पवन बुढा
विश्वको मानव समुदायजस्तै अहिले हामी नेपाली नेपाली पनि २१ औं शताब्दीको महाशत्रुका रुपमा देखा परेको कोरोना भाईरस (कोभिड–१९) नियन्त्रणको प्रयासकका खातिर सरकारकोनिर्णइ अनुसार पूर्ण ‘लकडाउन’मा छौ । ‘लकडाउन’ अबधिभर होम क्वारेन्टाइनमा सरकारको लागि मात्रै बसिरहेका छैनौ आफ्नो जीवन रक्षाको लागि समेत बसिरहेका छौ । कतिपय व्याक्तिलाई ‘लकडाउन’ र होम ‘क्वारेन्टाइन’ को अर्थ थाहा नपाएर यसलाई खिल्लीमजाकको रूपमा उडाईरहेका छन् । होम क्वारेन्टाइनमा बसेकैवेला कसैले एक किलोग्राम मकैका दाना, कसैले गलैचाका बुट्टा, कसैले आफ्ना घरका ईटा, कसैले एक लिटर पानिमा पानिका थोपा गनिरहेका प्रतिकृया सामाजिक सन्जालमा पोष्ट गरेको देखिन्छ । भने कसैले ‘लकडाउन’ कस्तो छ भनेर बीच सडकमा गई फोटा खिचिरहेका छरपस्टै देख्न सकिन्छ । यिनै उश्रृंखल कामवाटै थाहा हुन्छ कि हामी आफु आफ्ना राष्ट्रबासी र आफ्नो राष्ट्रप्रति कति जिम्मेवार छौ । हामिलाई लागिरहेको छ । यहाँ कुनै जोक भईरहेको छ । सायद चीनका नागरिकलाई महाविपत्ती सृजना हुँदा ईटाली जस्तै अन्य राष्ट्रमा पनि यस्तै क्रियाकलाप गरिरहेको देखिन्थ्यो । अहिले ईटालीको दर्दनाक अवस्था हेरौ । जहाँको अवस्था कन्ट्रोल बाहिर गईसकेको छ । अहिले हामीलाई लागेको हुन सक्छ हामी बहादुरी हौं, ‘विश्व सामु हामीले बहादुरीको तक्मा भिरेका छौ’ ।
हाम्रो सामु कोहि पनि केहिपनि टिक्न सक्दैन । हामिलाई कुनै असर गर्दैन यदि यो सोचेका छौं भने यो नै हाम्रो जीवनको सबैभन्दा ठूलो महाभूल हुनेछ । कतै हामीले आफ्नो काल निम्ताउदैं त छैनौ । संगै आफ्ना सन्तती र परिवारको जीवनको लामो यात्रा पनि छोटो बनाउँदै गएका त छैनौं ? हामीले सम्झिरहेका छौ सरकार केको लागि,सरकार छंदैछ हामीले यो महा विपतिको सामना गर्नु पर्दैन सवै सरकारले नै गर्छ , ईटाली ,चाईना जस्ता कोरोना भाईरस (कोभिड–१९) कन्ट्रोल बाहिर गएका देशका नागरिकले पनि यस्तै सोच राखेर आफू जिम्मेवार नभएर, सरकारका निर्देशन नमानेर अटेरिपन देखाएर अहिले कन्ट्रोल बाहिर गईसकेको छ । त्यहाँक स्थानीयको अहिले होस् खुलेको छ । तर अब कसैको बहसमा नभएर हेर्दा हेर्दै आफ्नै परिवार, नातेदार र स्वयम् आफै संसारवाटै बिदाई हुनु परेको कारुणीक र दर्दनाक अवस्था हामीले सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममा समेत देखिरशेका छौं । स्वास्थ्य, प्रविधि र अर्थतन्त्रमा शिखर चुलिरहेका राष्ट्रहरूले पनि गति छाडेको र हारेको वर्तमान अवस्था छ, कारण नागरिक स्वयम् आफै गैर जिम्मेवार भएर हो । छोटो समयमा अर्थतन्त्रले ठूलो फड्को मारेको चीनले भने आजको मितिसम्म कडा मेहनत, अनुसन्धान र सवै प्रविधिको प्रयोगले केहि नियन्त्रण गरेको अवस्था छ ।
