दिपेन्द्रकुमार क्षेत्री (दिपु)
राज्यको निति निमार्ण र कार्यनयन गरी देशको विकासको निम्ति विचार, सिद्धान्तमा आधारित रही जनताको इच्छा अनुसार देशको भलाइ र परिवर्तनको निम्ति गरिने क्रियाकलाप तथा सामूहिक अभ्यासिकरणलाई सामन्य अर्थमा राजनीति भनेर बुझ्न सक्छौ । राजनीतिले क्रान्ति मच्चाउछ, क्रान्तिले परिवर्तन दिन्छ भने जुन परिवर्तन हामी देख्छौँ, सहजता र स्वतन्त्रताका साथ, न्याय र शान्तिपूर्ण तरिकाले जनताहरुबीचको मेलमिलाप, समानता र सहभागिताका साथ राज्यका सेवा सुविधालाई विधि र नीतिगत रूपमा प्रयोग गर्न पाउनु, अनुभव गर्न पाउनु, नागरिकहरुले आफ्नो अधिकार र जिम्मेवारीलाई बोध गरेको राज्यको कामकार्य र आफ्नो दैनिकी क्रियाकलाप र जीवन प्रति सुख, शान्ति र सम्पन्नता अनि न्यायको महसुस हुनुलाई सोझो अर्थमा विकास भन्न सकिन्छ । देशमा विकासका पूर्वाधारहरु शिक्षा, स्वास्थ, यातायात, विद्युत, सञ्चार, खानेपानीको सेवा राष्ट्रका नागरिकहरुले समान रूपमा प्रयोग गर्न पाएका भौतिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा शैक्षिक आदि चौतर्फी क्षेत्रमा सकारात्मक परिवर्तन हुनुलाई विकास भनेर बुझ्न सकिन्छ । देशको वार्षिक व्यक्तिगत आर्थिक आए, आयु र साक्षरतालाई विकासको सूचकांकबाट देशको विकासको मूल्यांकन गर्न तथ्यांकगत रूपमा सकिन्छ । देशको अवस्था र व्यवस्था परिवर्तन गर्न राजनीति आवश्यक पर्छ ।
देशको विकास,परिवर्तन र जनताको सेवाको निम्ति राजनीति गरिन्छ । राज्य सञ्चालनको निति निमार्ण गर्न अथवा देशको विकासको निम्ति गरिने क्रियाकलापलाई राजनीति भनेर बुझ्न सकिन्छ । राजनीति गर्नको निम्ति बिचार र एजेन्डा मिल्नेहरुको समूह राजनीतिक दल बन्छ र त्यसको नेतृत्व गर्नेहरु नेताहरु बन्छन । नेपालको राजनीतिक इतिहासमा एक पक्ष शासक र अर्को पक्ष सेवक र पीडित भएइरहेको देखिन्छ । १०४ वर्षीय निंरङ्कुश राणाशासनविरुद्धको आन्दोलन र राणाशासनको अन्त्य र प्रजातन्त्रको स्थापना, पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलन र यसको अन्त्य, राजतन्त्र, राजतन्त्रविरुद्ध दस वर्षीय जनआन्दोलन र गणतन्त्रको स्थापन, हालको संघीय लोकतान्त्रिक गणतान्त्रत्मक मुलुक नेपाल निर्माणसम्म नेपाली राजनीतिले विभिन्न चुनौतीपार गरिसकेको छ ।
आफ्नो राजनीतिक कार्यदिशा परिवर्तन गर्दै राजनीतिक दल निर्माण गर्दै ती राजनीतिक दलको नेतृत्व गर्ने व्यक्तिहरु नेताहरुको रुपमा स्थापित भएका दख्न पाउँछौ । हाल सत्तामा रहेको नेकपा जो पूर्व एमाले र पूर्व माओवादी भएर आएको थियोे भने प्रमुख विपक्षी दल नेपाली कांग्रेस आदि विभिन्न दल देशको व्यवस्था परिवर्तनको चुनौती सामना गरेर आए भने कोही एजेन्डा मात्र निर्माण गरि राजनीति दल बनाउदै कार्यक्रम गर्दै हिडेर राजनीति गरेको देखिन्छ । राजनीति गर्नेहरुलाई हामी जनताले सहजै नेता भनेर चिन्छौँ । राजनीति जोसुकै, जस्तोसुकैले गर्न सक्दैनन् । जसले समाज र राष्ट्रलाई चिनेको हुन्छ जसले देश र जनता
