काठमाडौं । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार कर्णाली, सुदूरपश्चिम, गण्डकी, बाग्मती प्रदेश लगायत अधिकांश क्षेत्रमा हिजो रातीदेखि मेघगर्जन÷चट्याङसहित हल्का वर्षा भइरहेको छ । अहिले कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगमा हल्का वर्षा भइरहेको छ । पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले आज र भोलि बदलीसँगै वर्षा गराउने मौशमविद् झाले जानकारी दिनुभयो ।
'विगतका वर्षहरुका तुलनामा यो वर्ष पश्चिमी वायूको प्रभाव बढि बढेका कारण देशभर तुँवालो लाग्ने, घाम नदेखिने, वर्षा हुने भएको छ,' मौशमविद् झाले नेपालवोटसँग भने ‘देशका अधिकांश क्षेत्रमा फागुनदेखि मौशममा प्रतिकूलता आएको हो ।’
इतिहाँसमै पहिलो पटक यो वर्ष गएको फागुनमहिना देखि राम्रोसँग मौशममा सुधार नआएकोले जाडो बढ्नुको कारण विगतका भन्दा यो वर्ष तापक्रम बढेको र पश्चिमी वायू छिटो आएका कारण यस्तो भएको महाशाखाका मौशमविद् झाले जानकारी दिए । कर्णालीका अधिकांश जिल्लामा मौशम बदली हुनुका साथै वर्षा र हिमपातको संभावना रहेको छ ।
सोमबारदेखि थप मौशम बिग्रने
'म्हाशाखाका अनुसार पश्चिमी वायूको प्रभाव सोमबारदेखि बढि पर्ने भएकाले थप मौशम बिग्रीने भएको छ । पश्चिम वायूको प्रभाव अहिलेको भन्दा दोब्बर असर सोमबनारदेखि हुनेछ,' मौश्मविद् झाले थपे 'यो अवधीमा वर्षा हुने, उच्च हिमाली भागमा हिमपातकोसंभावना छ भने तुँवालो लाग्ने, घाम नदेखिने अवस्था अहिलेको भन्दा बढि हुने देखिन्छ ।'
यो अवधीमा समयमा पनि देशका पहाडी क्षेत्रमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।