काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार उपाध्यायको शंखमुलस्थित एक कफीसपको छतबाट खसेर निधन भएको छ ।
माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको माधव नेपालको सचिवालयका सदस्य नितेश पौडेलले जानकारी दिए ।
नेपाल प्रहरीको नयाँ बानेश्वर वृत्तका डीएसपी निशान्त श्रीवास्तवका अनुसार कफी सपको छतबाट खसेपछि सख्त घाइते भएका उपाध्यायलाई उपचारका लागि अस्पताल लगिएको थियो । घटनाबारे छानबिन भइरहेको श्रीवास्तवले बताएका छन् । पेशाले इन्जिनियरसमेत रहेका उपाध्याय पछिल्लो समय नेकपा एकीकृत समाजवादीको राजनीतिमा सक्रिय थिए । उपाध्याय लडेपछि घाइते अवस्थामा दुई युवकले सुरुमा सिभिल अस्पताल लगेका थिए । थप उपचारका लागि उपाध्यायलाई माइतीघरस्थित अन्नपूर्ण न्युरोमा लगिएको थियो ।
छैटौँ तलाबाट हाम हाम फालेको आसंका
सरोज कुमार उपाध्यायले शंखमुलस्थित एक रेष्टुरेन्टको छैटौँ तलाबाट हाम फालेको खुलेको छ । उपाध्यायको उपचारका क्रममा निधन भएको उनका भान्जा नितेश पौडेलले पुष्टि गरेका छन् ।
काठमाडौंको शंखमुलस्थित बबिन्स कफी नामक रेष्टुरेन्टको छैटौँ तलाको झ्यालबाट उनी खसेको रेष्टुरेन्ट सञ्चालक रञ्जित कुमार यादवले बताएका छन् । उपाध्याय केही दिनदेखि नियमित रूपमा बिहान साढे १० बजेतिर आउने र कफी अर्डर गर्ने गरेका थिए ।
काठमाडौं प्रहरीका प्रमुख एसएसपी दानबहादुर कार्कीले कफी शपको छैटौँ तलाबाट खसेको भन्दै त्यसबारे विस्तृत अनुसन्धान हुन बाँकी रहेको बताए । उपाध्यायको अवस्था निकै जटिल रहेको तर अस्पतालले नै आधिकारिक जानकारी दिने कार्कीले बताए ।
कफी शपका सञ्चालक यादव अनुसार तीन दिनदेखि उपाध्याय त्यहाँ जाने गरेका थिए । उनी जहिले पनि छतमै बस्ने गरेको भन्दै आज एक्कासि हाम फालेको बताए । उनले रेष्टुरेन्टको एम्बियस राम्रो लागेर आउने गरेको बताएका थिए ।