को भलाइको निम्ति आफू मरेर देशलाई बचाउन सक्छ, जसले जनताको अन्यायविरुद्ध लडदै न्याय दिलाउन सक्छ, जसले आफूलाई सेवकको रूपमा स्थापित गर्छ, जसले राष्ट्रको विकास र समृद्धिको निम्ति योजना निर्माण र कार्यनयन गर्न सक्छ, जसले व्यक्तिगत स्वार्थभन्दा टाढा रही राष्ट्रिय स्वाधीनताको निम्ति काम गर्छ र देशको गौरव कायम गर्छ, जसले वर्ग, लिंग, जातजाति, धर्म, भूगोल अनि पार्टीका आधारमा विभेद गर्दैन र सधै सबैको सम्मान र सही विचार र सुझावको कदर र मनन गर्छ, जसले सम्पूर्ण जनताको समस्या बुझने गर्छ र समाधानको निम्ति लागिपर्छ, जसले अन्याय र शोषणकाविरुद्ध सदा लड्छ । पीडितलाई न्याय दिलाउछ, सत्तामा होस् या बाहिर सधै जनतालाई निर्णायक सम्झन्छ । आफुमा कुनै घमण्डता देखाउँदैन, जसले जनता नै देश र सर्वव्यापी सम्झन्छ, जो आफैमा वौद्धिक, नैतिक, अनुशासित र लगनशील हुन्छ उसले कहिल्यै जनताहरुको आशा मर्न दिदैँन र देशको भलाईको निम्ति काम गर्छ । ऊ राष्ट्रको विकासको निम्ति राजनीति गर्ने असली राजनीति कर्मी अर्थात कुशल नेता बन्छ । हो यस्तै कुशल नेता जनताको लोकप्रियता कायम गरेका राजनीतिक चुनौतीको सामाना गरी राजनीतिमा उदयमान भएका जनता र देशको भलाइ र विकासको निम्ति राजनीतिक मैदानमा आएका नेकपा केन्द्रीय कमिटी सदस्य तथा नेपाल सरकारका पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्वर्गीय रविन्द्र अधिकारी थिए ।
वि.सं.२०२६ साल वैशाख २२ गते आइतबार कास्की जिल्लाको भरतपोखरी गाविस वार्ड न. ९ जमुनाबाटोमा बुवा ईन्द्रप्रसाद अधिकारी र आमा लक्ष्मीदेवी अधिकारीको जेष्ठ सपुत्रको रुपमा नेता रविन्द्रप्रसाद अधिकारीको जन्म भएको थियो । सानैमा मिलनसार, जिज्ञासु स्वभावका पढाई र नेतृत्वमा अग्रिम रहने नेता रविन्द्र अधिकारी वि.सं.२०३८ सालमा कक्षा ७ मा पढ्दै गर्दा सबैभन्दा धेरै भोट पाएर पूर्व नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको सबैभन्दा कान्छा सदस्य चुनिएका थिए । विद्यार्थीका लागि निःशुल्क कोचिङ कक्षा, पुस्तकालय, सरसफाइ, खेलकुद, सांस्कृतिक कार्यक्रम, नाटक प्रदशनलगायतका सिर्जनशील कार्यबाट राजनीतिक जागरण गर्ने नेता रविन्द्र अधिकारी बहुआयामिक प्रतिभा भएका अनुशासित, लगनशील, देश र जनता अनि राजनीति प्रति चिन्तित, अध्यनशिल हुनुहुन्थ्यो । प्रवेशीका परीक्षा उत्तिर्ण गरे लगत्तै इन्टर पढन बन विज्ञान अध्यन संस्थानमा भर्ना हुनुभयो तर केही समय पछि वि.सं.२०४२ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्यन सुरु
