुद्ध पहिलो कदम उठायो । त्यसपछि दशैभरी एमालेका सरकारहरु ढले । यसको मुल्यांकन गरिनुपर्छ । उनले आगामी मंसिर ४ गते हुने निर्बाचन लगत्तै कर्णालीमा विकासको अभियान थाल्ने बताए । उनले भने, कर्णाली करिडोर दुईलेनको गर्न बहुबर्षिय योजना अगाडी बढाउछौँ । यहाँको पर्यटन र जलश्रोतका सम्भावनाहरु उजागर गर्छौ । गुणस्तरीय शिक्षा, गाँउवस्तीमा स्वास्थ्य सेवा, युवाका लागि रोजगारीका अवसर सिर्जना गर्छौँ ।