सिमकोट । हिमाली जिल्ला हुम्ला जिल्लाभर दुई जनामात्रै कुष्ठरोगका बिरामी देखिएका छन् ।
स्वास्थ्य सेवा कार्यालय हुम्लाले आइतबार आयोजनामा सन्चालन भएको ७० औँ विश्व कुष्ठ रोग दिवसको अन्तरक्रिया कार्यक्रममा हुम्ला जिल्लाका सात वटा स्थानइि तह र ४४ वटै वडामा दुई जनालाई मात्रै कुष्ठ रोगको लक्षण देखिएको जानकारी दिएको छ ।
कार्यालयका अनुसार कुष्ठ रोग देखा पर्नेमा सिमकोट गाउँपालिका वडा नम्वर २ स्थित ठेहे र वडा नम्वर ८ को खोल्सी गाउँका एक एक जनालाई मात्रै देखा परेको छ । ७० औँ विश्व कुष्ठ रोग दिवस अन्तरक्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले जिल्लामा कुष्ठ रोग निर्मुल पार्नका लागि स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, संचारकर्मी र स्थानीय नागरिकको पनि अहम भूमिका रहनु पर्ने बताए ।
जिल्ला भर दुई जना कुष्ठ रोगबाट ग्रसित भएका विरामीहरुलाई यतिखेर जिल्ला बाहिर पोखरा र काठमाण्डोँमा उपचार भई रहेको प्रमुख सिंहले जनकारी दिए । जिल्ला अस्पताल हुम्लामा दरबन्दी अनुसारको दक्ष जनशक्तिको अभाव, स्रोत साधनको कमी, विधुतका कारण समयमै उपचार हुन नसक्नुले जिल्ला अस्पताल हुम्लालाई स्तर उन्नती गरिन केही समस्या भएको सिंहले बताए ।
त्यस्तै स्थानीय तहका रुपमा रहेका सात वटै गाउँपालिकाहरुले यतिखेर कुष्ठ रोग सम्वन्धिको कुनै पनि जनचेतना सम्वन्धिका काम कार्यहरु गरेको नदेखिएको पाइएको छ । गाउँगाउँमा सिंहदरबार पुगेको अनुभूति मात्रै सिमित रहेको र यसले गर्दा स्थानीय नागरिक झन थप मारमा पर्नु परेको छ । विशेष गरि कुष्ठ रोग गरिबी, सरसफाइमा कमि र मानिसको चेतनाको कमीले गर्दा देखा पर्ने एक खालको सरुवा रोग भएको सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका स्वास्थ्य संयोजक नर भण्डारीले बताए ।
'कुष्ठ रोग न्यूनिकरणका लागि अवदेखि गाउँपालिका, जिल्ला अस्पताल र स्थानीयहरु लागि पर्ने र स्वास्थ्य शाखाले पनि तयारी गरि रहेको छ', उनले भने 'जिल्लामा कुष्ठ रोगका बिरामीको संख्या सुन्यमा झार्न सबैको हालेमालो आवश्यक छ ।'
कुष्ठ रोग अन्त्यका लागि आजैबाट पहल गरौँ भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रममा जिल्लाका सरोकारवालाको सहभागिता रहेको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम बहादुर सिंहले बताए ।