गर्नुभयो पढाईको क्रममा विद्यार्थीहरुको हकहितमा काम गर्दै जाँदा वि.सं. २०४४ सालमा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष बन्नुभएको थियोे । २०४५ सालमा पृथ्वीनारायण क्याम्पसको स्ववियु सदस्य साथै २०४५ सालमै अनेरास्ववियु जिल्ला कमिटी कास्कीको अध्यक्ष बन्नुभएको थियो ।
उहाँको नेतृत्व असल राजनीतिक चरित्र र विद्यार्थीहरुको हौसला र साथले उहाँ विद्यार्थी राजनीतिमा केन्द्रीयस्तरमा उदयमान हुनुभयो । त्यतिबेलाको पञ्चायत व्यवस्थाविरुद्ध लड्दा २०४६ सालमा पटकपटक गरी ६ महिना जेल जीवन झेल्नुपरेको थियोे । वि.सं.२०४७ सालमा अनेरास्ववियु गण्डकी अञ्चल कमिटी अध्यक्ष तथा अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य बन्नुभएको थियोे । पृथ्वीनारायण क्याम्पसको शैक्षिक तथा विद्यार्थी आन्दोलन सफल पार्न विद्यार्थीहरुलाई शिक्षा क्षेत्रमा सहजता सेवा प्रदान गर्दै जाँदा वि.सं. २०४९ सालमा अनेरास्ववियुबाट स्ववियु निर्वाचन लडि स्ववियु सभापति बन्न पुग्नुभयो । स्नातकतह पृथ्वीनारायण क्याम्पसबाट गरि सकेपछि स्नातकोत्तर तह अध्यनको निम्ति त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा अध्यापन गर्दै जाँदा राजनीतिक गतिविधिलाई थप शसक्त र बलियो बनाउनु भयो शैक्षिक आन्दोलनलाई अगाडि बढाउनुभयो ।
उहाँमा रहेको नेतृत्वदायीक क्षमता र विद्यार्थीहरुबीच छिट्टै देखिने निकटता र विद्यार्थीहरुको साथले वि.सं.२०५३ सालमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु सभापति बन्नुभयो । साथै स्ववियु काउन्सिल नेपालको संयोजक निर्वाचित हुनुभएको थियोे । नेता अधिकारी त्यतिबेलाको पञ्चायती व्यवस्था र राजतन्त्रविरुद्ध लडने क्रममा कहिल्यै बिचलित हुनुभएन अनेरास्ववियुबाट राजनीति गरिरँदा कुनै पद र सताको खोजी गर्नुभएन उहाँले बढाएको विद्यार्थी आन्दोलन, शैक्षिक आन्दोलन र शिक्षा सुधारमा गरेको नेतृत्व र पञ्चायती विरोधी गतिविधिको नेतृत्वले विद्यार्थी राजनीतिमा गरिमा बढाउदै जाने क्रममा वि.सं.२०५६ सालमा अनेरास्ववियु केन्द्रीय कमिटी अध्यक्ष बन्नु भएको थियोे । विद्यार्थी राजनीतिलाई थप बलियो बनाइआगाडी बढाउन लाग्नुभयो । उहाँ
अनेरास्ववियुको केन्द्रीय अध्यक्ष रहँदा नेपाली भूभाग डुबाउने लक्ष्मणपुर बाँधको विरोध तथा पारश शाहको ज्यादतीविरुद्ध आन्दोलन, ‘हत्यारा बस्ने दरबारमा हैन, जेलखानामा हो’ भन्दै ५ लाख २३ हजार हस्ताक्षर बुझाएका थिए भने राजतन्त्रविरुद्ध विद्यार्थी आन्दोलन केन्द्रीकृत गरेका थिए ।
