सिमकोट । कर्मचारी छनोट विषयमा असन्तष्टी जनाउँदै हुम्लाको सर्केगाड गाउँपालिकामा लागेको ताला ६ घण्टामै खोलिएको छ ।
गाउँपालिकामा सञ्चालचन भएको सुसा कार्यक्रमका लागि आवयक पर्ने कर्मचारी छनोट सम्बन्धि सूचना टाँस गरिए लगत्तै पालिकाको प्रशासनिक भवनमा लागेको ताला ६ घण्टामै खुलेको हो । गाउँपालिकाले कर्मचारी आवश्यकता सम्बन्धि सूचना अनुसार परेका निवेदनका आधारमा गरिएको सर्टलिष्टप्रति असन्तुष्टी जनाउँदै स्थानीयले बुधबार विहान १० वजे गाउँपालिका कार्यालयमा ताला लगाएका थिए । गाउँपालिकाका अधिकारीसँग सहमती गरेपछि ६ घण्टापछि अर्थात ४ बजे गाउँपालिकाले लगाएको ताला खोलिएको हो ।
प्रदेश अन्तरगतको उक्त कार्यक्रमका लागि पालिकाले ४ जना कर्मचारीको भर्ना सम्बन्धि सार्वजनिक सूचना जारी गरेको थियो । सूचना प्रकाशनको आधारमा बिहिवार परिक्षा तोके पनि आफूहरुको नाम लिष्टमा नपरेको बिरोधमा स्थानीयले प्रतियोगिले असन्तुष्ट व्यक्त गर्दै आएका थिए । तर सूचनामा अधिकांस व्यक्तिहरुको नाम लिष्टमा नपरेपछि गाउँपालिका कार्यालय तालाबन्दी गरिएको प्रतियोगि दिपेन्द्र शाहीले जानकारी दिए ।
पालिकाले प्रकाशित गरेको सर्टलिष्टको विरोधमा दिनभरि ताला लगाए पनि साँझ गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामराज शाही र असन्तुष्ट पक्षबीच छलफल भएपछि सो ताला खोलिएको सुर्खेतमा रहेका गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीले जानकारी दिए ।
‘सहमती पश्चात गाउँपालिकाले बिहिबारका लागि तोकेको लिखित र मौखिक परिक्षा हामीले अनिश्चित कालका लागि स्थगित गरेका छौं,’ उपाध्यक्ष कार्कीले नेपालवोटसँग भने, ‘असन्तुष्ट साथीहरुसँगकै सहमतीमा हामीले तत्काल परिक्षा स्थगित गरेका हौं ।’
गाउँपालिकाम्ँ सिचाई, ढल निकासा र खानेपानीका कार्यक्रम सञ्चालन हुने सुसा कार्यक्रममा आवश्यक प्राविधिकतर्फ ६ र सामाजिक परिचालकतर्फ ६ जनाको नाम प्रकाशित गरिएको छ ।
दिनभर गाउँपालिकामा तालाबन्दी भएपछि सेवा लिन आउने सेवाग्राही रित्तै फर्कनु परेको थियो ।
पालिकाले प्रकाशित गरेको सूचना जस्ताको तस्तैः