यस बिपत्को घडिमा के धनी, के गरिव हामी सवै एउटै सतहमा उत्रेका छौ । यो महामारिको त्रास हामी सवैलाई छ । भलै धनिले बसिबसि राम्रो मिठो र मसिनो खानपाएका होलान् भने गरिवले पाई नपाई बाध्यताले दुईछाकमा एक छाक टारिरहेका छन् धनिलाई रोगको मात्रै ज्यादा डर छ भने गरिवलाई दुवै महा विपतिको डर छ भोग र रोग को यसै अबसरमा कतिपय राक्षशि व्यवहार भएका कुपात्रले दैनिक उपभोग्य अति आबश्यक सामाग्रिहरूमा कालो बजारि गरेर नेपालको संविधार र नेपाल सरकारको धज्जि मात्रै उडाईरहेका छैनन् गरिवहरूको पेटमा लात्ति बर्षाएर आफ्नो असलि चरित्र देखाई आफ्नो सन्ततिका विलाशि आवाश्यकता पुरा गर्ने सपना देखीरहेका छन् । महा विपत्रिले विश्व हललाईरहेको बेला स्वास्थ्य, प्रविधि र अर्थतन्त्रमा शिखर चुलिरहेका राष्ट्रहरूले पनि गति छाडेको र हारेको अव्स्थामा तिनिहरूलाई पैसा कमाउने धन आर्जन गर्ने सुनौलो अबसर आएको अनुभूति गरिरहेकाछन् । अथवा महाविपत्तिको फाईदा उठाईरहेका छन् । यस्ता कुपात्रहरूलाई गरिवहरूको श्राप मात्रै लाग्नेछैन पीडितका आँसुले बाँचि नसक्नु हुनेछ । यसरि कमाएको धनले उनिहरुलाई मात्रै हैन उनका सन्ततिलाई समेत हानी नोक्सानी गर्ने छ । यहि महाविपत्तिको अबसरमा सरकारले आफ्ना लोकरजनताप्रतिको सुरक्षाको प्रत्याभूति दिन नेपाल सरकारले देशैभर गरेको ‘लकडाउन’को निर्णयलाई सवै नेपालीले स्वागत गरेका छन् । नागरिकले आफ्नो साथमा सरकार रहेको अनुभूति समेत गरेका छन् ।
सरकारप्रति आशा पनि गरिरहेकाछन् । हामी सवै नेपालीलाई सुरक्षित राखियोस् । तर सवै सरकारको बहसमा मात्रै छैन् । जबसम्म हामी सरकारका निर्णयहरूको पुर्णरुपमा पालना गर्दैनौ विश्व भरिका यस महाविपत्तिको सामना गरिरहेका डक्टरहरूको कुरालाई आत्मसाथ गर्दैनौ आफू र आफ्ना परिवारलाई सुरक्षित राख्दैनौ तवसम्म हामी यस रोगवाट सुरक्षित हुन सक्दैनौ । यो लेखद लेख्ने बेलासम्म विश्वभर ५,३२,२२४ जनामा संक्रमण देखिएकोमा १२४३२६ जना पुर्ण रुपमा निको भै सकेका छन् र २४,०८७ जनाको मृत्यु भईसकेको छ भने बाँकि संक्रमितको उपचार भईरहको छ । नेपाल सरकारले ‘लकडाउन’ गरेको आज चौथौ दिनसम्म जम्मा परिक्षण गरेका नमुुना परिक्षण ६८७ मध्ये ६८४ नेगेटिभ भेटिएको छ भने ३ जनामा मात्र पोजेटिभ नतिजा देखिएकोमा १ जना पुर्णरुपमा सन्चो भएर घर फर्किएका छन् । बाँकी २ जना संक्रमित आईसोलेसनमा राखेर उपचार भईरहेको छ । अहिलेसम्म हेर्दा हाम्रो नेपालमा धेरै भयावह अबस्था सृजना भैसकेको त छैन । तर ढुक्कसँग बसिराख्ने अबस्था पनि छैन ।
हो सरकार आफ्ना लोकको उद्धार र राहतको निम्ति धेरै जिम्मेवार छ र हुनु पर्छ पनि अहिलेको अबस्थामै सरकार र हामी नागरिक मिलेर यसलाई नेपालबाट निर्मुल पार्नसके नेपालीको भाग्य चम्किने छ र नेपाल सरकार विश्वसामु सफल सरकारको रूपमा परिचित हुनेछ तर यसो गर्नको लागि सरकारले र नागरिकले अझै धेरै कुराहरूमा गम्भिरताका साथ लाग्नु पर्ने देखिन्छ ।