साथै सार्वजनिक क्षेत्रमा ३३ प्रतिशत विद्यार्थी सहुलियतको आन्दोलनको नेतृत्व नेता रविन्द्र अधिकारीले नै गर्नुभएको थियोे । उहाँ विद्यार्थी राजनीतिमा रहँदा एशियाली विद्यार्थी संगठन तथा प्रजातान्त्रिक युवा संघलगायतका अन्तरराष्ट्रिय युवा विद्यार्थी संगठनमा संलग्न भएर सक्रियताका साथ भूमिका निर्वाह गर्नुभएको थियोे । उहाँले अनेरास्ववियु र सिंगो विद्यार्थी राजनीतिक छविलाई उच्च बनाउनु भएको थियोे ।
त्रिभुवन विश्वविद्यालयबाट शिक्षा शास्त्रमा स्नातक र व्यवस्थापन शास्त्रमा स्नातकोत्तर गर्नुभएका नेता रविन्द्र अधिकारी राजनीतिक आन्दोलनको क्रममा पटकपटक गरी ८ महिना हिरासतको जीवन झेल्नुपरेको थियोे । विद्यार्थी राजनीतिको उचाईले नेकपा एमालेको पार्टी राजनीतिमा उदयमान हुनुभयो । पूर्व नेकपा एमाले जिल्ला कमिटी कास्कीको सचीव र त्यसपछि जिल्ला कमिटी कास्कीको अध्यक्ष बन्नुभएको थियो । २०६२ र ६३ को जनआन्दोलनमा, राजतन्त्रविरुद्ध पार्टी नेतृत्वको हिसाबले विभिन्न रचनात्मक तथा कुटनैतिक भूमिका निर्वाह गर्नु भयो ।
कास्की जिल्लाबाट पहिलो संविधान सभा २०६४ सालको सभासद् र वि.सं २०७० साल मंसिर ४ गते भएको दोर्सो संविधानसभाको निर्वाचनबाट संविधान सभा सदस्य हुनुभयो । जनताहरु बिच अति घुलमिल हुने आफ्नो जिल्ला र देशकै विकासमा विभिन्न प्रभावकारी योजना ल्याउने, शिक्षा, स्वास्थ्य र यातायातको क्षेत्रमा थुप्रै योजना ल्याउँदा उहाँ प्रति जनताको आशा र विश्वास बढिरहेको थियो भने पार्टी भित्र नेकपा एमालेको केन्द्रीय सदस्य बनी नेतृत्वदायिक क्षेत्रमा स्थापित हुनुहुन्थ्यो । उहाँले नेपालको संविधान २०७२ निर्माण गर्दा सभासद्को महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएको थियोे । वि.सं. २०७४ सालमा भएको संघीय लोकतान्त्रिक गणतन्त्रतामक मुलुक नेपालको प्रतिनिधिसभाको निर्वाचनमा कास्की क्षेत्र.न २ बाट भारी मतका साथ विजय भएर प्रतिनिधि सभाको सदस्य सांसद बन्नुभएको थियोे । यस अघि उहाँ १० उत्कृष्ट सभासदमा अनलाईन भोटिङबाट उत्कृष्ट सभासद छनोट हुनुभएको थियो । साथै संसद विकास समितिको सभापति पनि हुनुहुन्थ्यो । उहाँ अहिलेको सतापक्ष नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।
