गुराँसले कहिल्यै पनि
पागल प्रेमी झैं रगतले चिट्ठी लेखिनन्
आफ्नो हात आफै काटेर प्रेम दर्शाईनन्
एउटालाई तन अर्कैलाई मन दिईनन्,
दृष्टि प्रेमको उनी विश्वास गर्दिनन् ।
गुराँस र म मा यही त फरक छ ।
गुराँसलाई माया दर्शाउन आउदैन,
रिसाउनेलाई फकाउन आउदैन,
प्रेम गर्न आउदैन, धोका दिन नि आउदैन,
कसैलाई हँसाउन नि आउदैन
कसैलाई रुवाउन नि आउदैन ।
झुठो वाचा आउदैन गुराँसलाई,
वनावटी मुस्कान आउदैन गुराँस लाई ।
गुराँस र म मा यही फरक छ ।
गुराँसले
शब्द वाण हान्न जान्दिनन्,
दोषी नजर फैलाउन जान्दिनन् ,
उनलाई कसैले टिपोस शिरमा सजाओस,
उनलाई कसैले चुँडोस पैतलामा कुल्चोस,
मन्दिरमा सजाउने हरु चुँड्ने गर्छन् उनलाई,
पत्थरमा सुकाउनेहरुले चुँड्ने गर्छन उनलाई
उदमात वैंसले भरिएको रस उनको
माहुरीले चुसेपनी
भमराले चुसेपनी
चर्को घाममा सुकेपनी
केही गुनासो गर्न जान्दिनन् ।
आखिर गुराँस र म मा यही फरक छ ।
गुराँसलाई मिलनको आनन्द मतलव छैन,
गुराँसलाई विछोडको रोधन मतलव छैन ।
गुराँसलाई दुखमा आत्तिनु छैन,
गुराँसलाई सुखमा मात्तिनु छैन ।
असिनाले चुटोस प्रवाह छैन,
खडेरीले सुकाओस प्रवाह छैन ,
आखिर गुराँस र म मा यही फरक छ ।
दुर्गाप्रसाद काफ्ले