यस अवधिसम्ममा भारत लगायत विभिन्न राष्ट्रवाट १ लाखको हाराहारिमा भित्रियका छन् भने एक शहर देखि अर्का शहर अथवा शहर देखि गाउँ र गाउँ देखि .शहर लगभग ३०/३५ लाखको हाराहारिमा मानिसहरू आवतजावत गरेका छन् । कोरोना भाईरस जतिमा पोजेटिभ भेटियो तीनै जना बाहिरि मुलुकवाट आएका नेपालीमा भेटिएको छ । यसको अर्थ सवै विदेशवाट आएकाहरूमा हुनुपर्छ भनेको हैन् । तर कोरोना हाम्रै देशवाट फैलिएको नभएर आउने बाहिरि मुलुकवाटै भएकोले यसमा सचेत हुनुपर्ने भनाई मेरो हो । आजका दिनसम्म पनि ती तिनै जनासँगै जहाजमा आएका, आईसकेपछि भेटघाट गरेका र तिनिहरूका परिवार सवैलाई चेकजाँच गरिएको छैन । यदि तिनिहरूवाहेक दोस्रो ब्याक्तिलाई संक्रमण सरेको भए त्यो व्याक्तिले फेरि कति व्याक्तिलाई भेट्यो । कतिको सम्पर्कमा रह्यो । थोरै पनि ढिला गर्ने हो भने यसले अवस्था भयावह हुन कुनै बेर लाग्दैन । अर्को कुरा नेपाली समाजमा जरो गाडेको रोग अथवा उखान ‘जव प¥यो राति, तव बुढि ताली’ भनेझै जब संक्रमणको अवस्थाले भयावह रुप लिन्छ अनि हामी तात्ने अवस्था सृजना हुन नदिन स्वास्थ्यकर्मीको मनोवल बढाउन उपचार गर्दा स्वास्थ्यकर्मीलाई चाहिने भन्दा २ गुणा बढि टेस्ट किट एएभ्,ल्ढछ ःबकप, ख्भलतष्बितयचक जस्ता सबै सामाग्रिहरूको व्यवस्था गरि स्वास्थ्यकर्मीलाई जोखिम भत्ता वापत कम्तिमा सत प्रतिशत बृद्धि गर्ने निर्णय गर्न सकेमात्रै स्वास्थ्यकर्मिको मनोवल बढ्नुको साथै सुरक्षित तरिकाले उपचार गरेको अनुभुति गर्ने छन् अर्को कुरा आजको दिन सम्म मात्रै ६८७ नमूना परिक्षण गर्नु राम्रो मानिएको छैन् ।
यसले सर्व साधरणमा नैराश्यता ल्याएको छ कतिपय संकालागेका ब्यक्तिलेसमेत परिक्षण गर्न पाएका छैनन् विभिन्न शहर हुँद्रंै दुरदराजबाट पनि नमूना परिक्षणको लागि संघिय राजधानी काठमाण्डौमा अवस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रमा पठाउने गरिएको छ । त्यसैले सहजता र छिटो छरितोको सेवा दिन नमूना परिक्षणको लागि परिक्षण प्रयोगशाला ७ ओटै प्रदेशको मुख्य केन्द्रमा राख्न ढिलाई गर्नु हुन्न क्वारेन्टाइन र आईसोलेसन पनि अहिलेको अवस्थालाई भन्दा पनि संक्रमणले चरम सिमा नागेको खण्डमाको अनुमानलाई मध्य नजर गरेर ७ ओटै प्रदेशमा तयारि गर्नु ढिलाई गर्न हुन्न अर्को कुरा हामीलाई केहि आशालाग्दो कुरा हाम्रो उत्तरि सिमानामा पर्ने ठुलो छिमेकि राष्टको वुहान सहरवाट फैलीएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमण चीन सरकारले लगभग रोकेको छ । त्यो त्यतिकै छुमन्तर भनेर रोकिएको हैन् । त्यहाँको स्वास्थ्य सम्बन्धि विज्ञ टोलिले यसको सफल उपचार पत्ता लगाईसकेको देखिन्छ त्यसैले आफ्नो नागरिकको सुरक्षाको लागि छिमेकि राष्ट्रसंघ आवश्यक सामाग्री विना सर्त उपलब्ध गराउने गरि आग्रह छिटो भन्दा छिटो गर्नुपर्ने देखिन्छ नत्र ‘लकडाउन’ मात्र गर्दै गयौ यि सवै कुरालाई ध्यान दिएनौ भने ‘लकडाउन’ ३र४ महिनाले पनि पुग्दैन यसो गर्यो भने कोरोना भाईरस भन्दा पनि भोकले मर्नेको संख्या दिन दुई गुणा रात चौ गुणा बढ्दै जान्छ । त्यसैले सम्मानित सरकार र सम्मानित स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मन्त्री ज्यूले समयमै ध्यान दिन जरुरि छ ।