लोकप्रिय नेता रविन्द्र अधिकारीले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलिले नेतृत्व गर्नुभएको नेकपा सरकारको वि.सं. २०७४ चैत २ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी प्राप्त गर्नुभएको थियो । मन्त्रीको जिम्मेवारी निर्वाह गरिरहँदा, व्यक्तिगत स्वार्थ भन्दामाथि रही काम गर्ने क्रममा पर्यटन क्षेत्रको विकासको निम्ति, सांस्कृतिक सम्पदा र स्रोतको संरक्षण व्यवस्थापन र पर्यटन व्यवसायको गन्तव्य निर्माणको निम्ति, पर्यटन व्यवसायलाई व्यवस्थित बनाउनको निम्ति मन्त्रीको जिम्मेवारितालाई निर्वाह गर्न निरन्तर लागिपर्दा तेह्रथुमको अठ राई गाउँपालिकामा रहेकोे चुहान डाँडामा बन्न लागेको विमानस्थलको सम्भावयता सम्बन्धि अनुगमन गरी त्यहाँ आयोजित कार्यक्रमको सम्बोधन गर्नुको साथै ताप्लेजुङको पाथीभरा पुगि पाथीभरा दर्शन गरि काठमाडौ फर्कने क्रममा मौसम खराबीका कारण वि.सं २०७५ फागुन १५ गते हेलिकप्टर दुर्घटनामा परी पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित हेलिकप्टरमा सवार अरु ६ जना व्यक्तिहरुको ज्यान गुम्न पुग्यो । हामीले त्यो दिनदेखि जनताका लोकप्रिय, वौद्धिक नेतृत्वलाई हाम्रो माझबाट गुमाउन पुग्यौं । स्वर्गीय नेता रविन्द्र अधिकारिको भौतिक शरीर हामी बिचमा नभए पनि नेपाली राजनीतिमा गरेको योगदान भने सधा जिवित छन । उहाँको नेपाली राजनीति र विकासमा अभाव महशुस गरिरहेका छौँ । भर्खर २०७६ पुष १४ गते सम्पन्न प्रतिनिधि सभाको उप निर्वाचनमा कास्की क्षेत्र न.२ बाट वौद्धिक व्यक्तित्व, पूर्व अनेरास्ववियुका कुशल नेत्री, पुर्व माननीय संस्कृत, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्वयम् रविन्द्र अधिकारीका श्रीमती माननीय विद्या भट्टराई कास्कीका जनताहरुको नेता रविन्द्र अधिकारी प्रतिको राजनीति र विकासको तीब्र आशा साथै विद्या भट्टराई प्रतिको विश्वासले भारी मतका साथ विजय भइ प्रतिनिधिसभा सदस्य बन्नुभएको छ ।
नेता रविन्द्र अधिकारि नेपालको राजनीतिक आन्दोलनमा सधै सहभागी भइ नेतृत्व गरी आन्दोलनलाई सफल पार्न खाटिरहनु हुने एक कुशल नेतृत्व हुनुहुन्थ्यो । उहाँ नेपाली राजनीतिमा विद्यार्थी राजनीतिक आन्दोलन देखी सक्रिय हुनुहुन्थ्यो । नेपाली राजनीति इतिहासमा पञ्चायती व्यवस्था र राजतन्त्रविरुद्धको आन्दोलन विद्यार्थी र पार्टी राजनीतिबाट देशको व्यवस्था परिवर्तन गर्न हुमिनु भएको थियो । त्यो राजनीतिक क्रियाशिलता र गतिविधिले उहाँ संस्कृति ,पर्यटन तथा नगरीक उड्डयनमन्त्री रहँदा पनि प्रष्ट देखिन्छ । देशको विकासको निम्ति लागिपर्दा मृत्युको अन्तिम पहल सम्म पनि देशको भलाइमा खटिरहनु भयो । आफ्नो जिम्मेवारीता र समयलाई महत्त्व दिनुभयो, प्रत्येक पहलमा केही नयाँ र जनताको हितमा काम गर्न लाग्दा लाग्दै पनि समयले साथ नदिँदा उहाँले समृद्ध नेपालको योजनालाई कार्यनयन गर्न नपाउँदै आफ्नो मन्त्रीको जिम्मेवारीताको कामकार्यको योजना सुचारु गर्दै गर्दा, देशको विकासको जिम्मेवारी पाएको मैदानबाट हामी माझ भौतिक शरीर नरहने गरि विलय हुनुभयो । भौतिक शरीर विलय भए पनि विचार र योजना सधै जिवित छन ।
