सिमकोट । जिल्लाको खार्पुनाथ गाउँपालिका पूर्ण खोप सुनिश्चित गाउँपालिकाका रुपमा घोषणा भएको छ ।
गाउँपालिका भित्रका वालवालिकाहरुलाई पूर्णखोपको दायारामा ल्याएको सुनिश्चिततासहित खार्पुनाथले एक औपचारिक कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चित गाउँपालिकाका रुपमा आफूलाई घोषणा गरेको हो ।
‘स्थानिय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पुण खोप सुनिश्चितता, हाम्रो प्रतिबद्धता’, भन्ने मुल नाराकासाथ खार्पुनाथ गाउँपालिका पूर्ण खोप सुनिश्चतता गाउँपालिका धोषणा गरिएको हो ।
जिल्लाका सातवट स्थानीय तहमध्ये खार्पुनाथले पालिकाका पाँचवटै वडाका बालबालिकाहरुलाई पहिलो पटक पूर्ण खोप सुनिश्चित भएका सूचकका आधारमा औपचारिक कार्यक्रमकाके आयोजना गरेर आफूलाई खोप सुनिश्चितता गाउँपालिकाका रुपमा घोषणा गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अिधकृत विष्णुबहादुर शाहीले जानकारी दिए ।
गाउँपालिकाका १३ स्वास्थ्य संस्थाका १४ वटा खोप केन्द्रमार्फत ३ सय ८१ जना बालबालिकालाई पूर्ण खोप सञ्चालन गरिएपछि सरकारको मापदण्ड अनुसार पालिकाको स्वास्थ्य शाखाले औपचारिक कार्यक्रमको आयोजना गरेर पूर्ण खोप सुनिश्चित भएको घोषणा गरेको खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बलिराज शाहीले बताए ।
नेपाल सरकारले तय गरेका कामलाई खार्पुनाथ गाउँपलिकाले अहम् भुमिका निर्वाह गरेकै परिणाम पूर्ण साक्षर गाउँपालिका घोषणा गरेको केही महिनामै खार्पुनाथले आफूलाई जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित गाउँपालिकाका रुपमा घोषणा गर्न सफल भएको जिल्ला समन्वय समितिका उपप्रमुख दलु फडेरा (सञ्जय)ले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका फडेराले जिल्लामा कार्यरत राष्ट्र सेवक कर्मचारी राजनीतिकरणमा मात्रै लाग्नु भन्दा सरकाले तय गरेका नीति तथा कार्यक्रमलाई सफल पार्न आप्mनो भूीमकामा समेत दत्तचित्त भएर लागेको खण्डमा निर्धारित समयमा राम्रो प्रगती देखाउन सकिन्नछ भन्ने नमुना खार्पुनाथले देखाएको छ’ उनले थपे ‘यस कुरालाई जिल्लाका अन्य ६ वटा पालिकाले पनि अनुसरण गर्ने हो भने हुम्लाका विकासका सूचकहरु सकरात्मकतातर्फ अघि बढ्ने निश्चित छ ।’
जिल्लाका पत्येक गाउँपालिकामा खोपको परिपुर्तिकालागि सरकार जिम्मेवार रहनु पर्नेमा जोड दिएका फडेराले खार्पुनाथ गाउँपालिकाका बालबालिकामा खोप सञ्चालन तथा खोप अपुग भएको पाइएमा बालबालिकाका, आमा बुवा र स्वास्थ्यकर्मि आफै जिम्मेवार हुनु पर्ने उल्लेख गरे ।
गाउँपालिका कार्यवाहक अध्यक्ष जयबहादुर शाहिको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा गाउँपालिकाका प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले पालिकाका पाँच वटै वडाका सबैबस्तीहरुमा भएका बालबालिका कुनै खोपबाट छुटेको सम्बन्धमा स्थलगत रुपमा जिल्लाबाट अनुगमन भई घोषणा गर्न अनुमति पाएपछि पालिकाले आफूलाई पूर्ण खोप सुनिश्चित गाउँपालिकाका रुपमा घोषणा गरेको दावी गरे ।
घोषणा कार्यक्रमलाई संबोधन गर्दै नेपाल पत्रकार महासंघ हुम्लाका अध्यक्ष राजन रावतले आगामी दिनहरूमा खार्पुनाथ गाउँपालिकाका बालबालिकाहरुले खोप लगाउनबाट बञ्चित भएको सञ्चारकर्मीले समाचार लेख्नु पर्ने अवस्थाको सृजना नगराउन आग्रह गरे । ‘सो गाउँपालिकाले २३ महिना भन्दा मुनिका बालबालिकाहरुलाई पूर्ण खोप सुनिश्चित गरेको दावी सहित आज आफूलाई पूर्ण खोप सुनिश्चित पालिकाका रुपमा घोषणा गरेको छ । यो हुम्लाका लागि सकरात्मक पक्ष हो’, उनले भने, ‘तर हुम्लामा हरके विषय घोषणा हुँदै जाने पछि त्यसको उल्लंघन भए जसरी खार्पुनाथको पूर्ण खोप सुनिश्चित कार्यक्रम नहोस् भन्ने हामी सबै सञ्चारकर्मीको चासोको विषय छ ।’
गाउँपालकाका कार्यबाहक अध्यक्ष जयबहादुर शाहिको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, नागरिक अगुवा, स्वास्थ्यकर्मी र जिल्लामा कार्यरत सञ्चारकर्मीको सहभागिता रहेको थियो ।