हामी नेपालीमा पहिलेदेखीनै जरा गाडेको अर्को रोग छ, 'आफ्नो आङको भैसि नदेख्ने, अर्का आङको जुम्रा देखेपनि धेरै चोट कुरिकुरि गर्ने' सरकारले आफ्ना नागरिकमा यो संकरमण नफैलियोस भनेर अत्याआवश्यक सेवा वाहेक सवै सेवा बन्ध गरेर ‘लकडाउन’ गर्ने निर्णय ग¥यो । यो के सरकारका निम्ति मात्रै हो ? हामिले त्यहि बुझेका छांै । रत ‘लकडाउन’ को चौथो दिनसम्म सडकमा अटेरि गरि विभिन्न सवारी साधन चलाईरहेका देखीन्छन् । कतै जुवा तास लेख्नको भिंडभांड देखिन्छ । कुनै ठाँउ नेपाल बन्द झै बेलुका ५ बजेपछि बजारमा मान्छेको चहलपहल निकै बढी देखिन्छ । यस्ता व्यवहारले के हामीले राम्रो गरिरहेका छौ त ? के सरकारले मात्रै पहल कदमी लिएर संक्रमण रोकिने हो त ? हाम्रो आफ्नो कर्तव्य केहि छैन ? सवै सरकारकै जिम्मा लगाउने हो ? त्यसैले कोरोना भाईरससँग सामना गरिरहेका र लडिरहेका स्वास्थ्यकर्मी र नागरिकको बेदना, भावना, भोगाई सुन्दा यो भाईरसवाट बच्ने उपाए त स्वयम् ब्यातिm आफै हुने रहेछ । नागरिकले अरु केहि नगरेर नेपाल सरकारले गरेका निर्णयको पुर्ण रुपमा पालना गरि ‘होम क्वारेन्टाइन’ मा सुरक्षित बस्नु नै यसवाट जोगिने उत्तम उपाय रहेछ । यदि कुनै नजिकको व्याक्ति, छिमेकि र आफन्तलाई संकास्पद लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा खवर गर्ने, भिडभाडमा नजाने, शारिरिक ब्यायम गरेर ज्यानलाई तताई राख्ने, हल्लाको भरमा लागेर आत्मवल कमजोर पार्नु भन्दा यथार्त बुझेर सचेत रहेर आत्मवल बढाउने, बालबालिका, बृद्धबृद्धाको बिशेष ख्याल गरि गलत हल्ला र प्रचारवाट टाढा राख्ने, रोगसँग लड्नसक्ने क्षामता बृदि गर्ने खानेकुराको प्रयोग गर्ने । सकेसम्म तातोपानीको प्रयोग गर्ने अथवा नेपाल सरकारको स्विकृती प्राप्त स्वास्थ्य संस्था र अन्य सरकारी तथा गैर सरकारी निकायले जारि गरेका सचेतनात्मक पर्चा पम्पलेट र अन्य प्रचारप्रसार सामाग्रिहरूमा लेखिएवमोजिम गर्ने हो भने हामी यो भाईरसवाट टाठा मात्रै रहदैनौ ठुलै युद्ध जितेका योद्धा भएको महसुस गर्ने छौ कुनै दिन ।
अन्तमा, सामाजिक सञ्जालवाट र कुनै ब्याक्तिको मुखवाट सुनेका भ्रामक समाचारबाट स–संकित नभई सत्य र तथ्यमा आधारित सूचना सवैको कानमा पु¥याउँ सवैको आत्मबल बढाउन सहयोग गरौ । नेपाल सरकार हाम्रो साथमा छ । यो विपतको घडिमा पक्ष र विपक्ष नभई हामी नेपाल सरकारका हरेक निर्णयको पुर्णरुपमा पालना गरौ । हामी हाम्रो राष्ट्रको शिर उच्च राख्न आफू –आफूविच कु–दृष्टि, कु–विचार र कालो बजारी नगरौ । कसैले यस्तो गरेको र नागरिकलाई ससंकित पारेको देखेमा नजिकको सुरक्षानिकायमा खबर गरौ । जे जति सकिन्छ सहयोगको भावना राखौ । सरकारको निर्णयको अटेरि गरि सुरक्षा निकायप्रति गर्ने आक्रोस र कु–कार्य त्यागौ । विश्वभर महामारिको रुप लिएको कोरोना भाईरसलाई नेपालमा फैलिन नदिएर नेपाल बहादुर भएको र अनुसाशित भएको पहिचानका साथ नेपाललाई एक चोटि विश्वसामु चिनाउँ, पशुपतिनाथ र सवैका कुल देवि देवताले सवैको रक्षा गरुन ।