उहाँ एक लोकप्रिय नेता संगै कुशल लेखक पनि हुन्थ्यो उहाँका संविधान सभा, लोकतन्त्र र पुर्नसंरचना, समृद्ध नेपाल पुस्तक जस्ता कृति प्रकाशित छन् । मन्त्री हुँदा नेता रविन्द्र अधिकारीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको सुधार, पोखरा विमानस्थल, लुम्बिनी अन्तरराष्ट्रिय विमान स्थल निर्माण, विमान स्थलहरुको निर्माण सुधार र विस्तारमा केन्द्रित हुनुहुन्थ्यो भने विमानहरु थपन, अन्तररास्ट्रिय विमान सेवा सुचारू गर्न, हवाई उडान प्रभावकारी बनाउन, पर्यटनक्षेत्रको संरक्षण र व्यवस्थापन गर्न खटिरहनु भएको थियोे । हालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले रविन्द्र अधिकारिले सुचारू गरेका कामकार्यको थप प्रभावकारिता बढाउन गरेका विभिन्न कार्यको उच्च प्रशंसा संगै भ्रमण बर्ष २०२० आदि महत्वपूर्ण कार्यको सम्मान हामी सबैले गर्नुपर्ने हुन्छ । नेपाल सरकारको ‘सुखी नेपाली समृद्ध नेपाल’ लक्ष्य सफल पार्न स्वर्गीय नेता रविन्द्र अधिकारी आफ्नो कार्यक्षेत्रबाट लागी पर्नुभएको थियो । देशमा उहाँ जस्तै गरी राष्ट्रको विकासमा निष्पक्ष तथा निरन्तर रूपमा केन्द्रीय तथा सरकारका सम्पुर्ण मन्त्रीहरु, प्रतिनिधि तथा प्रदेश सभाका माननिय सांसदहरु, स्थानीय तहका जनप्रतिनिधिहरु, विभिन्न तह र तपकामा रहेका नेताहरु लगायत सम्पुर्ण कार्यकर्ता र जनता लाग्नु जरुरी छ ।
नेता रविन्द्र अधिकारिको समृद्ध नेपाल निर्माण, विकासका बिचार र योजनालाई मर्न नदिन माननीय विद्या भट्टराई आफ्नो तवरले लाग्नुपर्छ भने, उहाँले गौरव कायम गरेको अनेरास्ववियू, नेकपाका नेताहरु लाग्नुपर्ने हुन्छ । म जस्ता अनेरास्ववियूको नेता तथा लेखकले उहाँका विचारलाई मनन गरि बचाई राखनुपर्छ भने अनेरास्ववियु, पार्टी संगै सिंगो देश प्रतिको योगदान र राजनीतिक संघर्षको सम्मान गर्नुपर्छ, म सधै सम्मान गर्द्छु । अहिले देशको नेता, मन्त्री र माननीयहरु व्यक्तिगत स्वार्थमा पैसा, पद र सताको मोहमा देशलाई बर्बाद पार्ने कुचेष्टा चाल्दैछन् । गाउँको गोरेटो देखी राजधानीको सिंहदरबार, बालुवाटारसम्म निजीकरण गर्दैछ्न, नेताहरु भ्रष्ट हुँदैछ्न, कम्युनिष्ट नेताहरू शासक र शोषक भैसकेका छन्, कम्युनिष्टहरु समाजबादको भाषण दिँदा दिँदै देशकै शोषक पुँजीपति भैसकेका छ्न । कम्युनिष्टसँगै सत्ता र पहुँच मुखी नेता र राजनीतिक दलहरू देशको सार्वजनिक क्षेत्रहरु शिक्षा तर्फ विद्यालय, क्याम्पस र विश्वविद्यालयमा राजनीतिक षड्यन्त्र गर्दै अयोग्यहरुलाई जागिरिको नाममा भरुवा गर्ने र निजि विद्यालय, इन्स्टिच्युट