सिमकोट । लामो समय नेपाल टेलिकमबाट वितरित मोबाइल, ल्याण्ड लाइन र नेट सेवाको गुणस्तरमा कुनै सुधार नआएपछि नेपाल टेलिकम हुम्लाको कार्यालयमा उपभोक्ताहरुले तालाबन्दी गरेका छन् ।
सेवाको गुणस्तरमा सुधारका लागि मौखिक, लिखित रुपमै आग्रह गरेका जिल्लाका सेवाग्राहीले बिहिबार टेलिकमको जिल्ला कार्यालयमा तालाबन्दि गरेका हुन् ।
'मोबाइल नेटवर्कमा महिनौ दिनसम्म देखिएको समस्या समाधान गर्न ध्यानकर्षण गराउँदा पनि टेलकिमले आप्mना सेवामा कुनै सुधार ल्याएन', तालाबन्दि गर्न गएका युवासंघ नेपाल हुम्लाका अध्यक्ष सुवास रोकायाले भने, 'सेवाग्राहीले जतिनैं आग्रह गरेपनि टेलिकम हुम्लाले थप लापरबाही गरेपछि अन्तिम विकल्पका रुपमा हामीले कार्यालयमै तालाबन्दि गर्न बाध्य भएका हौं ।'
गुणस्तिरय सेवा नदिएको भन्दै जिल्ला स्थित युवा संघ, नेवि संघ, नागरिक समाज मिलेर नेपाल टेलिकम कार्यालय तालाबन्दी गरेको अध्यक्ष सुवास रोकायको भनाइ छ ।
जिल्लामा महिनौ दिन सेवाग्राहीले सुविधा पाउनबाट बञ्चित हुदा पनि वेवास्ता गरेकोले ताला लगाउन बाध्य भएको उनले जानकारी दिए ।
नेपाल टेलिकमले क्षमता भन्दा बढी सिम, रिम दिएपछि समस्या भएको सेवाग्राहीहरूले गुनासो गर्न गरेका छन । नेपाल टेलिकम हुम्लाका पमुख शिवप्रसाद भट्टराईले आफ्नो सेवा सकभर गुणस्तरिय गरिएको दावी गरेकम छन् ।