सिमकोट । अचानक विद्युतको लाइनमा खरावी आउँदा हिल्दुम साना जलविद्युत आयोजनाको वत्ति शनिबार रातीदेखि अवरुद्ध भएको छ ।
शनिबार वेलुकादेखि चलेको चर्को हावाहुरीका कारण वत्तिको पावर हाउसदेखि सिमकोटसम्मको लाइनमा खरावी आएपछि वत्तिको आपूर्ति बन्द भएको हिल्दुम जलविद्युत आयोजनाको सिमकोट वितरण केन्द्रले जनाएको छ ।
‘हावाहुरीले एक्कासी बत्तिको लाइनमा खराबी आएपछि बत्तिको सिग्नल नआउँदा लाइन अवरुद्ध भएको हो’ वितरण केन्द्रका प्रकाश बोहराले नेपालवोटसँग भने ‘पावर हाउसदेखि सिमकोटसम्मको लाइन फल्ड देखिएपछि विद्युत आपुर्ति बन्द भएको हो ।’
राती अवेर वत्तिको लाइन केहि गरेपनि सूचारु गर्न नसकेपछि अहिले बिहानै देखि आयोजनाका कर्मचारी सबै लाइनमा देखिएको फल्ड पत्ता लगाउन स्थलगत रुपमा खटिएको बताएका बोहराले आजै वत्ति सुचारु हुनेछ ।
दैनिक १८ घण्टाभन्दा बढि घण्टा लोडसेडिङको मार खेपिरहेका सिमकोटका उपभोक्तालाई विद्युतको लाइन आपूर्ति गर्न आयोजनाको पावरहाउस मर्मतको कामका लागि केहि दिन विद्युत आपुीर्त हुने भएपनि अहिले उक्त कारण विद्युत आपुर्ति बन्द नभएको बताएका बोहराले लाइनमा देखिएको फल्ड पत्ता लगाउने वित्तिकै वत्ति सूचारु गर्ने बताइएको छ । आयोजनाको मर्मत कार्य वितरण केन्द्रका प्रमुख सिमकोट आउने वित्तिकै अघि बढाइने जानकारी दिए ।
जिल्ला सदरमुकाम सिमकोट र खार्पूनाथ गाउँपालिकाका विद्यत लाइन आपुीर्त गरिरहेको हिल्दुम साना जलविद्युत आयोजनाको सिमकोट वितरण केन्द्रको विद्युत आपुर्ति बन्द भएपछि शनिबार साँझदेखि सिमकोट अन्धकारमय भएको छ ।
विद्युत वितरण केन्द्रले विद्युत जाने बारेमा कुनै जानकारी नदिएर आपूर्ति बन्द भएपछि सिमकोट र खार्पुनाथ गाउँपालिकाका नागरिकहरु अन्धकारमा बस्नु परेको छ । विद्युत बन्द भएपछि जिल्लामा विद्युतबाट सञ्चालन हुने सबै उपकरण र सञ्चारका सामाग्री बन्द भएको छन् । वत्ति बन्द भएपछि नेपाल टेलिकम हुम्लाले जेनेरेटर बाट फोनका टावर सञ्चालन गर्न शुरु गरेको छ ।