र कन्सल्टेन्सी खोली दलाली गरी पैसा कमाउने चकरमा छ्न । स्वास्थय, यातायातमा पनि त्यस्तै दलाली र भ्रष्टहरु जन्मदैछन् यसको अन्तय गर्न विद्यार्थी आन्दोलनका नेतृत्वकर्ता नेता रविन्द्र जस्तै अर्को विद्यार्थी नेता जन्मनु नै पर्छ । तर नेता रविन्द्र अधिकारीलाई फसाउने र उहाँको इज्जतमा धक्का दिने नियतले वाइडबडी विमान खरिदमा नाम जोडिएको थियोे । यस विषयमा उच्च अध्यन खोजी नीतिका साथ संलग्न व्यक्तिहरुको नाम प्रमाणका साथ तोकिनुपर्छ । हामिलाई थाहा छ देशको भलाइको लागि मृत्युको अन्तिम पहलसम्म पनि लाग्ने लोकप्रिय नेता अधिकारी निर्दोष हुनुहुन्छ ।
देशको तत्कालीन राजनीतिक अवस्था हेर्दा विद्यार्थी राजनीतिमा आगमन र विद्यार्थी नेतासँगै पार्टी राजनीतिमा आगमन हुने र नेता बन्ने प्रवृत्ति लज्जास्पद छ । कुनै उच्च पदमा रहेको नेताको चाकरी गरेर, नास्ता पसल र भट्टीमा चिया, रक्सी र चुरोट खुवाउने नेता बन्ने र खाने कार्यकर्ता बन्ने नशाको तालमा क्याम्पसको शिक्षाको चिन्तन गर्ने, आफुलाई स्ववियु निर्वाचनको उम्मेदवारको दावी गरि प्रचार गर्ने अनि अथाह पैसा खर्च गरी स्ववियु जित्ने, स्ववियु जितिसकेपछी खर्च असुल्न ठेक्का पठ्ठा गर्ने, भ्रष्टाचारि र दलाली बन्ने प्रवृत्ति छ । यो देशको विद्यार्थी राजनीतिमा मात्रै नभई देशकै पार्टीगत राजनीतिमा हावी भएको प्रमुख समस्या हो । यस्तो प्रवृत्तिले धेरै व्यक्तिहरु राजनीतिक सत्ता र शक्तिमा छ्न ।
अनि ती व्यक्तिहरु बाट विकास र परिवर्तन नहुँदा जनता असन्तुष्ट छ्न । राजनीति गर्ने सबैले बैचारिक, असल राजनीतिक पद्धति अंगाल्नु जरुरी छ । पैसा, गुण्डागिरी, चाकरी, दलाली, भ्रष्टाचार र यौनसम्बन्ध बाट नेपाली राजनीतिमा पद र सताको गोल ठोक्ने परिपाटी कुनै अन्यथा नभई देशमा हाल सिर्जना भएको वास्तविक राजनीतिक व्यथा हो । यस्तो राजनीति परिपाटी अन्त्य गर्नुपर्छ । समाजको तथा राष्ट्रको भलाइ र विकासको निम्ति राजनीति केन्द्रित हुनुपर्छ । व्यक्तिगत स्वार्थ निम्ति आफू बन्न र बनाउनको निम्ति जुनसुकै कदम चाल्न सक्ने हामी नेपालीले राष्ट्रिय स्वार्थका साथ सुखी नेपाली समृद्ध नेपाल निर्माण गर्न राष्ट्रको भलाई हुने कामकार्य गर्नुपर्ने हुन्छ । विद्यार्थी राजनीतिक गरिमालाई उच्च बनाउन पुर्व मन्त्री नेता रविन्द्र अधिकारिको विद्यार्थी राजनीति र आन्दोलन,पार्टी राजनीति र देशको निम्ति गर्दै गरेका कामकार्यको मूल्यांकन, उनका बिचार र बैचारिक राजनीतिक पद्धति र संस्कारको सिको गर्नुपर्ने हुन्छ । समृद्ध नेपाल निर्माण गर्न, विकासका गतिविधिलाई निष्पक्ष बनाउन, शिक्षा, स्वास्थय ,पर्यटन आदि विकासका अन्य क्षेत्रमा देखिएका समस्याको समाधान गर्न, दलाली र भ्रष्टाचारी विरुद्धको विद्यार्थी आन्दोलन आवश्यक छ । देशको शिक्षा नीति, शिक्षण पद्धति र शिक्षण पाठयक्रम परिवर्तन गर्नु जरुरी छ जुन शिक्षा उत्पादन, स्रोतको विकास र प्रयोगमा र मानिसको दैनिकी जीवनलाई सुखी र खुशी बनाउन सक्छ त्यसतो शिक्षाको आवश्यक छ । शिक्षा क्षेत्र परिवर्तन भए आवस्य पनि अरु क्षेत्रको परिवर्तन हुन्छ, दक्ष जनशक्ति उत्पादन र रोजगारको क्षेत्रको अवसर बढछ्न, सबैले सम्मानले शिक्षा लिन पाउँछन र आर्थिक आम्दानी गर्छन् र विकासोन्मुख राष्ट्र नेपाल बिकिसित राष्ट्र बन्छ ।
यसरी राष्ट्रिय पुँजीको विकास संगै समजबादी अभ्यासको सुरुवात गर्न सकिन्छ । अपराध, हिंसा र भ्रष्टाचारको अन्तय संगै शान्ति र विकासका गतिविधि संचालन गर्न नेता रविन्द्र अधिकारी जस्तै अर्को निष्ठवान नेता जन्मनुपर्छ । स्वर्गीय नेता रविन्द्र अधिकारी राष्ट्रको विकास र परिवर्तनको निम्ति राजनीति गर्ने राजनीतिकर्मी हुनुहुन्थ्यो । नेता अधिकारीको जीवन नै राजनीति गर्दै गर्दा विकासको निम्ति लाग्दै गर्दा बित्यो । नेपाल राजनीतिक इतिहास हेर्दा विभिन्न आन्दोलन र व्यवस्था परिवर्तनको आन्दोलनमा कुनै न कुनै ठाउँमा देशको भलाईको निम्ति राजनीति गर्ने लोकप्रिय नेता रविन्द्र अधिकारिको नाम आउछ । विकास र परिवर्तनको निम्ति नेता रविन्द्र अधिकारीले राजनीति गरे राजनीति गर्दागर्दै जाँदा उनको राजनीतिक गतिविधिले परिवर्तन र विकास दिनसक्यो । जस्तै कि उनले पारश शाहा र राजतन्त्रविरुद्ध पाँच लाख तेह्रीस हजार हस्ताक्षर बुझाए, राजतन्त्र फाल्न सफल भय , पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलन गरे पञ्चायत हट्यो , विद्यार्थीहरुले ३३ प्रतिशत सार्वजनिक क्षेत्रमा छुट पाउनुपर्छ भनेर आन्दोलनको नेतृत्व गरे सफल भयो छुट पाय आदि विभिन्न राजनीतिक एजेन्डाका साथ आन्दोलन गरे सफल भए परिवर्तन दिए । यसरी नेपालको विकास र राजनीतिमा रविन्द्र अधिकारीको नाम जोडिन पुग्छ । उनको जिवनको गतिविधि नै राजनीतिक गतिविधि थिए । जिवनी नै राजनीति र विकाससँग जोडिएको छ । विकास दिने क्रममा हुनुहुन्थ्यो जिम्मेवारी तपकामा नेपाली जनतालाई विश्वास थियोे देशको अनि पर्यटन र संस्कृति क्षेत्रमा धेरै परिवर्तन हुनेछ भन्ने आशा थियोे तर अवश्वस समयले भने साथ दिएन । उहाँ हामी माझमा नरेहे पनि उहाँको बिचार हामी माझमा जिवित छन् । नेता रविन्द्र अधिकारिको बिचार र राजनीतिक संघर्षको मनन गरे समृद्ध नेपालको सपनालाई साकार बनाउन सक्छौ । उहाँको राजनीति र गरेका विकासको सम्मान गर्दै अबको राजनीतिलाई देशको तिब्र विकासको निम्ति केन्द्रित गर्नुपर्ने हुन्छ ।